• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

योग गर्न आह्वान गर्दै प्रधानमन्त्रीले भने- विश्व ध्यान केन्द्र स्थापना गर्छौं

64x64
नेपाल लाइभ शुक्रबार, असार ६, २०७६  १४:४४
1140x725

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले योग गर्न सबैलाई आह्वान गरेका छन्।

प्रधानमन्त्री ओलीले अस्वस्थ शरीर, अस्वस्थ मानसिकताबाट बच्न, आफैंलाई अस्वस्थ चिन्तन तथा प्रवृत्तिबाट ग्रस्त बन्न नदिन समय निकालेर सबैलाई योग गर्न आह्वान गरेका हुन्।

अन्तर्राष्ट्रिय योग दिवसको अवसर पारेर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले नेपाल कर्मयोगीहरुको देश भएको उल्लेख गर्दै सबैलाई कर्म र योग दुवै गर्न पनि आग्रह गरे।

हरेक दिन समय निकालेर योग गरे लोभ, क्रोध र तनावबाट मुक्ति मिल्ने प्रधानमन्त्री ओलीको भनाइ थियो। प्रधानमन्त्री ओलीले केही स्वार्थी तत्वहरुले देशलाई आग्रह, उत्तेजना र आवेशतिर लैजान खोजे पनि सरकारले त्यसलाई परास्त गरेर समृद्धितिर, सु-संगत परिपाटीतिर जैलाने प्रतिबद्धता पनि व्यक्त गरे।

त्यस अवसरमा प्रधानमन्त्री ओलीले बुद्ध भूमि नेपाललाई ध्यान भूमिको रुपमा चित्रण गर्दै विश्व ध्यान केन्द्र स्थापना गर्ने घोषणा पनि गरे।

कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले पनि योगबारे चर्चा गरेका थिए।

प्रधानमन्त्रीको सम्बोधनको पूर्णपाठः

नेपाललाई कर्मयोगीहरुको देश बनाउनु पर्दछ

Ncell 2
Ncell 2
nimb
nimb

– केपी शर्मा ओली


आज २१ जुन,अन्तर्राष्ट्रिय योग दिवस । पाँच वर्षदेखि विश्वले आजको दिनलाई अन्तर्राष्ट्रिय योग दिवसको रुपमा मनाइराखेको छ । हामी पनि ५औं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा यहाँ उपस्थित भएका छौं । हामीले, विश्वले सँगसँगै सन् २०१५ बाट अन्तर्राष्ट्रिय योग दिवस मनाउन सुुरु गरेका हौं । जब सन् २०१४ मा संयुक्त राष्ट संघले आजको दिनलाई योग दिवसको रुपमा घोषणा गरेको हो ।

यस सुखद् अवसरमा म यहाँहरु सबैलाई, सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई र विश्वकै सम्पूर्ण मानव जातिलाई योग दिवसको अवसरमा हार्दिक बधाई र शुभकामना भन्न चाहन्छु ।

आजको दिन सबैलाई योगतर्फ आकर्षित गर्न, योगका उद्देश्यहरु मानवलाई स्वच्छ, प्रशन्न चिन्त, सुखी, शान्त राख्न योगदान गरोस् । र, मानव समाजलाई अत्यन्त सभ्य, शान्त र प्रशन्न रहोस् भन्ने योगको उद्देश्य । यो पुरा गर्ने दिशामा आजको दिनले हामी सबैलाई प्रेरित गरोस् म शुभकामना भन्न चाहन्छु ।

Xtrem

Xtrem

हामीले योग दिवस यो व्यक्तिगत रुपमा हरेक दिनलाई हामीले योग दिवसको रुपमा मनाउँदै आयौं । कसैले थाहा नपाउनु बेग्लै कुरा हो तर हजारौ वर्षदेखि यो जीवनको अंगको रुपमा दैनन्दिन कार्यको रुपमा, दिनको प्रारम्भको रुपमा योग अभिन्न अंगको रुपमा रहदै आयो–वैयक्तिक तवरमा जसमा जानकारी छ ।

हामी अलि तनावग्रस्त दुनियाँमा छौं, भ्याउँदैनौं । नभ्याउने कुराले झन तनाव हुन्छ । त्यस कारण बिहान अलिकति समय निकाल्ने दिनभरीको तनाव, हप्ता भरिको तनाव, महिना भरिको तनाव, वर्ष भरिको तनाव र जीवनभरीका तनावबाट मुक्त हुने–त्यो नै योगको उद्देश्य हो ।

योग ऋषीमुनीकै पालादेखि
योगका विभिन्न पक्षहरुका बारेमा पनि म जान चाहन्न किनभने हामीसँग समय पनि धेरै छैन् । अहिले मैले भनेर योगसम्बन्धी चर्चा फेरि पर्याप्त हुने पनि होइन ।यसको अभ्यास लिपी बन्न भन्दा अगाडि, भाषा बन्न भन्दा अगाडिदेखि यसको अभ्यास सुरु हुदै आयो । मान्छेले सोध्दै गयो, खोज्दै गयो कसरी मान्छे, यो श्रृष्टिको उत्पतिको बारेमा मान्छेले सोच्यो । जीवन भनेको के हो ?त्यसको बारेमा सोच्यो । र, जीवन कसरी स्वास्थ्य रहन्छ ? आहार, व्यायम, आराम तीन ओटा अथवा बाँच्नका लागि खान, शारीरिक श्रम गर्नु र आराम लिनु । तीन ओटा कुरा आवश्यक छ  कम्तिमा । त्यसलाई कति व्यवस्थितगर्न सकिन्छ ।

हाम्रा ऋषिमुनीहरुले हजारौ वर्ष अगाडि, हजारौं पनि धेरै हजार वर्ष अगाडि यस सम्बन्धमा चिन्तन मनन् गरे ।साधना गरे । खोज गरे । अध्ययन, अनुसन्धान गरे । 

हामी गीतामा योगको वर्णन पाउँछौं । कृष्णले अर्जुनलाई उपदेश दिंदा योगको बारेमा बताएका छन् ।योगको महत्वको बारेमा भनेका छन् । कृष्णले कपिलमुनीको गीतामा वर्णन गरेका छन्, योगी कपिलमुनी जस्तो योगी अथवा कपिलमुनीलाई पतञ्जलीको युग भन्दा पनि धेरै अगाडि पतञ्जलीको युग ई.सं को १सय डेढ सय जसो मानिन्छ । तर, त्यस भन्दा १३ सय वर्षदेखि १५ सय वर्ष अगाडि द्धापरयुगमा कृष्णले अर्जुनलाई उपदेश दिंदा योगको बारेमा चर्चा गर्नुभो । त्यो मात्रै छैन् हाम्रा महिनजोदाडो सभ्यता हामीले हे¥यौं भने योगमुद्रामा मुर्तीहरु भेटिन्छ । ५ हजार वर्ष अगाडि ।  यो अब महाभारतकालीन अथवा द्धापरयुग भन्दा, त्रेतायुग भन्दा पनि अगाडि पर त्यस बेला योगमुद्रामा मुर्तीहरु महिनजोदाडोमाभेटिन्छन् । हाम्रा विभिन्न उत्खनन्हरुमा भएका मुर्तीहरुमा योग भेटिन्छन् । 

अहिलेसम्म भेटिएका सभ्यताहरु, उत्खनन्हरु जो पुराना सभ्यताहरु छन् एसियाली सभ्यताहरु, दक्षिण एसियाली सभ्यताहरु । यसमा योगका त्यो उत्खनन् गर्दा मुर्तीहरुमा योगका मुद्राका मुर्तीहरु पाइन्छन् । अथवा कमसेकम अहिले भन्दा पाँच हजार वर्ष अगाडि, छ हजार वर्ष अगाडि अहिले उत्खनन् भएका मुर्तीहरु हेर्दा योगमुद्रा आशनमा बसेको मुर्तीहरु पाइन्छ । अथवा योग आज होइन धेरै अगाडि ।

हामी पुराना वेदमा गयौं भने वेदले योग र योगीहरुको वर्णन गर्छ । हाम्रा प्राचिनतम् शास्त्रहरुले योग र योगीहरुको वर्णन गर्छ । अन्धकारलाई जतिबेला अन्धकारले छोपेको थियो त्यसबेला अथवा ज्ञानको शुन्यताको जस्तो स्थिति थियो । ज्ञान केही पनि थिएन ।जैवीक इच्छा मात्रै थिए । जैवीक प्रारम्भिक जैवीक इच्छा भनेको बाँच्ने इच्छा । जीजिविषा । बाँच्ने इच्छा जीवको पहिलो संकेत हुन्छ । त्यो मात्रै थियो ।चेतनाको हिसाबले अन्धकारलाई पनि अन्धकारले छोपेको थियो । त्यस बेला एउटा ज्ञानमय वाणी पैदा भयो ॐ भन्ने । ॐ बाट अहम्, भयम् आदिबाट भाषातिर गयो ।संकेतबाट भाषातिर गयो दुनियाँ ।भाषामा सँगसंगै ज्ञानहरु संकलित हुन थाले ।

ज्ञानहरु संकलन प्रारम्भिक चरणदेखि नै योगा, ज्ञानको मानवीय चेतनाको र ज्ञानको एउटा अभिन्न अंगको रुपमा आयो । र, त्यसको प्रारम्भ, त्यसको सुरुवात हामीले गर्व गर्न सक्छौं धर्तीको यही भागमा भएको थिए । मैले धेरै ठाउँमा भन्ने गरेको छु, वेदका ऋचाहरुको रचना यही भएको थियो । वेदका ऋचाहरुको रचना विभिन्न ऋषिमुनीहरुले गण्डकी किनार, कोशी किनारमा गरेका थिए । त्रेतायुगमा वाल्मिकीआश्रम यही छ । वाल्मिकी त्यही बसेर विश्वामित्र, वशिष्ट, कौशिक अरु ऋषिहरु, व्यासको गण्डकी किनारमा वेदको अध्ययन, रचना, संकलन ति चिजहरु गर्ने यही हुन्थ्यो ।

अहिलेसम्म सबै भन्दा पुराना मन्त्रहरु सबै भन्दा पुराना मन्त्र वेदका मन्त्रहरु हुन् ।सबै भन्दा पुरानो लय वेदको लय ।सबभन्दा पुराना छन्दहरु वेदका छन्दहरु । वेद खाली वेद मात्रै होइन । छन्दको, लयकोपनि सृष्टि भएको हो । र, वेदको सबैभन्दा प्रमुख मानिएको मन्त्र गायत्री मन्त्र,

ॐ भूर्भुवः स्वः
तत्सवितुर्वरेण्यं
भर्गो देवस्य धीमहि
धियो यो नः प्रचोदयात् ।।

कोशी किनारमा बसेर वशिष्ट ऋषीले रचना गरेका थिए ।

अर्थात सबै भन्दा पहिलो मन्त्र यही बन्यो । भाषा यही बन्यो, लिपी यही बन्यो, सबै यही बन्यो । सबै भन्दा लङ्ग लास्ट, दीर्घजीवि र सबै भन्दा सारगर्वित मन्त्र गायत्री मन्त्र यही कोशी किनार, चतराधाम । त्यसै कारण यस भूमिलाई भनिन्छ, तपोभूमि, ज्ञानभूमि, ध्यानभूमि, देवभूमि । किनभने देवताहरु यही बस्थ्ये । यो देव भूमि हो र ज्ञानको सृजना यही भएको थियो र यहीबाट विस्तार भएको थियो । यसरी हामी गर्व गर्न सक्छौं । हामीले त्यही गरौं व्यक्तिगत तवरमा योगलाई हाम्रा ऋनिमुनीहरुले, जान्नेहरुले पहिलेदेखि आफ्नो जीवन पद्धती बनाए । हामीले ऋषिमुनी हे¥यौं भने झरिला, भरिला देखिन्छन् । ति झरिला, भरिला किन छन् ? बेस्सरी मासु भात खाएर झरिला, भरिला भएका होइनन् । यी नियमले झरिला भरिला भएका हुन् ।

खानेको नियम, बस्नेको नियम, आहारको, बिहारको, आरामको, व्यायमको अथवा खानाको र व्यायमको अत्यन्तै सन्तुलित र अहिलेसम्म पनि तीन ओटै कुराको संयोग एकै ठाउँ भएको–योग । शारीरिक व्यायम । व्यायम व्यायम गरेपछि स्वास बढ्छ । अथवा शारीरिक व्यायमको प्रणायामसँग सम्बन्ध हुन्छ भन्ने कुरा जुन व्यायम गर्नुस् स्वास बढ्छ । त्यसले प्रणायम व्यायमसँग सम्बन्धित छ भन्ने देखाउँछ । तर प्राणमा कसरी व्यायमको विधिबाट जसलाई हामी प्रणायम भन्छौं । व्यायमको प्राणसम्बन्धी आयाम, त्यसलाई प्रणायम भन्छौं । त्यो प्राणायम त्यसले सम्पूर्ण रक्तसंचार मात्रै होइन । त्यसले त्यसले मस्तिष्कमा उपयुक्त ढंगले अक्सिजन पु¥याउँने र मस्तिष्कलाई ताजा राख्ने र स्वास्थ्व राख्ने त्यो काम पनि गर्छ ।

योगामा यो विशेषता पनि छ र ध्यान, ध्यानमा गएपछि मस्तिष्कलाई जो अतृप्तीबाट, इष्र्याबाट, अंहकारबाट ग्रष्त भएर विकृत हुन्छ अनि डिप्रेसन, डिप्रेसन भन्दा अलि बढ्ता पनि जान सक्छ ।इष्र्या गर्दा, गर्दा, गर्दा, गर्दा, गर्दा, गर्दा मान्छे इष्र्या भावले जलिजलिकन आफैलाई बडो असहज स्थितिमा पु¥याउँछ । तिनीहरुबाट मुक्त गर्ने विषय, मस्तिष्कलाई आत्मनियन्त्रणमा अर्थात मस्तिष्कलाई नियन्त्रणमा भनेको हाम्रा दुईओटा पक्ष हुन्छ, एउटा प्राकृतिक पक्ष अर्को सचेतन पक्ष, वैचारिक पक्ष, सामाजिक पक्ष, बनाएका थिति मुल्य मान्यता विकास गरेका सभ्यताका पक्ष । 

मानिसले विवेक पुर्‍याउँछ 
अब प्राकृतिक पक्ष भनेको पशुपंक्षीहरुले जस्तो व्यवहार गर्छ–त्यो प्राकृतिक पक्ष हो । राम्रो घाँसदेखेपछि आफ्नो हो कि होइन, खान मिल्छ कि मिल्दैन त्यसलाई मतलब छैन, खान्छ । राम्रो घाँसदेखेपछि गोरुले खान्छ, भैसीले खान्छ । 

तर मिठो खाने कुरा देख्दैमा मान्छेले खाईहाल्दैन । किन भने पसलमा त देख्छ नि उसले भोक लागिराख्या हुन्छ, मिठो खानेकुरा देख्छ, खाँदैन । किन भने उ मस्तिष्कले काम गर्छ । उसले विचार गर्छ यो खाने कुरा मेरो हो कि होइन ? मेरो लागि बनेको हो कि होइन ? मसँग त्यो खाने कुराको हक लाग्नेगरीको कुनै अवस्था छ कि छैन ? त्यो बेच्न राखेको हो भने किन्ने पैसा मसँग छ कि छैन ? मलाई उधारो त्यस व्यापारीले पत्याउछ कि पत्याउदैन ? सबै हिसाब गर्छ । नत्र भोग लाग्यो भन्दैमा खाँदैन । 

तपाई मेरो घरमा आउनु भएको छ । मेरो घरमा आउनु भएको छ तर मेरो घरमा स्वादिस्ट खाना बनेको छ, तपाईलाई भोक लागेको छ । म तपाईलाई खाना खाउँ भन्छु तपाई भन्नु हुन्छ होइन म घरै खान्छु । तपाईलाई भोक लागि राखेको छ, खाना तयार छ तर तपाई भन्नुहुन्छ म घरै जान्छु, खानलाई आज यहाँ खान्न । त्यहाँ उसले किन तपाई किन त्यसो भन्नु हुन्छ भने तपाईले विचार गर्नुस् त यहाँ मैले खान्छु भनेको थिईन पहिले, मेरो लागि यहाँ खाना बनेको छैन, मेरो लागि घरमा खाना बनेको छ । घरमा खाना बढ्ता भएर उभ्रिन्छ, यहाँ खाना पुग्दैन फेरि पकाउनु पर्छ कसैलाई । त्यस कारण मैले यहाँ खान हुँदैन अथवा प्राकृतिक पक्ष भनेको त भोक लागेपछि खानु हो । तर तपाई त्यो प्राकृतिक पक्ष खाउँ खाउँ लागेको त थियो भन्ने हुन्छ । त्यो मनको पक्ष भन्छौँ नि हामी तर मस्तिष्कको पक्ष, सामाजिक अनुशासनको पक्ष । यदि हामीले हाम्रो मस्तिष्कको यधपी मन भनेको कुरा अरु केही होइन । अप्रशोधित अवस्थामै हामीले छोडिदिएको मन भन्छौँ हामी त्यसलाई । प्रशोधित, नियन्त्रित, विश्लेशित चिजलाई हामी निष्कर्ष मस्तिष्क भनेर भन्छौँ । 

हृदयबाट होइन,मस्तिस्कबाट बोलिन्छ 
कसैले भन्छ नि, म मस्तिष्कले होइन मनले काम गर्छु । म हृदयबाट भन्छु, हृदयबाट बोलिदैन, हृदय चाहि मस्तिष्क जस्तो होइन । चेतना हृदयमा होइन मस्तिष्कमा हुन्छ । तर त्यसको परिपक्क पाटो चाहि मस्तिष्कले दिन्छ । त्यो मस्तिष्कलाई हामीले हरदम शान्त, समाजिक, थिति प्रवन्ध, मानवीय सभ्यताको उचाईमा उठेको सभ्य र त्यस स्थितिमा राख्न सक्नुपर्छ । लोभ, पाप, काम, क्रोधबाट मुक्त भन्छ नि त्यो भनेको त्यहीँ हो । त्यसबाट मुक्त, खास गरी इष्र्या जस्ता कुराहरुबाट, अतृप्तीकुराहरु जस्ताबाट, अहंकार जस्ता कुराहरुबाट आज दुनियाँ निक्कै नराम्ररीग्रस्त छ । युद्ध किन भइराखेको छ ? कसैले अरुको आफ्नो अहंकार वा स्वार्थका निम्ति अरुका हक अधिकारहरु, अरुका स्वभाविक नैशर्गिक अधिकारहरु, बाँच्न पाउने हकहरु तिनीहरुको कदर गर्ने हो भने, अरुको अधिकारको कदर पूर्ण रुपमा गर्ने हो भने समस्या कही पनि आउदैन । मान्छेले उचित, अनुचित छुट्याएर उचित मात्र कदम चाल्दिने हो भने आउदैन समस्या। तर, मान्छे उचित होइन अहंकार पूर्तिका निम्ति कदम चाल्छ, स्वार्थ पूर्तिका निम्ति कदम चाल्छ । त्यसो भएर समस्याहरु आउछन् । त्यसलाई नियन्त्रण कसरी गर्ने त ? असहिष्णुताबाट कसरी जोगिने त ? त्यसलाई ध्यान दिएर, नियन्त्रण गर्छ । यसर्थ ध्यानको महत्व छ । 

नेपालमा योग दिवस २०३६ सालबाट
हाम्रो देशले व्यक्तिगत तवरमा उहिले देखि मनाउदै आएको भएतापनि संस्थागत तवरमा ०३६ साल तिरबाट हामीले योग दिवस मनाउने ग¥यौँ । त्यस पछि ०७२ सालबाट हामीले राष्ट्रिय योग दिवस विधिवत रुपमा मनाउने ग¥यौँ । यो राम्रो कुरा हो । आज हामी अन्तर्राष्ट्रिय योग दिवस मनाईरहेका छौँ । तर यसको अर्थ राष्ट्रिय योग दिवस हुनु हुदैन भन्ने होइन । योगको उत्पत्ति भएको ठाउँमा राष्ट्रिय योग दिवस हुन्छ नै ।

ध्यान दिवस होइन बुद्ध जयन्ति
साथीहरुले ध्यान दिवसलाई अन्तर्राष्ट्रियकरण गर्ने भन्ने कुरा उठाउनु भएको छ । त्यसको अर्थ र महत्वलाई म बुझ्छु । एउटा मात्रै कुरामा अलिकति ध्यान दिनु पर्छ । बुद्ध जन्मिएको वा बुद्धले ज्ञान प्राप्ति गरेको भनेको अथवामहापरिनिर्वाणप्राप्त गरेको दिनलाई ध्यान दिवस हामीले भन्यौँ भने दुनियाँमा ध्यान दिवस जान्छ । बुद्धको जन्म, ज्ञान र मृत्यु त्रियोग दिवस हो, त्यो दिवस जो संयुक्त राष्ट्रसंघले सन् १९९९ मा पारित गरेर वैशाख २ भनेर सन् २००० देखि मनाउने गरेको छ । 

अर्को, अस्ती भर्खर   युयान अथवा बुद्ध जयन्ती हामीले भियतनाममा मनायौँ । अर्को बर्ष भरसक हामी नेपालमा मनाउन खोज्दै छौँ । त्यसका लागि लुम्बिनीमा छिटो..। बुद्ध जसको ध्यान, ध्यानबाट प्राप्त हुने शान्ति संयम । यस पाटामा असाधारण योगदान छ । त्यो कुरा ओझेलमा पर्ने खतरा हुन्छन् । बुद्ध जयन्तीलाई ध्यान दिवस भन्यो भने सबैको  ध्यान दिवसमा मात्रै जान्छ । 

अर्को, म सचेत के गर्न चाहन्छु भने दुनियाँमा विभिन्न धर्महरुका पनि रस्सा–कस्सि चलिराखेको छ । अन्तर्राष्ट्रिय ध्यान दिवस भनेर बुद्ध जयन्तीलाई ओझेलमा पार्न पाइयो भने त्यो पनि कोसिस हुन सक्छ । त्यस कारण ध्यान दिवसलाई छुट्टै दिनको रुपमा हामीले ध्यान दिवस मनाउन जरुरी हुन्छ । बुद्ध मानव जातिका यस्ता सपुत सन्तान हुन, यस्ता महानायक हुन, यस्ता महामानव हुन जसलाई विश्वले भगवान मानेको छ । जसका विचारहरु, जसका सन्देशहरु यति वर्ष पछि पनि अझ ताजा भएर, अझ धेरै मानिसलाई प्रभावित गरेर आईरहेको छ । त्यस्तो बुद्ध जुन नेपालमा जन्मिएका हुन । ति बुद्ध उनलाई ओझलमा पर्न दिनु हुँदैन । बुद्धलाई ओझेलमा नपारीकन अरु कामहरु गर्नुपर्छ । 

यसका निम्ति हामीले केही कामहरु गर्न बाँकी छ । एउटा राष्ट्रिय ध्यान केन्द्र बनाउने कि विश्व ध्यान केन्द्र बनाउने ? किन ध्यान, विश्व ध्यान केन्द्र भने हुन्छ हामीले किन भने ध्यानका सर्जक नै हाम्रा पुर्खा हुन । त्यस कारण नेपालमा विश्व ध्यान केन्द्र स्थापना गर्न सकिन्छ । 

ध्यानको सम्बन्धमा, योगको सम्बन्धमा आजकल योग अब योगा हुन लागिसक्यो । लगभग योग योग भन्दा योगा हुन लागिसक्यो । जे सुकै होस् आकार लाउनु र नलाउनुले केही छैन, कुरा एउटै हो ।
योगका सबै पक्ष नेपालले जति अरुले बुझ्दैनन् 

योगका सबै पक्षहरु नेपालले जति अरुले बुझ्दैन । धर्तीको यस भेगले जति अरुले बुझ्दैन । यहाँको हावाले जति योग बुझ्न अन्यत्रको हावाले दिदैन । यहाँको पानीको जति योग बुझ्न अन्यत्रको पानीले दिदैन । यहाँको वातावरणले जति योगअन्यतिरकाले बुझ्दैनन् ।एसीमा बस्नु र प्राकृतिक शितल हावामा बस्नु फरक कुरा हो । एसीमा बसेर त्यो ज्ञान प्राप्त हुँदैन, जो प्राकृतिक शितल हावामा बसेर हुन्छ । छाना मुनी पनि शितल हुन्छ, बोधी वृक्ष मुनी पनि शितल हुन्छ । किन बुद्ध छाना मुनी नबसेर बोधी वृत्त मुनी बसे ? फरक छ । 

त्यसकारण यो ज्ञानभूमि, पुण्यभूमि, तपोभूमि, देवभूमि । यस भूमिलाई त्यसै गरी हामीले अगाडि बढाउनु पर्छ । 

देशलाई आग्रह उत्तेजनातिर होइन,समृद्धि र सभ्यातातिर लैजानु पर्दछ 
आज अलिकति देशलाई आग्रह, उत्तेजना, आवेश, केही स्वार्थ, कसैका स्वार्थका लागि त्यत्तापट्टि लान खोजिएको छ । तर देशलाई अब समृद्धितिर, सभ्यतातिर, सुशसंगत परिपाटीतिर, क्रोधतिर होइन, उत्तेजनातिर होइन, आवेशतिर होइन सुशान्त प्रशन्न चिन्तन, शान्त चित्त जसले हरेक व्यक्तिलाई पहिले त मानसिक रुपमा स्वास्थ हुनु प¥र्यो नि, पहिले त मन त ठिकमा हुनु प¥र्यो नि । क्रोधमा भएपछि त माया गरेको श्रीमतीलाई पड्याङ्ग हिर्काइदिन्छ । भनेपछि त्यो पागलपन भएन ? रिस उठेका बेला आमाले आफ्नो अत्यन्तै प्यारो छोराछोरीलाई चड्याम्म चड्काउछ । त्यो के गरेको भनेको मन थिर नभएर हो । रिसै उठेको भए पनि त्यो बच्चा शत्रु हो र ? त्यसलाई ठ्याम्म हिर्काईदिन्छ । किन भने क्रोध भनेको त्यस्तो कुरा हो । आफ्नै सन्तानलाई सबभन्दा बढी माया गरेको सन्तानलाई पनि हिर्काइदिन्छ । त्यस कारण क्रोधबाट बच्न योगमा जाउँ । 

नेपाललाई कर्मयोगीहरुको देश बनाउनु पर्दछ 
अस्वस्थ शरीर, अस्वस्थ्य मन वचन, अस्वस्थ्य मानसिकताबाट बच्न आफंैलाई अस्वस्थ्य चिन्तन प्रवृत्ति अनेक कुराहरुले ग्रस्त बन्न नदिनबाट जोगाउन योगमा जाउँ । सबैमा यही आव्हान गर्न चाहन्छु र योग दिवस आज देशभरी सञ्चालन भइराखेको छ । अरु तिरका पनि त्यस्तै योगहरु भइरहेका छन् देशभरी देशव्यापी रुपमा । यो योगीहरुको, कर्म योगीहरुकोदेश हो । नेपाललाई कर्मयोगीहरुको देश बनाउनु पर्दछ । योगका विभिन्न पाटाहरु छन् । ति पाटाहरु मध्ये हामी आम जनताको पाटो कर्मयोग हो । योग पनि गर, कर्म पनि गर । यस दिशामा योग दिवसको अवसरमा म शिक्षा मन्त्रीज्यू र उहाँको मन्त्रालयलाई धन्यवाद भन्न चाहन्छु । अरु सबै साथीहरु यसमा लाग्नु भएको छ धन्यवाद भन्न चाहन्छु । यससम्बन्धी क्रियाशील संघ संस्था र महानुभावहरु सबैलाई पनि धन्यवाद भन्न चाहन्छु ।

आजको दिनलाई अन्तर्राष्ट्रिय योग दिवस घोषणा गराउन पहल गर्ने मेरा मित्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीजीलाई पनि धन्यवाद भन्न चाहन्छु ।

आजको योग दिवसको दिन हामी सबैलाई मनका योगी बन्न आग्रह गर्दछु ।  म तपाईहरु बस्त्र धारण गर्नुस कस्ता कस्ता भन्दिन । मनका योगी हुनुस् बस्त्र आफ्नो खुसी हो । मनको योगी बन्नुस्, हार्दिक आग्रह गर्दै आफ्नो भनाई टुङ्गयाउँछु, सबैको भलो होस्, धन्यवाद ।

प्रकाशित मिति: शुक्रबार, असार ६, २०७६  १४:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इतिहासको ब्याज खाएर बस्दैनौँ, आजैबाट कांग्रेस बदल्छौँ : गगन थापा
केपीएल : देविदत्त बटालियन र नेपाल पुलिस क्लब फाइनलमा
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
इतिहासको ब्याज खाएर बस्दैनौँ, आजैबाट कांग्रेस बदल्छौँ : गगन थापा शनिबार, असोज २४, २०८३
केपीएल : देविदत्त बटालियन र नेपाल पुलिस क्लब फाइनलमा शनिबार, असोज २४, २०८३
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु शनिबार, असोज २४, २०८३
काेशी प्रदेश सभाकाे चालु अधिवेशन अन्त्य शनिबार, असोज २४, २०८३
सरकारी सञ्चारमाध्यमबाट हटाइएका पत्रकारलाई पुनर्बहाली गर्न महासंघको माग शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्