काठमाडौं– कोटेश्वरमा भएको छुरा प्रहार घटनामा २ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा दोलखाको गौरीमुढी–७ का १९ वर्षीय डिम्पल घिसिङ र सिनामंगल बस्ने २० वर्षीय आशिष बयलकोटी छन्। उनीहरुले बिहीबार दिउँसो १२ बजे २४ वर्षीय सुवास बुढाथोकीलाई पेटमा छुरा प्रहार गरी घाइते बनाएका थिए।
फरार भएका उनीहरुलाई महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट प्रहरी निरीक्षक एलिजा गिरीको कमान्डमा खटिएको प्रहरी टोलीले घटना भएको ४ घन्टापछि लोकन्थीलबाट पक्राउ गरेको हो। उनीहरुको साथबाट प्रहरीले छुरासमेत बरामद गरेको छ।
घाइतेको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। उनको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।