डोटी- डोटीमा कैँची प्रहार गरी श्रीमतीको हत्या गरिएको छ।
डोटीको दिपायल-सिलगढी नगरपालिका-३ दिपायलका ४५ वर्षीय कृष्ण नेपालीले ४० वर्षीया श्रीमती मिनाको कैंची प्रहार गरी हत्या गरेका हुन्।
डोटी प्रहरीका अनुसार सोमबार राति घरायसी विवाद हुँदा कृष्णले श्रीमतीको घाँटी र ढाडमा लुगा काट्ने कैँची प्रहार गरी हत्या गरेका हुन्।
कृष्णलाई प्रहरीले पक्राउ गरेको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
तस्बिरः सांकेतिक
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।