• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, वैशाख १४, २०८३ Mon, Apr 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

एउटा गरिब फुच्चे यसरी बने क्रिकेटका 'हिटम्यान'

64x64
नेपाल लाइभ सोमबार, पुस १०, २०७४  ०६:२९
1140x725

सन् २००७ को टी–२० विश्वकपमा भारतीय क्रिकेट टिम समूह चरणमा संकटमा परेको थियो। पहिलो खेलमा न्युजिल्यान्डसँग पराजित भएको भारतले दोस्रो खेलमा इंग्ल्यान्डलाई हराउँदै सेमिफाइनल सम्भावना जीवित राखेको थियो। अन्तिम चारमा पुग्न भारतले दक्षिण अफ्रिकालाई पराजित गर्नैपर्ने थियो। 

दक्षिण अफ्रिका विरुद्ध पहिले ब्याटिङ गरेको भारतले ६१ रन बनाउँदा महत्वपूर्ण ४ विकेट गुमाइसकेको थियो। यस्तोमा युवा ब्याट्सम्यान रोहित शर्मा पहिलो पल्ट पिचमा आए। एकदिवसीय खेलमा भारतीय टिममा तीन महिनाअघि डेब्यु गरेका उनी टी–२० खेलमा भारतीय टिमबाट पहिलो पटक ब्याटिङ गर्दै थिए। 

रोहितले सुरुवाती २ खेलमा मौका पाएका थिएनन्। न्युजिल्यान्ड विरुद्धको पहिलो खेलमा पहिलो रोजाइमा नपरेका उनले इंग्ल्यान्ड विरुद्धको दोस्रो खेलमा ब्याटिङ गर्ने पालो पाएका थिएनन्। 

कठिन अवस्थामा भारतको भरोसा बनेका २० वर्षे खेलाडी रोहितले कप्तान महेन्द्रसिंह धोनीसँग ८५ रनको साझेदारी गरेपछि भारतको आसा बढ्यो। दुर्भाग्यवश धोनी ४५ रनमा रनआउटको सिकार बने। तर, रोहितले अन्तिमसम्म ब्याटिङ गरेर भारतलाई बलियो स्थितिमा पुर्या एका थिए। उनले नटआउट ५० रन जोडेपछि भारतले १ सय ५३ रन जोडेको थियो। रोहितकै इनिङमा भारतले खेल जित्दै सेमिफाइनल यात्रा तय गरेको थियो। पछि भारतले टी–२० विश्वकप नै कब्जा गर्‍यो।

खेलपछि अस्ट्रेलियन क्रिकेट टिमका पूर्व कप्तान इयान चापेलले रोहितको प्रशंसामा शब्दहरु खर्चिएका थिए। चापेलले रोहित विश्वकै उत्कृष्ट ब्याट्सम्यान बन्ने प्रतिक्रिया दिएका थिए। करिअरको सुरुवाती समयमै कभर ड्राइभमा लगातार रन हान्न सक्ने र ब्याक फुटबाट स्क्वायर ड्राइभमा ब्याट घुमाउने रोहितको शैलीबाट इयान प्रभावित थिए। उनको पोजिसनका साथै बललाई आफ्नै तरिकाले प्रहार गर्न सक्ने शैली गजबको थियो। क्याच लिन र फिल्डमा रन रोक्न माहिर रोहितको डाइरेक्ट हिटमार्फत रन आउट गराउन सक्ने क्षमता रहेकाले अस्ट्रेलियन पूर्व कप्तान चापेल रोहितप्रति मोहित बनेका थिए।

चापेलले १० वर्षअघि गरेको विश्लेषणअनुरुप रोहितले अहिले विश्व क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। पछिल्लो चार वर्षमा लामो रेकर्डको सूची बनाइसकेका रोहितले गत शुक्रबार त्यस्तै लोभलाग्दो ब्याटिङ गरे। इन्दोरमा भएको श्रीलंका विरुद्धको दोस्रो टी–२० खेलमा रोहितको ब्याटिङ अद्वितीय थियो। नियमित कप्तान विराट कोहली विदामा रहेका कारण कप्तानीको भूमिकामा रहेका रोहितले ३५ बलमा शतक प्रहार गर्दै रेकर्ड बनाए।

रोहितले डेभिड मिल्लरको नाममा रहेको टी–२० मा छिटो शतक बनाउने रेकर्डसँग बराबरी गरे। १ सय १८ रनमा आउट हुनुअघि रोहितले ४३ बलमा १२ चौका र १० छक्का प्रहार गरे।

भारतको मुम्बई नजिकैको विरोभी गाउँमा हुर्किएका रोहित सामान्य परिवारका हुन्। उनका बुबा गुरुनाथ शर्मा ट्रान्सपोर्ट कम्पनीमा काम गर्थे। तर, कम्पनीको स्थिति राम्रो नभएकाले त्यसको कमाइबाट परिवार धान्न गाह्रो थियो। परिवारको आर्थिक अवस्था कमजोर भएकाले आफ्ना आवश्यकताहरु हजुरबुबा र काकाहरुले पूरा गरिदिने गरेको रोहितले एक अन्तर्वार्तामा बताएका थिए। 

nimb
nimb
Ncell 2
Ncell 2

क्रिकेटमा बाल्यकालदेखि नै चाख राख्ने उनी यो खेल सिक्न चाहन्थे। पारिवारिक स्थिति नाजुक भएकाले उनले बुबासँग पैसा माग्न सक्दैन थिए। एकदिन उनले क्रिकेटको समर क्याम्पमा सहभागी हुन काकासँग ८ सय भारु मागे। तर, काकाले उनलाई २ सय मात्र दिए। क्याम्पमा २ सय लिएर पुगेपछि तत्कालीन प्रशिक्षकले उनलाई विद्यालय परिवर्तन गर्दै विवेकानन्द स्कुलमा भर्ना हुन सुझाव दिए। किनकि त्यहाँ प्रतिभाशाली क्रिकेटरलाई छात्रवृत्ति दिइन्थ्यो।

'प्रशिक्षकको सिफारिसमा मैले स्कुलमा भर्ना पाएँ। स्कुलमा छात्रवृति पाएपछि चार वर्ष लगातार क्रिकेट सिकेपछि क्रिकेटर भएर बाहिर निस्केँ', रोहितले क्रिकइन्फोलाई दिएको अन्तर्वार्तामा भनेका थिए। 

सुरुवातमा उनी अफ स्पिनर थिए। थोरबहुत ब्याटिङ गर्थे। स्थानीय प्रतियोगितामा राम्रो खेल्न थालेपछि उनी मुम्बईको टिममा परे। त्यसपछि उनी ब्याटिङमा बढी केन्द्रित हुन थाले। उमेरसमूहको राष्ट्रिय टिममा स्थान बनाएका उनले सन् २००६ को यू–१९ विश्वकपमा भारतीय टिमको जर्सी लगाए। यू–१९ विश्वकपमा फिनिसरको भूमिकामा रहेका उनी बढी रन प्रहार गर्ने उत्कृष्ट १० खेलाडीको सूचीमा थिए। त्यही वर्ष रणजी ट्रफीमा डेब्यु गरेका उनले सिजनमा ६ सय रन प्रहार गरेका थिए। रणजी ट्रफीमा प्रभावशाली प्रदर्शनपछि उनी सन् २००७ मा राष्ट्रिय टिममा परेका थिए।

त्यसयता उनले क्रिकेटमा धेरै रेकर्ड बनाइसकेका छन्। उनी सन् २०१५ मा टी–२० खेलमा शतक प्रहार गर्ने दोस्रो भारतीय खेलाडी बनेका थिए। सन् २०१४ मा रोहितले एकदिवसीय खेलको एकै इनिङमा बढी रन प्रहार गर्ने रेकर्ड बनाएका थिए। श्रीलंका विरुद्ध २ सय ६४ रन प्रहार गर्दै उनले रेकर्ड बनाएका थिए। खेलमा उनले १ सय ७३ बलमा ३३ चौका र ९ छक्का प्रहार गरेका थिए। उनी एकदिवसीय खेलमा एकै इनिङमा बढी चौका प्रहार गर्ने खेलाडी पनि हुन्। रोहितले एकदिवसीय खेलमा एकै इनिङमा १६ छक्का प्रहार गरेर पनि रेकर्ड बनाएका छन्।

उनले सन् २०१३ मा अस्ट्रेलिया विरुद्ध एकै इनिङमा १६ छक्का प्रहार गरेका थिए। उनी एकदिवसीय खेलमा तीन पटक दोहोरो शतक बनाउने खेलाडी पनि हुन्। पछिल्लो पटक उनले दुई साताअघि श्रीलंका विरुद्ध दोहोरो शतक प्रहार गरेका थिए।

उनले अहिलेसम्म १ सय ७४ एकदिवसीय खेल खेलिसकेका छन्। एकदिवसीय खेलमा ६ हजार ४ सय रन बनाइसकेका उनले १६ एकदिवसीय शतक प्रहार गरेका छन्। 

सन् २०१३ मा टेस्टमा डेब्यु गरेका रोहितले २३ टेस्ट खेलेका छन्। टेस्टमा उनले तीन शतक प्रहार गरेका छन्। उनले टी–२० मा ७० खेलमा १६ सय रन पूरा गरेका छन् भने २ शतक प्रहार गरेका छन्। समग्रमा उनले २१ अन्तर्राष्ट्रिय शतक प्रहार गरिसकेका छन्।

निरन्तर उत्कृष्ट प्रदर्शन र त्यसमाथि पनि बाउन्ड्रीको वर्षा गर्ने गरेकाले उनी क्रिकेट जगतमा 'हिटम्यान' उपनामले चिनिन्छन्। 

करिअरको उत्कृष्ट लयमा देखिएका रोहित अझै राम्रो खेल्ने बताइरहेका छन्। श्रीलंका विरुद्ध छिटो शतक बनाएपछि उनले भनेका थिए, 'मैले राम्रो रन हान्ने कोसिस गरिरहेको थिएँ। कोसिस सफल हुँदा निकै राम्रो ब्याटिङ गर्न सकेँ। अझै राम्रो खेल्ने कोसिस गर्नेछु।'

एजेन्सीहरुको सहयोगमा

प्रकाशित मिति: सोमबार, पुस १०, २०७४  ०६:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मन्त्रिपरिषद् बैठक बस्दै
स्वास्थ्यमा जनशक्ति संकट: तीन दशकको ‘डेडलक’ बालेन नेतृत्वको सरकारले तोड्ला?
आजदेखि कक्षा १२ को परीक्षा सुरु
सम्बन्धित सामग्री
पक्राउ परे पूर्वमन्त्री विक्रम पाण्डे सार्वजनिक खरिद प्रणाली ह्याक गरेर ठेक्का विवरण हेरफेर भएको प्रकरणमा अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)... शुक्रबार, वैशाख ११, २०८३
विराटनगरमा तास खेलिरहेका ६ जना पक्राउ राति करिब ८ बजेको समयमा जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। बिहीबार, वैशाख १०, २०८३
९१ लाख ९० हजार ठगी गरेको अभियोगमा दुई जना पक्राउ काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालन भएको टोलीले बुल्गेरिया पठाउने प्रलोभनमा पारेर उक्त रकम ठगेको अभियोगमा सल्ल्यान... शनिबार, चैत २८, २०८२
ताजा समाचारसबै
मन्त्रिपरिषद् बैठक बस्दै सोमबार, वैशाख १४, २०८३
स्वास्थ्यमा जनशक्ति संकट: तीन दशकको ‘डेडलक’ बालेन नेतृत्वको सरकारले तोड्ला? सोमबार, वैशाख १४, २०८३
आजदेखि कक्षा १२ को परीक्षा सुरु सोमबार, वैशाख १४, २०८३
अहिलेसम्म १२ सय ७२ सुकुम्वासीका घर टहरा भत्काइए सोमबार, वैशाख १४, २०८३
आजको मौसम लुम्बिनी र सुदूरपश्चिमका तराईमा तातो दिन सोमबार, वैशाख १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारतीय विदेश सचिव मिस्री नेपाल आउने आइतबार, वैशाख १३, २०८३
समस्याग्रस्त सहकारीको पैसा फिर्ता गर्न सरकारले ल्यायो नयाँ कार्यविधि आइतबार, वैशाख १३, २०८३
देश र कांग्रेसको अवस्थाबारे शेखरले गरे बुद्धिजीवीहरूसँग छलफल आइतबार, वैशाख १३, २०८३
सरकार संसद्‌बाट भाग्ने होइन : ज्ञानबहादुर शाही आइतबार, वैशाख १३, २०८३
अहिलेसम्म १२ सय ७२ सुकुम्वासीका घर टहरा भत्काइए सोमबार, वैशाख १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै शनिबार, वैशाख १२, २०८३
पक्राउ परे पूर्वमन्त्री विक्रम पाण्डे शुक्रबार, वैशाख ११, २०८३
सुकुमबासी नेता परियारकी श्रीमतीको नाममा शान्तिनगरमा १६ कोठाको तीनतले घर शुक्रबार, वैशाख ११, २०८३
सुकुम्बासी बस्ती खाली गर्न महानगर प्रहरीको माइकिङ, वास्तविक सुकुम्बासीलाई १५ दिनभित्रै अर्को व्यवस्था गरिने बिहीबार, वैशाख १०, २०८३
गृहमन्त्री सुधन गुरुङविरुद्ध पक्राउ गरी अनुसन्धान गर्न जेन-जी मुभमेन्टले दियो प्रहरीमा उजुरी मंगलबार, वैशाख ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्