बेइजिङ- चीनमा अवैध रुपले सञ्चालन हुँदै आएका १३ हजारभन्दा बढी वेभसाइट बन्द गरिएको छ।
चिनियाँ संसद्को स्थायी समितिका उपाध्यक्ष वाङ सेन्ङजुनले सन् २०१५ देखि अहिलेसम्म १३ हजारभन्दा बढी वेबसाइट बन्द गरिएको जानकारी दिनुभएको हो ।
यो अवधिमा अरु दुई हजार २ सय वेबसाइटका सञ्चालकलाई पनि बोलाएर कुराकानी गरिएको उनले बताए।
इन्टरनेट सेवाको आचारसंहिता उल्लंघन गरेको भन्दै झन्डै एक करोड इन्टरनेट एकाउन्ट बन्द गरिएको छ। ती वेबसाइटले आतंकवादीलाई सहयोग गरिरहेको तथा अश्लील दृश्यको प्रयोग गरिरहेकाले हटाइएको बताइएको छ।
'वेबसाइट बन्द गर्ने कार्य निकै प्रभावशाली र रक्षात्मक कदम हो', वाङले भने। हटाइएको सम्बन्धी विवरण आगामी संसदीय बैठकमा पेस गरिने भएको छ। सो बैठक आगामी बुधबार बस्ने जनाइएको छ। (रासस/सिन्ह्वा)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।