• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, जेठ ८, २०८३ Fri, May 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

नेपाल भ्रमण वर्ष–२०२० : असफल बनाउनसक्ने यी पाँच कारण

64x64
नेपाल लाइभ शुक्रबार, असार ६, २०७६  ११:५४
1140x725

काठमाडौं– सरकारले देशको कुल गार्हस्थ उत्पादन (जिडिपी) मा रहेको पर्यटनको हिस्सा बढाउँदै देशको आर्थिक वृद्धिदर बढाउने लक्ष्य सहित नेपाल भ्रमण वर्ष (भिजिट नेपाल) २०२० मनाउने तयारी गरिरहेको छ।

सरकारले नेपाल आउने पर्यटकको संख्या बढाउँदै उनीहरुले गर्ने खर्च बढाउने लक्ष्य सहित नेपाल भ्रमण वर्षको घोषणा गरको छ। तर, भ्रमण वर्षको जुन रुपमा तयारी हुनुपर्ने हो त्यो भने नभएको एयरपोर्ट होटलका सञ्चालक तथा होटल संघ नेपालक वरिष्ठ उपाध्यक्ष विनायक शाह बताउँछन्।

२०२० का लागि भ्रमण वर्ष मनाउने सरकारको निर्णय भएको पनि दुई वर्ष हुने लागिसकेको छ। शेरबहादुर देउवा सरकारकै पालामा  सन् २०२० भ्रमण वर्ष मनाउने निर्णय भएको थियो। सोही निर्णयलाई निरन्तरता दिँदै केपी ओली सरकारले पनि सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउने निर्णय गरेको थियो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पनि भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य सहित चालु आवमा एक सय नयाँ पर्यटकीय गन्तव्यको छनोट गरिसकेको छ। तर, भ्रमण वर्षका लागि आवश्यक पूर्वाधारको विकासमा भने सरकारले खासै चासो नगरको पर्यटन व्यवसायी बताउँछन। भ्रमण वर्ष सुरु हुन अब ६ महिना मात्रै छ। तर, त्यसको तयारी पूर्ण रुपमा हुन सकेको छैन।

भ्रमण वर्षलाई असफलताको बाटोतर्फ लैजान सक्ने पाँच कारण यस्ता छन्:

भ्रमण वर्षको राष्ट्रिय कार्यक्रम संयोजकमा सुरज वैद्यको आगमन
सरकारले भ्रमण वर्ष २०२० को राष्ट्रिय संयोजकको रुपमा सुरज वैद्यलाई नियुक्ति गरेसँगै पर्यटन व्यवसायीले विरोध गरेका थिए। पर्यटन व्यवसायीले भ्रमण वर्षको संयोजकको भूमिकामा पर्यटन क्षेत्र भन्दा गाडी व्यापारमा लागेको व्यक्तिका लागि नियुक्ति गरेको बताएका थिए।

व्यवसायीले भनेजस्तै संयोजक वैद्यले पनि भ्रमण वर्षका लागि समय नै दिन सकेका छैनन्। वैद्य आफैं भ्रमण वर्षका विषयमा छलफल गर्न भन्दै तय भएका कतिपय कार्यक्रममा उपस्थित हुँदैनन्। भ्रमण वर्षमा २० लाख पर्यटक ल्याउन कुनै समस्या नरहेको मात्रै बताउँदै आएका छन् उनी। तर, कसरी २० लाख पर्यटक भित्र्याउने र पर्यटकको खर्च र बसाई कसरी लम्ब्याउने भने विषयमा उनले आजसम्म कनै खाका ल्याउन सकेका छैनन्।

अहिले प्रति पर्यटकको बसाई सरदर १२ दिनको छ भने खर्च प्रतिदिन ५२ डलर मात्रै छ। सरकारले पर्यटकको बसाई १४ दिन र खर्च यसै वर्ष ५४ डलर पुर्‍याउने लक्ष्य लिए पनि पूरा नहुने अवस्था देखिएको छ।

nimb
nimb
Ncell 2
Ncell 2

फेक रेस्क्यु
दोस्रो कारण हो, सगरमाथा आरोहण तथा पदयात्रामा आउने विदेशी पर्यटकहरुलाई बिरामी बनाउँदै गरिने फेक रेस्क्यु। फेक रेस्क्युकै कारण नेपालको हिमाल आरोहण तथा पदयात्रा जोखिममा पर्ने भएको छ। नेपाली ट्रेकिङ कम्पनी, अस्पताल तथा हेलिकोप्टर कम्पनी र पर्यटक गाइडको मिलोमतमा फेक रेस्क्यु भइरहेको छ। झन्डै एक वर्ष अगाडि फेक रेस्क्युमा सहभागीहरुको एकिन भए पनि अहिलेसम्म उनीहरुलाई कारबाही हुनसकेको छैन भने फेक रेस्क्यु पनि रोकिएको छैन।

पर्यटनमन्त्रीको नियुक्ति
ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनमा विभागीय मन्त्री रवीन्द्र अधिकारीको निधन भयो। मन्त्री अधिकारको निधन भएको झन्डै ४ माहिना हुँदा पनि पर्यटन मन्त्रालयले मन्त्री पाउन सकेको छैन। पर्यटन मन्त्रालयको कार्यभार पनि प्रधानमन्त्री ओलीलै नै सम्हालिरहेको छन्। तर, प्रधानमन्त्री ओलीले मन्त्रालको काम कुनै चासो दिएका छैन। मन्त्रालय कर्मचारीकै भरमा चलिरहेको छ। 

राज्यमन्त्रीलाई पनि कुनै अधिकार दिइएको छैन। जसका कारण आउँदै गरेको भ्रमण वर्ष असफल हुने त हैन भने प्रश्न उठेको छ। मन्त्रीको अभावमा एकै दिन हुनेसक्ने निर्णय पनि महिनौं दिन बितिरहेको छ। उदाहरणका लागि प्रदेश संयोजक नियुक्तिको काम पनि २०७५ भित्रै हुनुपर्नेमा एक साता अगाडि मात्रै भएको थियो।

सगरमाथाको नकारात्मक  प्रचार
नेपाललाई हिमाल प्रवेश देशको रुपमा चिनाउने सरकारको योजना विगत दुई वर्षदेखि हुँदै आएको छ। सरकारले  नेपाललाई हिमालय प्रवेश विन्दुको रुपमा चिनाउन भन्दै हिमालयन ट्राभल मार्ट पनि गर्दै आएको छ। तर, विश्वको सगरमाथ आरोहणमा आउने विदेशीले भोग्ने गरेका समस्या विषयमा अहिले नकारात्मक प्रचार भइरहेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको युरोप भ्रमणमा क्रममा पनि बिबिसीले लिएको अन्तर्वार्तामा यही हिमाल आरोहणको विषयमा प्रश्न सोधिएको थियो। अहिले हिमाल आरोहणमा आउने पर्यटकको सहयोगका लागि खटाइने सम्पर्क अधिकृत र क्षमता भन्दा बढी पर्यटकका लागि हिमाल आरोहणको अनुमति दिएको विषय भएको नकारात्मक प्रचारले पनि भ्रमण वर्षलाई असर गर्ने सक्ने पर्यटन विभागको भनाइ छ।

हायात होटल प्रकरण
केही दिन अगाडि मात्रै कर्मचारी आन्दोलनका कारण होटल हायात बन्द भयो। कर्मचारीले होटल व्यवस्थापनले सेवासुविधा नदिएको भन्दै होटल बन्द गरे। तत्कालको अवस्थमा यो एउटा होटलको समस्या भए पनि यसले सम्रग होटलमै समस्या ल्याउनसक्छ। किनकी पोखराको फूलबारी रिसोर्ट पनि कर्मचारीकै आन्दोलनका कारण बन्द भएको थियो। जुन अहिले पनि बन्द नै छ। होटलमा आउने समस्या समाधानका लागि होटेल व्यवस्थापन र सरकारले बेलैमा सचेत हुनु आवश्यक छ।

प्रकाशित मिति: शुक्रबार, असार ६, २०७६  ११:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
टस जितेर पहिले बलिङ गर्ने अमेरिकाको निर्णय
रविले बोलाए रास्वपाका कोशी र मधेशका सांसदहरूलाई छलफलमा
मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने
सम्बन्धित सामग्री
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी आज नियामक निकायहरू नियमनभन्दा बढी ‘अति–नियामक’ जस्ता देखिएका छन्। तिनलाई देशको वास्तविक आवश्यकता र व्यवसायमैत्री वातावरणअनुसार पुनर्... शुक्रबार, चैत २७, २०८२
न बदलिएको समाज उज्यालो नेपालको कुरा नगरेको भनेर प्रश्न उठ्न सक्छ। यदि साँच्चै राजनीतिमा आउन चाहनुहुन्छ भने, आजै जिम्मेवारीबाट राजीनामा दिएर आउनुपर्... आइतबार, पुस १३, २०८२
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय एकैछिन कल्पना गरौं त, हामीलाई कुनै कुरामा पनि चाख लाग्दैन र मन रमाउँदैन भने जिन्दगी कस्तो होला? डिप्रेसनबाट पीडित व्यक्तिहरु भन्छन्,... बुधबार, मंसिर १७, २०८२
ताजा समाचारसबै
टस जितेर पहिले बलिङ गर्ने अमेरिकाको निर्णय शुक्रबार, जेठ ८, २०८३
रविले बोलाए रास्वपाका कोशी र मधेशका सांसदहरूलाई छलफलमा शुक्रबार, जेठ ८, २०८३
मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने शुक्रबार, जेठ ८, २०८३
एमाले सचिवालय बैठक आज बस्दै शुक्रबार, जेठ ८, २०८३
काभा महिला भलिबल च्याम्पियनसिप: नेपालले भारतसँग भिड्दै शुक्रबार, जेठ ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : सभापति लामिछाने बिहीबार, जेठ ७, २०८३
विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्‌न पुगे सभामुख अर्याल बिहीबार, जेठ ७, २०८३
आज यी ६ प्रदेशमा वर्षाको सम्भावना शुक्रबार, जेठ ८, २०८३
प्रतिनिधिसभा बैठक १२ जेठसम्मको लागि स्थगित बिहीबार, जेठ ७, २०८३
विपक्षीलाई पेलेरै अघि बढे सभामुख अर्याल बिहीबार, जेठ ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : सभापति लामिछाने बिहीबार, जेठ ७, २०८३
लामो समयपछि नेपाली ओपनरबीच शतकीय साझेदारी, अमेरिकाविरुद्ध भुर्तेल र आशिफको अर्धशतक शनिबार, जेठ २, २०८३
दुर्गा प्रसाईं थप तीन दिन हिरासतमै रहने मंगलबार, जेठ ५, २०८३
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ ज्योति पाण्डेलाई छाड्न आदेश शुक्रबार, जेठ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्