काठमाडौं- एनएमबी माइक्रो फाइनान्स वित्तीय संस्थामा कार्यरत कर्मचारीको हत्या गरी फरार पक्राउ परेका छन्। पाँचथर हिलिहाङ गाउँपालिका-६ सिटे भन्ने स्थानमा उक्त फाइनान्सकी कर्मचारी २१ वर्षीया सुजाता तामाङको धारिलो हतियार प्रयोग गरी जेठ ३ गत हत्या भएको थियो।
घटनापछि फरार सोही ठाउँ बस्ने १९ वर्षीय अस्मिन भन्ने घनेन्द्र लावतीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ। सोही गाउँपालिकामा लुकीछिपी बसेको अवस्थामा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरीले उनलाई फेला पारेको हो। उनको साथबाट एक थान खुकुरी र हत्यापश्चात् लुटी लगेको ८१ हजार ७० रुपैयाँसमेत प्रहरीले बरामद गरेको छ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।