कराँची- पाकिस्तानको सिन्ध प्रान्तस्थित सान क्षेत्रमा विपरीत दिशाबाट आएका यात्रुबाहक बस सुजुकी भ्यानसँग ठक्कर खाँदा भएको दुर्घटनामा एउटै परिवारका १० जनाको मृत्यु भएको छ।
इन्दुज राजमार्गमा आइतबार भएको दुर्घटनामा केही अन्य यात्रु घाइते भएका वरिष्ठ प्रहरी उपरिक्षक इरफान बहादुरले बताए। एकै परिवारका दुई पुरुष, चार महिलासहित चार बालबालिकाको घटनामा मृत्यु भएको उनले बताए।
सेहवान र जमसोरो सहरबाट छुटेका रात्रिकालीन दुई बस उच्च गतिमा आएका र उक्त भ्यानसँग ठोक्किएको थियो।
दुर्घटनापछि दुवै बसका चालक फरार छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।