• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, माघ २३, २०८२ Fri, Feb 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

संसद् अवरुद्धको ९ मिनेट ४४ सेकेन्ड : सत्तारुढ र प्रतिपक्ष आ-आफ्नै रणनीतिको सिकार

64x64
नेपाल लाइभ मंगलबार, असार ३, २०७६  १८:४०
1140x725

काठमाडौं- मंगलबार  प्रतिनिधिसभाको बैठक सुरु भयो। सभामुख कृष्णबहादुर महराले बैठक सुरु भएको घोषणा गरे लगत्तै प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सांसद कुर्सीबाट उठे। 

सभामुख महराले आफूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोल्न समय उपलब्ध गराएको जानकारी गराए। 

लगत्तै संसद्‍लाई सम्बोधन गर्न प्रधानमन्त्री ओली रोष्ट्रम उक्ले। प्रधानमन्त्री रोष्ट्रम चढिरहँदा प्रतिपक्षका सांसदले बोल्न समय पाउनुपर्ने माग गर्दै उठिरहे। रोष्ट्रममा पुगेका प्रधानमन्त्री ओली बोल्न नपाउँदै प्रतिपक्षका सांसदहरु चर्को स्वरमा गर्दै उठिरहे।  

प्रधानमन्त्री रोष्ट्रममा पुगेपछि पनि सभामुख महराले प्रतिपक्षीलाई पनि समय दिने भनिरहे। तर प्रतिपक्षले सुनेनन्। उनीहरू झन् आक्रोशित हुँदै आफू बसेको स्थानबाट बाहिर फ्लोरमा नाराबाजी गर्न थाले। 

रोष्ट्रममा उक्लिसकेका प्रधानमन्त्री केपी शर्मा ओली प्रतिपक्षीको अवरोधपछि निःशब्द फर्किए। रोष्ट्रममा उनको भावभंगीले ‘निराशा’ झल्काउँथ्यो। तर, नेकपाका एक नेताका अनुसार त्यो निराशाभन्दा पनि खराब स्वास्थ्य अवस्थासँग जुधिरहेका प्रधानमन्त्री ओलीको थकान थियो। उनी भन्छन्, ‘निराश हुनुपर्ने कारण थिएन। किनभने अवरोध अपेक्षित थियो।’

प्रधानमन्त्री ओलीभन्दा अघि प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले बोल्न माग गरेका थिए। तर, प्रधानमन्त्री ओली आफूले समय मागेका कारण सुरुमै बोल्न पाउनुपर्ने पक्षमा थिए। संसदमा मंगलबार उठाइने प्रश्न भन्दा पनि उनी बेलायत भ्रमणमा रहेका बेला यता उठाइएका विषयमा प्रस्ट पार्न चाहन्थे। यही विषयमा सहमति खोज्दा संसद् दैनिक कार्यसूचीभन्दा एक घन्टा ढिलो सुरु भएको थियो। 

सकेसम्म सदनबाट नसके वैकल्पिक उपायबाट आफ्ना भनाइ प्रस्तुत गर्ने विषयमा उनी प्रस्ट थिए। एक नेकपा नेताका अनुसार प्रतिपक्षीले नमानेपछि प्रम ओलीलाई सोधिएको थियो, ‘कुरा मिलेन के गर्ने प्रधानमन्त्रीज्यू?’ प्रम ओलीको जवाफ थियो, ‘सरोकारवाला, मिडियाकर्मी, मानवअधिकारकर्मी र जनताहरु मेरो सम्बोधन कुरेर बसेका छन्।’

यति सुनिसकेपछि सभामुख कृष्णबहादुर महराले कुरा बुझे र प्रतिनिधिसभाको बैठक सुरु गरे। अनौपचारिक छलफलमा आफूले सुरुमा बोल्न नपाए संसद् अवरुद्ध गर्ने संकेत गरिसकेको थियो। त्यसैले नेकपाका केही नेताले संसद्‍मा कांग्रेसको ‘असंसदीय चरित्र देखाउन’कै लागि पनि सुचारु गर्नुपर्ने बताएका थिए। सदन सुचारु गर्न जाँदै गर्दा पनि सभामुख महरालाई एक नेकपा नेताले सचेत गराएका थिए, ‘प्रधानमन्त्रीले सम्बोधन गर्नुअघि ढ्याप-ढ्याप गरेर कसैले समय माग्लान्। तपाईंको दिइहाल्ने बानी छ। प्रधानमन्त्री बोल्नुअघि कसैलाई बोल्न नदिनुहोला।’ 

Ncell 2
Ncell 2

प्रतिपक्षी दलको असहमतिका बाबजुद सभामुख महराले सम्बोधनका लागि प्रधानमन्त्री ओलीलाई समय दिए। आफ्ना माग पूरा नभएको भन्दै कांग्रेस आक्रामक भएर रोष्ट्रम घेर्न पुग्यो। सभामुख महराले रुलिङको प्रयास गरे तर प्रयास असफल रह्यो। त्यसपछि उनले एक दिनका लागि बैठक नै स्थगित गरे। 

प्रतिनिधिसभामा बोल्न नपाएका प्रधानमन्त्री ओली सिधै सिंहदरबारस्थित संसदीय दलको कार्यालय पुगे। त्यहाँ केही नेतासँग सल्लाह गर्दै आफ्ना कुरा राख्न पत्रकार सम्मेलन गर्ने विषयमा सूचना प्रवाह गर्न निर्देशन दिए। 

नेकपा नेताका अनुसार प्रधानमन्त्री बेलायत भ्रमणमा रहेका बेला गुठी विधेयकमाथि भइरहेको विरोधलाई उनी सम्बोधन गर्न चाहन्थे। विशेषगरी संस्कृतिसँग जोडिएका दफाका विषयमा धर्म संस्कृतिमाथि धावा बोल्ने आफ्नो पार्टीको नियत नरहेको बताउन चाहन्थे। बेलायत भ्रमणका उपलब्धि पनि उनी प्रस्तुत गर्न खोजिरहेका थिए। 

बेलायतबाट फर्केलगत्तै गुठी विधेयकका सम्बन्धमा पछि हट्ने संकेत प्रधानमन्त्री ओलीले गरिसकेका थिए। त्यसपछि उपत्यकाका सांसदसँग उनले छलफल गरिसकेका थिए। मंगलबारको सम्बोधनमा आन्दोलनरतलाई आश्वस्त पार्न चाहन्थे। 

दुबैको संसदीय राजनीतिको प्रतिष्पर्धा पनि यहीँनेर भइरहेको थियो। प्रधानमन्त्रीले यो विषयमा सम्बोधन गर्न सक्ने चाल प्रतिपक्ष दल नेपाली कांग्रेसले पाइसकेको थियो। त्यसैले यसैसँग जोडेर प्रधानमन्त्री बोल्नुअघि प्रश्न गर्न चाहन्थ्यो। आफूले संसदमा प्रश्न गरेका कारण ओली पछि हट्न बाध्य भएको सन्देश दिने रणनीति कांग्रेसको थियो। 

कांग्रेसले प्रधानमन्त्रीभन्दा पहिले बोल्न अड्डी कस्नुका पछाडि कुनै स्वार्थ रहेको नेकपा नेताहरुले बुझिसकेका थिए। त्यसकारण प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बोल्न दिन कुरा त परै जाओस् बीचमा कुनै सांसदलाई प्रश्न गर्न समेत नदिने रणनीति बनाइसकेको थियो।

सत्ता र प्रतिपक्षी दुवैले संसदमा राजनीति गर्ने दाउ खोज्दा संसद् अवरुद्ध भयो। रोष्ट्रमबाट बोल्न नपाएका कुरा प्रधानमन्त्री ओलीले बेलुकी पाँच बजे बालुवाटारबाट पत्रकार सम्मेलनमार्फत् प्रस्तुत गरेका छन्। 

संसदको कार्यसूची विपरीत गएर प्रमुख प्रतिपक्ष दल कांग्रेसले प्रधानमन्त्री ओलीलाई प्रतिनिधिसभा बैठकमा बोल्न नदिएको सत्तारुढ दल नेकपाका संसदीय दलका उपनेता सुवाष नेम्बाङ बताउँछन्। संसदीय परिपाटीमा संसदको नेता, सत्तापक्षका नेता, प्रधानमन्त्रीलाई बोल्नका लागि समय उपलब्ध हुने उल्लेख गर्दै तर बोल्नका लागि रोष्ट्रममा पुगेका प्रधानमन्त्रीलाई बोल्न नदिइएको भन्दै असन्तुष्टि जनाए। पूर्व सभामुख समेत रहेका उनले भने, ‘हाम्रो संसदीय प्रणालीअनुसार प्रधानमन्त्रीले बोल्नका लागि समय माग गर्नु भएको हो, सभामुखले उहाँलाई बोल्नका लागि समय दिनु भएको हो, समय दिइए अनुसार रोष्ट्रममा बोल्न जाँदा उहाँले बोल्न पाउनु भएन। यसबारे सबैले निधार खुम्च्याएर सोचौं।’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँण भने सदनभित्र प्रतिपक्षी दलको अभिव्यक्ति स्वतन्त्रता कायम हुन नसकेको आरोप लगाउँछन्। उनले प्रतिपक्षी दललाई बोल्न नदिने प्रवृत्ति बढ्दै गएको दाबी गरे। उनले भने, ‘सदन भित्र अभिव्यक्ति स्वतन्त्रता कायम हुनुपर्यो। दलको नेताले सदनमा बोलने कार्यक्रम राखेको थियो। सभामुखले बोल्ने समय उपलब्ध गराउनु भएन। जबरजस्ती हामीले बोल्छु भन्दाभन्दै माननीय प्रधानमन्त्रीलाई बोलाउनुभयो। दलका नेताले बोलेपछि प्रधानमन्त्रीले बोलेको भए सुल्टो  पनि हुन्थ्यो । हाम्रो त्यसमा सहमति थिएन र विरोध गर्यौ।’

समाजवादी पार्टी नेपालका संघीय अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले सत्तापक्ष र प्रतिपक्ष दुवै गैह्रजिम्मेवार भएको टिप्पणी गर्छन्। उनी भन्छन्, ‘गैह्र जिम्मेवार व्यवहार ठान्दछु म। सत्तापक्ष प्रतिपक्ष दुवैको। प्रक्रियागत रुपमा कसले अगाडि बोल्ने र कसले पछाडि बोल्ने भन्ने विषयमा बहुमूल्य समय खेर फाल्नु जनताको अभिमतको दुरुपयोग हो।’

तस्बिरः रासस

प्रकाशित मिति: मंगलबार, असार ३, २०७६  १८:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
४२ सयले घट्यो सुनको मूल
बैतडी जन्ती बस दुर्घटना : पुर्चाैडी नगरपालिकाले दियो शोक बिदा
सामाजिक सञ्जाल विधेयक फिर्तासम्बन्धी प्रस्ताव राष्ट्रिय सभामा प्रस्तुत हुँदै
सम्बन्धित सामग्री
ढुक्क हुनुस् चुनाव एकै दिनमा हुन्छ : प्रधानमन्त्री कार्की उनले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न निर्वाचन आयुक्तको भुमिका प्रसंशनीय रहेको भन्दै धन्यावाद स... बिहीबार, माघ २२, २०८२
कांग्रेसले कसैसँग चुनावी गठबन्धन नगर्ने बिहीबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रवक्ता देवराज चालिसेले पार्टीले सबै क्षेत्रमा आफ्नो उम्मेदवार उठाइसकेको... बिहीबार, माघ २२, २०८२
प्रधानमन्त्री कार्की र ओलीबीच छलफल करिब दुई घण्टा चलेको उक्त छलफलमा समसामयिक राजनीतिक परिस्थिति र निर्वाचनसम्बन्धी विषयवस्तुमा केन्द्रित रहेर संवाद भएको जनाइएको छ। बिहीबार, माघ २२, २०८२
ताजा समाचारसबै
४२ सयले घट्यो सुनको मूल शुक्रबार, माघ २३, २०८२
बैतडी जन्ती बस दुर्घटना : पुर्चाैडी नगरपालिकाले दियो शोक बिदा शुक्रबार, माघ २३, २०८२
सामाजिक सञ्जाल विधेयक फिर्तासम्बन्धी प्रस्ताव राष्ट्रिय सभामा प्रस्तुत हुँदै शुक्रबार, माघ २३, २०८२
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य शुक्रबार, माघ २३, २०८२
घाँटीमा सिरिन्ज रोपेर झापामा एकजनाको हत्या शुक्रबार, माघ २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुनको मूल्य घट्यो बिहीबार, माघ २२, २०८२
विनितालक्षित ज्ञानेन्द्र शाहीको जवाफ– मेरो उम्मेदवारी कुनै पार्टी र व्यक्तिका विरुद्धमा होइन बिहीबार, माघ २२, २०८२
घाँटीमा सिरिन्ज रोपेर झापामा एकजनाको हत्या शुक्रबार, माघ २३, २०८२
जेनजी आन्दोलनमा सिंहदरबार आगजनी गर्ने चितवनका महेन्द्र गौतम पक्राउ बिहीबार, माघ २२, २०८२
बुढानीलकण्ठमा श्रोत नखुलेको १८ लाख ५० हजार रुपैयाँसहित एक जना पक्राउ बिहीबार, माघ २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इरानका सात सहरमा विस्फोट, पाँचको मृत्यु, १४ जना घाइते आइतबार, माघ १८, २०८२
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
सुनको मूल्य घट्यो बिहीबार, माघ २२, २०८२
दीपेन्द्र र आरिफको अर्धशतकमा यूएईविरुद्ध सात विकेटको जित मंगलबार, माघ २०, २०८२
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्