फाइल तस्बिर
काठमाडौं- गुठी विधेयक फिर्ता भएपनि गुठीयारको अगुवाइमा बुधबारका लागि तय भएको प्रदर्शन नरोकिने भएको छ।
विधेयक खारेजीको माग गर्दै आएका गुठी सम्बन्ध संस्थाले माइतीघरको प्रदर्शन जारी राख्ने भएका हुन्।
विधेयक फिर्ता भएको सुनेको बताउँदै नेवा देयः दबुका अध्यक्ष नरेश ताम्राकारले भने, 'प्रदर्शन हुन्छ। कार्यक्रम परिमार्जन गरी प्रदर्शन गर्ने गरी छलफल गर्दैछौं।'
जेठ २६ गते देखि गुठी आबद्ध संस्थाले राजधानीमा निरन्तर विरोध प्रदर्शन गर्दै आएका छन्।
बुधबार माइतीघरमा बृहत् प्रदर्शन गर्ने गुठीयारहरुको तयारी यथावतै रहेको अध्यक्ष ताम्राकारले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।