• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक ९, २०८३ Mon, Oct 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

एउटा गरिब फुच्चे यसरी बने क्रिकेटका 'हिटम्यान'

64x64
नेपाल लाइभ सोमबार, पुस १०, २०७४  ०६:२९
1140x725

सन् २००७ को टी–२० विश्वकपमा भारतीय क्रिकेट टिम समूह चरणमा संकटमा परेको थियो। पहिलो खेलमा न्युजिल्यान्डसँग पराजित भएको भारतले दोस्रो खेलमा इंग्ल्यान्डलाई हराउँदै सेमिफाइनल सम्भावना जीवित राखेको थियो। अन्तिम चारमा पुग्न भारतले दक्षिण अफ्रिकालाई पराजित गर्नैपर्ने थियो। 

दक्षिण अफ्रिका विरुद्ध पहिले ब्याटिङ गरेको भारतले ६१ रन बनाउँदा महत्वपूर्ण ४ विकेट गुमाइसकेको थियो। यस्तोमा युवा ब्याट्सम्यान रोहित शर्मा पहिलो पल्ट पिचमा आए। एकदिवसीय खेलमा भारतीय टिममा तीन महिनाअघि डेब्यु गरेका उनी टी–२० खेलमा भारतीय टिमबाट पहिलो पटक ब्याटिङ गर्दै थिए। 

रोहितले सुरुवाती २ खेलमा मौका पाएका थिएनन्। न्युजिल्यान्ड विरुद्धको पहिलो खेलमा पहिलो रोजाइमा नपरेका उनले इंग्ल्यान्ड विरुद्धको दोस्रो खेलमा ब्याटिङ गर्ने पालो पाएका थिएनन्। 

कठिन अवस्थामा भारतको भरोसा बनेका २० वर्षे खेलाडी रोहितले कप्तान महेन्द्रसिंह धोनीसँग ८५ रनको साझेदारी गरेपछि भारतको आसा बढ्यो। दुर्भाग्यवश धोनी ४५ रनमा रनआउटको सिकार बने। तर, रोहितले अन्तिमसम्म ब्याटिङ गरेर भारतलाई बलियो स्थितिमा पुर्या एका थिए। उनले नटआउट ५० रन जोडेपछि भारतले १ सय ५३ रन जोडेको थियो। रोहितकै इनिङमा भारतले खेल जित्दै सेमिफाइनल यात्रा तय गरेको थियो। पछि भारतले टी–२० विश्वकप नै कब्जा गर्‍यो।

खेलपछि अस्ट्रेलियन क्रिकेट टिमका पूर्व कप्तान इयान चापेलले रोहितको प्रशंसामा शब्दहरु खर्चिएका थिए। चापेलले रोहित विश्वकै उत्कृष्ट ब्याट्सम्यान बन्ने प्रतिक्रिया दिएका थिए। करिअरको सुरुवाती समयमै कभर ड्राइभमा लगातार रन हान्न सक्ने र ब्याक फुटबाट स्क्वायर ड्राइभमा ब्याट घुमाउने रोहितको शैलीबाट इयान प्रभावित थिए। उनको पोजिसनका साथै बललाई आफ्नै तरिकाले प्रहार गर्न सक्ने शैली गजबको थियो। क्याच लिन र फिल्डमा रन रोक्न माहिर रोहितको डाइरेक्ट हिटमार्फत रन आउट गराउन सक्ने क्षमता रहेकाले अस्ट्रेलियन पूर्व कप्तान चापेल रोहितप्रति मोहित बनेका थिए।

चापेलले १० वर्षअघि गरेको विश्लेषणअनुरुप रोहितले अहिले विश्व क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। पछिल्लो चार वर्षमा लामो रेकर्डको सूची बनाइसकेका रोहितले गत शुक्रबार त्यस्तै लोभलाग्दो ब्याटिङ गरे। इन्दोरमा भएको श्रीलंका विरुद्धको दोस्रो टी–२० खेलमा रोहितको ब्याटिङ अद्वितीय थियो। नियमित कप्तान विराट कोहली विदामा रहेका कारण कप्तानीको भूमिकामा रहेका रोहितले ३५ बलमा शतक प्रहार गर्दै रेकर्ड बनाए।

रोहितले डेभिड मिल्लरको नाममा रहेको टी–२० मा छिटो शतक बनाउने रेकर्डसँग बराबरी गरे। १ सय १८ रनमा आउट हुनुअघि रोहितले ४३ बलमा १२ चौका र १० छक्का प्रहार गरे।

भारतको मुम्बई नजिकैको विरोभी गाउँमा हुर्किएका रोहित सामान्य परिवारका हुन्। उनका बुबा गुरुनाथ शर्मा ट्रान्सपोर्ट कम्पनीमा काम गर्थे। तर, कम्पनीको स्थिति राम्रो नभएकाले त्यसको कमाइबाट परिवार धान्न गाह्रो थियो। परिवारको आर्थिक अवस्था कमजोर भएकाले आफ्ना आवश्यकताहरु हजुरबुबा र काकाहरुले पूरा गरिदिने गरेको रोहितले एक अन्तर्वार्तामा बताएका थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

क्रिकेटमा बाल्यकालदेखि नै चाख राख्ने उनी यो खेल सिक्न चाहन्थे। पारिवारिक स्थिति नाजुक भएकाले उनले बुबासँग पैसा माग्न सक्दैन थिए। एकदिन उनले क्रिकेटको समर क्याम्पमा सहभागी हुन काकासँग ८ सय भारु मागे। तर, काकाले उनलाई २ सय मात्र दिए। क्याम्पमा २ सय लिएर पुगेपछि तत्कालीन प्रशिक्षकले उनलाई विद्यालय परिवर्तन गर्दै विवेकानन्द स्कुलमा भर्ना हुन सुझाव दिए। किनकि त्यहाँ प्रतिभाशाली क्रिकेटरलाई छात्रवृत्ति दिइन्थ्यो।

'प्रशिक्षकको सिफारिसमा मैले स्कुलमा भर्ना पाएँ। स्कुलमा छात्रवृति पाएपछि चार वर्ष लगातार क्रिकेट सिकेपछि क्रिकेटर भएर बाहिर निस्केँ', रोहितले क्रिकइन्फोलाई दिएको अन्तर्वार्तामा भनेका थिए। 

सुरुवातमा उनी अफ स्पिनर थिए। थोरबहुत ब्याटिङ गर्थे। स्थानीय प्रतियोगितामा राम्रो खेल्न थालेपछि उनी मुम्बईको टिममा परे। त्यसपछि उनी ब्याटिङमा बढी केन्द्रित हुन थाले। उमेरसमूहको राष्ट्रिय टिममा स्थान बनाएका उनले सन् २००६ को यू–१९ विश्वकपमा भारतीय टिमको जर्सी लगाए। यू–१९ विश्वकपमा फिनिसरको भूमिकामा रहेका उनी बढी रन प्रहार गर्ने उत्कृष्ट १० खेलाडीको सूचीमा थिए। त्यही वर्ष रणजी ट्रफीमा डेब्यु गरेका उनले सिजनमा ६ सय रन प्रहार गरेका थिए। रणजी ट्रफीमा प्रभावशाली प्रदर्शनपछि उनी सन् २००७ मा राष्ट्रिय टिममा परेका थिए।

त्यसयता उनले क्रिकेटमा धेरै रेकर्ड बनाइसकेका छन्। उनी सन् २०१५ मा टी–२० खेलमा शतक प्रहार गर्ने दोस्रो भारतीय खेलाडी बनेका थिए। सन् २०१४ मा रोहितले एकदिवसीय खेलको एकै इनिङमा बढी रन प्रहार गर्ने रेकर्ड बनाएका थिए। श्रीलंका विरुद्ध २ सय ६४ रन प्रहार गर्दै उनले रेकर्ड बनाएका थिए। खेलमा उनले १ सय ७३ बलमा ३३ चौका र ९ छक्का प्रहार गरेका थिए। उनी एकदिवसीय खेलमा एकै इनिङमा बढी चौका प्रहार गर्ने खेलाडी पनि हुन्। रोहितले एकदिवसीय खेलमा एकै इनिङमा १६ छक्का प्रहार गरेर पनि रेकर्ड बनाएका छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उनले सन् २०१३ मा अस्ट्रेलिया विरुद्ध एकै इनिङमा १६ छक्का प्रहार गरेका थिए। उनी एकदिवसीय खेलमा तीन पटक दोहोरो शतक बनाउने खेलाडी पनि हुन्। पछिल्लो पटक उनले दुई साताअघि श्रीलंका विरुद्ध दोहोरो शतक प्रहार गरेका थिए।

उनले अहिलेसम्म १ सय ७४ एकदिवसीय खेल खेलिसकेका छन्। एकदिवसीय खेलमा ६ हजार ४ सय रन बनाइसकेका उनले १६ एकदिवसीय शतक प्रहार गरेका छन्। 

सन् २०१३ मा टेस्टमा डेब्यु गरेका रोहितले २३ टेस्ट खेलेका छन्। टेस्टमा उनले तीन शतक प्रहार गरेका छन्। उनले टी–२० मा ७० खेलमा १६ सय रन पूरा गरेका छन् भने २ शतक प्रहार गरेका छन्। समग्रमा उनले २१ अन्तर्राष्ट्रिय शतक प्रहार गरिसकेका छन्।

निरन्तर उत्कृष्ट प्रदर्शन र त्यसमाथि पनि बाउन्ड्रीको वर्षा गर्ने गरेकाले उनी क्रिकेट जगतमा 'हिटम्यान' उपनामले चिनिन्छन्। 

करिअरको उत्कृष्ट लयमा देखिएका रोहित अझै राम्रो खेल्ने बताइरहेका छन्। श्रीलंका विरुद्ध छिटो शतक बनाएपछि उनले भनेका थिए, 'मैले राम्रो रन हान्ने कोसिस गरिरहेको थिएँ। कोसिस सफल हुँदा निकै राम्रो ब्याटिङ गर्न सकेँ। अझै राम्रो खेल्ने कोसिस गर्नेछु।'

एजेन्सीहरुको सहयोगमा

प्रकाशित मिति: सोमबार, पुस १०, २०७४  ०६:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गोलबजारमा खैरो हेरोइनजस्तो पदार्थसहित दुई जना पक्राउ
आसाममा प्रमोद खरेल र ‘परम्परा ब्यान्ड’को सांगीतिक धमाका
नेपाली क्रिकेट अमर रहोस्: बालेन
सम्बन्धित सामग्री
गोलबजारमा खैरो हेरोइनजस्तो पदार्थसहित दुई जना पक्राउ लागू औषध नियन्त्रण अभियानलाई प्रभावकारी बनाउन इलाका प्रहरी कार्यालय गोलबजार, सिरहाका प्रहरी निरीक्षक दीपक खरेलको कमान्डमा खटिएको प्र... सोमबार, कात्तिक ९, २०८३
२४ घण्टामा ट्रााफिक कारबाहीमा किन परे ५१४ सवारी चालक ? ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ६४, सिसिटिभिमार्फत ३९, रातोबत्तीमा २१ जना चाल... सोमबार, कात्तिक ९, २०८३
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु डुङ्गा चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ । आइतबार, कात्तिक ८, २०८३
ताजा समाचारसबै
गोलबजारमा खैरो हेरोइनजस्तो पदार्थसहित दुई जना पक्राउ सोमबार, कात्तिक ९, २०८३
आसाममा प्रमोद खरेल र ‘परम्परा ब्यान्ड’को सांगीतिक धमाका सोमबार, कात्तिक ९, २०८३
नेपाली क्रिकेट अमर रहोस्: बालेन सोमबार, कात्तिक ९, २०८३
ब्राजिलको राष्ट्रपतिमा वामपन्थी नेता लुला निर्वाचित सोमबार, कात्तिक ९, २०८३
२४ घण्टामा ट्रााफिक कारबाहीमा किन परे ५१४ सवारी चालक ? सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कहाँ छन् रवि लामिछाने? आइतबार, कात्तिक ८, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु आइतबार, कात्तिक ८, २०८३
खगेन्द्रले स्वीकार गरेनन् विवादित अडियो : थप प्रमाण खोज्दै रास्वपा, अडियो परीक्षणको तयारी आइतबार, कात्तिक ८, २०८३
पाकिस्तानी खेलाडीको एनपीएल सहभागिता अन्योलमा आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्