• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, साउन २७, २०८३ Wed, Aug 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

शम्भु राईलाई प्रकाश सपुतको पत्र– अनुज भाइलाई निरुत्साहित नगरिस्यो न...

हजारौं प्रकाश सपुत आए पनि तपाईंको इतिहास र अस्तित्व मेटिन्न सर'
64x64
नेपाल लाइभ बिहीबार, असार ५, २०७६  १२:१८
1140x725

आदरणीय शम्भु राई सर नमस्कार।
आराम छु आराम चाहन्छु।

आज मिति २०७६ असार ३ गते रातको ठिक १२ बजेर ५३ मिनेट जाँदै गर्दा बुटवल फर्साटिकटमा रहेको रिद्धिसिद्धि पार्टी प्यालेसको पहिलो तलाको बीचको कोठाको बेडरुममा पल्टिएर मोबाइलको नोटबुकमा यो चिठी लेख्दै छु। तपाईंलाई विश्वास नलाग्ला गीत पनि सुन्दै छु– चिठी तिमीलाई लेखूँ भन्छु…! बिना कुनै स्वार्थ बिना कुनै उक्साहट, बिना कसैको सुझाव सल्लाह, बिना कुनै योजना यत्तिकै मनबाट जे आउँछ त्यही लेख्दैछु सर।

करिब ३६ डिग्री गर्मीलाई उछिन्ने जोशमा फुल स्पिडमा उसा ब्राण्डको फ्यान घुमिरहेको छ। अलिअलि शीतल गराएको पनि छ तर फ्यानभन्दा स्पिडमा घुमिरहेको मेरो मनका कुराहरु यहाँ पोखेर शीतल हुन चाहन्छु। यद्यपि हुन्छु कि नाइँ, थाहा छैन। भर्खरै एउटा सांगीतिक प्रस्तुति दिएर फर्केको। यही नजिकै महोत्सव लागेको छ। राम्रो पारिश्रमिक तोकेर आएको थिएँ। करिब आधाजति दर्शक टिकट नपाएर गुनासो गर्दै फर्किएछन्। आयोजकले भोलि पुन: प्रस्तुति दिन आग्रह गर्नुभएको छ। कारण गल्बन्दी क्रेज।

मैले सोचेकै थिएन सर, लोकगीत गाएर यतिविधि चर्चित भइन्छ भनेर। बुढापाकाले मात्रै त्यो पनि पश्चिम भेगतिर सुनिने लोकदोहोरी गाएर कहिल्यै सेलिब्रिटी बनिन्छ जस्तो लाग्थेन। त्यसैले गति नै त छाडिएन तर अनेक तिकडम चैं लगाएकै हो। एकबारको जुनीमा गाउने इलम गरिसकेपछि २/४ जनाले चिनेनन् भने के गाउनु गाँठे भन्ने आत्मबोध भैरहन्थ्यो। त्यसैले गीतै गाएर पेट र परिवार पालेको भए पनि म कहिल्यै खुसी भइन। सपना ज्युँको त्युँ छ। भोक ज्युँको त्युँ छ भनेर निकै निराशामा गुज्रिरहेको थिएँ। कसोकसो दोहोरी ब्याटलले अलिअलि भोक मेटायो। त्यही चिनिने भोक क्या सर। पछि 'बोल माया' गर्दा मैले चिनिनेभन्दा सम्झिनेतिर अल्लि बढी ढल्केर काम गरेँ र आफूलाई अलिधेरै अंक बटुले दर्शक/स्रोताबाट। 'ब्याटल टु' ले मेरो परिचयमा थोरै प्रश्न उठायो। तँ को होस्? कताको मुन्छे होस्? भनेर अलिअलि नम्बर घट्यो पनि तर क्रियटिभिटीमा नम्बर त जोडिएकै हो। कहिलेकाहीँ उत्तर गलत हुँदा पनि अक्षर राम्रो भएर नम्बर पाइन्थ्यो नि सर स्कुलमा। त्यो पनि गणितमा, विज्ञानमा होइन नेपाली विषयमा। हो संगीत पनि नेपाली विषय जस्तै लाग्छ सर। गणितको, विज्ञानको जस्तो ठ्याक्कै उत्तर नमिले पनि मिठो भाषा लेख्न जान्यो भने, राम्रो अक्षर कोर्न जान्यो भने लगभग पास अंक त पाइने। १०० मा ३२।

सर्वप्रथम त तपाईंले गल्बन्दी सुनिसकेपछि तपाईंको मनमा भाका मिलेजस्तो लागेर भएको छटपटी र हल्ला भइसकेपछि आएका नकारात्मक टीकाटिप्पणीबाट तपाईंको आत्मसम्मानमा पुग्न गएको ठेसप्रति म दु;ख व्यक्त गर्दछु। एउटा अनुजको कामले अग्रजको मनमा उब्जिएको बेचैनी र तपाईंको व्यक्तित्व र नियतमाथि आएका प्रश्नहरुप्रति म लज्जाबोध गर्दछु। यद्यपि तपाईंले कुरा उप्काइसकेपछि मेरो नियतमाथि, मेरो व्यक्तित्वमाथि, मेरो सिर्जनामाथि लागेका आरोपहरुले मेरो आत्मसम्मानमा, मेरो दैनिक जीवनमा, मेरो मानसिकतामै पनि कत्रो असर पुगेको छ त्यतातिर सोचेर हजुर दु:खी नहुनु होला है।

हजारौं प्रकाश सपुत आए पनि तपाईंको इतिहास र अस्तित्व मेटिन्न सर। ल मानौं, कसैले अझै मिठो गरी 'चिठी तिम्लाई' दुरुस्त निकालेछ भनेपछि तपाईं मेटिनुहुन्न सर। तपाईको अस्तित्व आउँछ आउँछ।

म ठिकठाक छु सर। हामीलाई हाम्रो समयले दिएको एउटा जादुमयी अवसर छ– भाइरल। छिनमै उचालिएर माथि पुग्ने, छिनमै तल थेचारिने। त्यसैले लगभग सामान्य जस्तै लाग्न थालेको छ रातारात चर्चित हुने र रातारात गाली खाँदै लखेटिने प्रवृत्ति। जुन भोक थियो नि सर चिनिने/चर्चित हुने। भयो, अघाइयो। भुँडी फुट्ने गरी अघाइयो।

अँ साच्चि, भाका मिलेको प्रंसग।

nimb
nimb
Ncell 2
Ncell 2

गाउँमै हुँदा सुनेको भनेर तपाईंलाई मख्ख पार्दिनँ सर। काठमाडौं आएर दोहोरी साँझमा काम गर्न थालेपछि हजुरका धेरै गीत सहकर्मीहरुको आवाजमा सुनियो। आफूलाई रहर लागेर खोजीखोजी ओरिजिनल गीत सुनेर डायरीमा गीत टिपेर पनि गाइयो। 'चिठी तिम्लाई' र 'तिमीले सम्झे नि लाखै छ' भन्ने अक्सर अफर आउँथ्यो दोहोरीमा। सहकर्मीले गाउथे म अभिनय जस्तो गर्थे। हल्का रक्सीले मातेको बेला यस्तो गीतले अझै छुने रैछ कि मान्छेलाई कुन्नि ? पैसा पनि राम्रै झर्थ्यो। म चाहिँ रहरले 'चलेछ बतास सुस्तरी' गाउने प्रयास गर्थे। त्यसको पूरै अन्तरा याद छ सर मलाई। कतै माहोल जुरेछ भने म हजुरलाई सुनाम्ला गाएरै। तर कुन कसम खाएर भनौं सर यो 'देउसी भैलो' गीत मैले सुनेको थिएन। त्यसैले मैले कपी गरेको हुँदै होइन। पहिले नै रेकर्ड भैसकेको कुनै गीत पुन: रेकर्ड गर्छु र हिट बनाउँछु भन्ने आत्मविश्वास कसैमा हुन्छ जस्तो लाग्दैन सर। बरु पुरानो हिट गीतलाई रिमेक गर्ने, कभर गर्ने चलन बढेको छ। यो कति सही गलत- त्यता नजाऊँ। मैले यहाँ जोड्न खोजेको चाहिँ पहिला त्यति नसुनिएको, सफल नभएको गीतलाई रि रेकर्ड गरेर चलाइदिन्छु भन्ने कन्फिडेन्स ममा छैन सर। त्यो रिस्क तपाईंले त्यतिखेरै लिनुभयो। अब मैले किन लिन्थेँ र! अहिले त झन् खर्च बढेको छ सर। कलाकारको भाउ र पारिश्रमिक ह्वात्तै बढेको छ। खर्च उठाउने बिजनेस वे छैन। उसबेला जस्तो क्यासेटमा साइन गरेर पठाएको अनुभव हामीले गर्न पाइएन सर। अहिलेको अवसर र चुनौती भनेको मैले माथि जोडिसकेँ त्यही ‘भाइरल‘ हो। त्यो पनि फिरीको।

सर भाका मिलेकै छैन? कहाँ मिलेको छ? भनेर तपाईंको विचारलाई तपाईंको फिलिङसलाई तपाईंको प्रत्येक तर्कलाई म खण्डन गर्न चाहन्न। तपाईले आफैले भन्नुभएको थियो म तपाईंको छोराभन्दा पनि धेरै कान्छो उमेरको छु। तपाईं मेरो बुबाभन्दा पनि बढी उमेरको हुनुहुन्छ। यसकारण तपाईंको भोगाइ, तपाइको अध्ययन अनुभव, तपाईंको योगदान तपाईंको सफलताको अगाडि म धेरै बच्चा छु। उमेर अनुभव र समयले पनि म केटकेटी नै हो। एउटा स्रोता भएर सुन्दा 'गलबन्दी' र 'आऊ नाचौं' १/२ ठाउँ उस्तैउस्तै सुनिन्छ जस्तो मलाई पनि लाग्छ। 'ओई, सुन् त मिलेको छ यार' भनेर यी दुई गीत (अलिकति स्पिड बढाएर) फोर्सफुल्ली एकैचोटि सुनाउने हो भने जो कोहीको मनमा पनि आउँछ होला–  हो त यार मिलेकै रैछ। तर अलि गहिरिएर सुन्ने हो भने ठ्याक्कै मिलेको चाहिँ छैन कि सर। कपी हुनलाई त पूरै र्‍याङ कि ठ्याङ मिल्नुपर्ने हैन र। सेम टु सेम भएपछि त फ्याट्टै चिनिन्छ सर। यसरी मत नै बाझिँदैन। हेर्नुस् त दर्शकहरु बाँडिएको। कसैलाई लाग्छ मिल्छ। कसैलाई लाग्छ मिल्दैन। त्यसैले यो दर्शकलाई भजाएर हामी कबड्डी कबड्डी जस्तो मिडिया/मिडिया नखेलौं सर।

यो मेरो वर्किङ आवर्स हो सर। सिर्जनशील हुन सक्ने र सोही अनुसार दौडिन पनि सक्ने उमेर हो मेरो। यो समयमा मलाई नअल्झाइस्यो न सर। म पनि केवल नाफाघाटा मात्रै भन्दा पनि केही फरक र राम्रो गर्न सकिन्छ कि भनेर धेरै रात अनिँदो बस्छु।

मैले यहाँनिर धेरै लोकभाका मिल्छन्। उस्तैउस्तै हुन्छन्। यो हाम्रो नेपालको सम्पत्ति हो। पब्लिक डोमेन हो। यस्तो उस्तो भने भने पनि तपाईंलाई तर्कले जित्न खोजे जस्तो होला। यद्यपि अन्य संगीतहरु अलिकति गणितीय सूत्रमा बाँध्न सकिन्छ। लोकभाकाहरु अलिबढी स्वतन्त्र हुन्छन। खोलाहरु जस्तै, हावा पानी वनजंगल जस्तै प्राकृतिक। मेरो सिर्जनाहरु धेरै कुराहरुबाट प्रभावित छन् सर। उसै पनि जति गीत चलेका छन् ती सबै शब्द र संगीतले मात्रै होइन भिडियोमा अनेक तिकडम गरेको छु सर। यो प्रविधिले र जमानाले बनाएको हो। म्युजिक उठेर गीत भनेर म्युजिकमै सकिँदा पनि पूर्ण गीत हुन्थ्यो चिठी तिम्लाई… ताका। अहिले चिठीको चलन हराएर भिडियो च्याटको जमाना भएर हो कि सर गीतको अगाडि पछाडि यस्सो नाटक नजोडी त गीत नै पूर्ण नहुने जस्तो पो भइसक्यो।

खैर, म फेरि जोड्न चाहन्छु। मैले ठ्याक्कै गीत सुनेर कपी गरेको हुँदै होइन सर। डिट्टो कपी पनि छैन गीत।

मैले नेपाली सांगीतिक इतिहासको बारेमा त्यति अध्ययन गरेको त छैन तर तपाईंभन्दा अझै अग्रज, तपाईं र मसम्म आउँदा नेपाली संगीत र विशेषत: लोकगीत सिर्जना गर्ने ती तमाम अग्रजहरुबाट प्रभावित हुँदै नै हामीले गीत सिर्जना गर्ने हो। तपाईंहरुले बडो दु:ख गरी खनेको बाटोमा हामी सजिलरी हिँड्न पाएका छौं। यस्सो खाल्डाखुल्डी पुर्ने र सके कालोपत्रे गर्ने जिम्मेवारीबोध पनि गरेका छौं। तपाईंहरुकै बाटोमा हिँड्दै गर्दा तपाईंहरु जस्तैजस्तै देखिनु स्वाभाविक हैन र सर? अहिले समय अलि बदलिएको छ सर। गीतसंगीतमा भिडभाड छ। किनकि बाटो सजिलो भएको छ। जो कोही जहाँकहीँबाट आउन मिल्ने भएर पनि होला। त्यसमाथि हाम्रो पुस्ताको रुचि फेरि डेन्जर-डेन्जर छ सर। यस्तो अवस्थामा गलबन्दी जस्तो मौलिक लोकगीत यो लेभलमा स्वीकार्य हुनु पनि एउटा उपलब्धि हो सर।

आफ्नो व्यावसायिक नाफाघाटा नहेरी सांस्कृतिक महत्व बचाउन सबै विधि पुर्‍याएर ३२/३५ मिनेटको तिहार गीत बनाउन तपाईंलाई जरुरी थियो र सर? तिमीले सम्झे नि लाखै छ जस्तो अर्को खतरा आधुनिक गीत दिएर आरबिटीबाट झ्याम्म दाम बुझ्न सक्नुहुन्थेन र? म्युजिक नेपालसँग राम्रै सम्बन्ध छ तपाईको तर तपाईंलाई कलाकारिता गर्दा केवल नाफाघाटा मात्रै भन्दा पनि नेपाली लोक संगीतको! नेपाली मौलिक कला संस्कृतिको बिछट्टै माया रैछ सर। त्यति माया गर्ने मान्छेले एउटा अनुज भाइले अहिलेको समयमा मौलिकता झल्काउन गरेको प्रयासलाई अलिकति भाकाको प्रसंग लिएर निरुत्साहित नगरिस्यो न। हजारौं प्रकाश सपुत आए पनि तपाईंको इतिहास र अस्तित्व मेटिन्न सर। ल मानौं, कसैले अझै मिठो गरी 'चिठी तिम्लाई' दुरुस्त निकालेछ भनेपछि तपाईं मेटिनुहुन्न सर। तपाईको अस्तित्व आउँछ आउँछ।

अब तपाईंले मिलेकै हो भन्ने प्रमाणित गरे पनि मिलेको छैन भन्नेलाई विश्वास लाग्दैन। मैले होइन मिलेकै छैन भनेर चिच्याए पनि गित उस्तैउस्तै सुन्नेको कान फेर्न सक्दिनँ। त्यसैले एउटा सिर्जनामाथि दर्शक स्रोताको चासो, चिन्ता र माया सम्झेर यो प्रसंग यहीँ स्वतन्त्र छोडौं न सर।

लेख्दालेख्दै मोबाइलको ब्याट्री २ पर्सेन्ट भएछ। समय बिहानको ४:३४!

अन्त्यमा, तपाईंले बोलाएका फोरमहरुमा म उपस्थित हुन तयार छु सर, छलफलका लागि, बहसका लागि, संगीतको शुद्धीकरणका लागि, कपीराइटको कानुन कार्यान्वयनका लागि र अग्रजहरुको सम्मानका लागि।

तर यो मेरो वर्किङ आवर्स हो सर। सिर्जनशील हुन सक्ने र सोही अनुसार दौडिन पनि सक्ने उमेर हो मेरो। यो समयमा मलाई नअल्झाइस्यो न सर। म पनि केवल नाफाघाटा मात्रै भन्दा पनि केही फरक र राम्रो गर्न सकिन्छ कि भनेर धेरै रात अनिँदो बस्छु। गलबन्दीको लागि पनि मैले धेरै नै मेहनत गरेको छु सर। जहाँसम्म नाम राख्ने कुरा छ। यो धेरै लोक भाकाहरुबाट प्रभावित छ सर। यता पश्चिमतिरको भजनको ताल र रत्यौलीको लय मिस्रित छ भने हजुरको देउसीबाट पनि प्रभावित भएछ। अब कसकसको नाम राखौं सर। नाम में क्या चिज हे? अब यसै पनि आजको मितिसम्म सबैभन्दा छोटो समयमा करोड क्लबमा जाने गीत कुन हो भन्ने प्रश्नमा उत्तर आउँछ– गलबन्दी। तर उत्तर यतिमै सकिँदैन। 'ए त्यो शम्भु राईसँग मिलेको गीत' भनेर आउने भइक्यो।

विश्वास विचित्रको चिज हो सर। यो निकै जरा गाडेर बसेको हुन्छ मानिसहरुमा। अब तपाईंले मिलेकै हो भन्ने प्रमाणित गरे पनि मिलेको छैन भन्नेलाई विश्वास लाग्दैन। मैले होइन मिलेकै छैन भनेर चिच्याए पनि गित उस्तैउस्तै सुन्नेको कान फेर्न सक्दिनँ। त्यसैले एउटा सिर्जनामाथि दर्शक स्रोताको चासो, चिन्ता र माया सम्झेर यो प्रसंग यहीँ स्वतन्त्र छोडौं न सर। म तपाईंलाई असाध्यै सम्मान गर्छु। तपाईं मलाई प्रोत्साहन गर्नुहुन्छ भन्ने कुरामा विश्वस्त छु। आगामी सिर्जनाको लागि सचेत बनाउनुभएकोमा धन्यवाद सर। तर म र म जस्तै नयाँ पुस्तालाई डर पैदा नगरिदिनुहोला। जो गीतसंगीतमा केही गरौं भन्ने हुटहुटीले लामो संघर्षपछि अलिअलि तंग्रिएका छौं।

धन्यवाद सर।
टेक केयर, सि यु सर।

(अहिले चर्चाको शिखरमा रहेको प्रकाश सपुतको लोकगीत 'गलबन्दी' विवादमा तानिएको छ। शम्भु राईको धेरै पुरानो देउसी गीत 'आउ नाचौं' सँग मिलेको भनेर दाबी गर्नेहरुमा राई आफै पनि छन्। यही सन्दर्भमा सपुतले आफ्नो वेबसाइटमा लेखेको पत्र जस्ताको तस्तै साभार गरेका हौं।- सम्पादक)

प्रकाशित मिति: बिहीबार, असार ५, २०७६  १२:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यस्तो रहनेछ आज देशभरको मौसम
सर्लाहीमा करेन्ट लागेर एक जनाको मृत्यु
शरीरमा आयोडिनको कमी हुँदा कस्ता समस्या देखिन्छन्?
सम्बन्धित सामग्री
डा. विमल अर्थात् आधुनिक दधिचि मैथिली विकास कोष जनकपुरधामका संस्थापक अध्यक्ष रहेका विमलका लेख, रचना र साहित्य विषयक अनुसन्धानहरू विद्यालयदेखि स्नातकोत्तर तहसम्मका... मंगलबार, साउन २६, २०८३
त्रिविका उपकुलपतिले एकपटक अवश्य पढून् उपकुलपति ज्यू, विद्यार्थीलाई प्रविधिसँग जोड्ने र विश्वविद्यालयलाई प्रविधिमैत्री बनाउने कुरा त्रिविको दृष्टि–२०३० मा छ। तर कक्षामा आउ... मंगलबार, साउन २६, २०८३
नेपाल महिला संघको अबको भूमिका के? दलित, आदिवासी जनजाति, मधेसी, मुस्लिम, अपाङ्गता भएका र दुर्गम क्षेत्रका महिलाहरूलाई संघको नीति निर्माण र निर्णायक तहमा अनुपातिक र सम्... शनिबार, साउन २३, २०८३
ताजा समाचारसबै
यस्तो रहनेछ आज देशभरको मौसम बुधबार, साउन २७, २०८३
सर्लाहीमा करेन्ट लागेर एक जनाको मृत्यु बुधबार, साउन २७, २०८३
शरीरमा आयोडिनको कमी हुँदा कस्ता समस्या देखिन्छन्? बुधबार, साउन २७, २०८३
बालेन सरकारलाई झट्का, एकै दिन दुई सचिवले दिए राजिनामा बुधबार, साउन २७, २०८३
आज अन्तर्राष्ट्रिय युवा दिवस, विविध कार्यक्रम गरी मनाइँदै बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनसँग पूर्वमुख्यसचिव कोइरालाले मागे सूचना मंगलबार, साउन २६, २०८३
साँझको ड्युटी सकेर जुवाखाल छिरेका प्रहरीका सई च्याप्पै समातिए मंगलबार, साउन २६, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु मंगलबार, साउन २६, २०८३
शशांकको माग अस्वीकार गर्दै कांग्रेस संस्थापनले भन्यो– महाधिवेशन नगरे पार्टी अवैधानिक हुन्छ मंगलबार, साउन २६, २०८३
एकपटकको नेता, सधैं नेता : रोहितलाई क्यानको भावुक बिदाइ मंगलबार, साउन २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
डा. विमल अर्थात् आधुनिक दधिचि धर्मेन्द्र विह्वल
त्रिविका उपकुलपतिले एकपटक अवश्य पढून् अनिकेत तिवारी
नेपाल महिला संघको अबको भूमिका के? डा. डिला संग्रौला
नेपालको राजनीति: दलगत विभाजनभन्दा माथि उठेर जनमुखी राजनीति कहिले? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री बालेनविरुद्ध उत्रिएका सांसदलाई कडाइ गर्दै रास्वपा शुक्रबार, साउन २२, २०८३
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
लेनदेनका लिखत प्रमाणित गर्दा दुई रुपैयाँ मात्रै शुल्क लिन स्थानीय तहका नाममा परमादेश जारी आइतबार, साउन २४, २०८३
जेलमुक्त पत्रकार खेम भण्डारीले के भने ? (भिडियो) शनिबार, साउन २३, २०८३
फिल्मका लागि घर बोलाएर नशालु पदार्थ खुवाई बलात्कार, भिडियोसमेत बनाएर ब्ल्याकमेल, ७३ वर्षीय निर्देशक शकील नूरानी पक्राउ सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्