काठमाडौं- नेपाल प्रहरीको नक्कली डिएसपी बनेर ठग्दै हिँड्ने एक युवा पक्राउ परेका छन्। प्रहरीले बिहिबार नेपाल प्रहरीको डिएसपी हुँ भन्दै धाक-धम्की दिने नारायण भन्ने भोला गौतमलाई पक्राउ गरेको हो।
काभ्रे जिल्ला साविक धुसिनी शिवालय गाविस वडा नम्बर ०३ स्थायी ठेगाना भई हाल काठमाडौं जोरपाटी बस्ने ३८ वर्षीय गौतमलाई बौद्धबाट प्रहरी पक्राउ गरेको हो।
प्रहरीको पोशाक लगाएको फोटो मोबाइलमा राखी सार्वजनिक स्थानमा विकास बस्नेत र सुजन प्रसाईलाई हातपात तथा लछार-पछार समेत गरी अभद्र व्यवहार समेत उनले गरेका थिए।
यस सम्बन्धमा थप अनसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।