काठमाडौं– प्रतिनिधिसभामा कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित भएका रेशम चौधरीले निर्वाचनमा विजयी भएको प्रमाणपत्र नपाउने भएका छन्। टीकापुर घटनाका मुख्य अभियुक्त भनी वारेन्ट जारी भएपछि फरार रहेका चौधरीले वारेस मार्फत विजयी भएको प्रमाणपत्र लिन नपाउने भएका हुन्।
सर्वोच्च अदालतले अदालत प्रशासनले वारेसमार्फत प्रमाणपत्र पाउँ भनी दिएको रिट दरपीठ गरेको निर्णयलाई सदर गर्ने आदेश सुनाएपछि उनले वारेस मार्फत् प्रमाणपत्र लिन नपाउने भएका हुन्।
न्यायाधीश टंकप्रसाद मोक्तानको एकल इजलाशले सर्वोच्च प्रसासनको रिट दर्ता गर्न अस्वीकार गर्ने निर्णयलाई कानुन सम्बत् ठहर गरेको छ।
कर्तव्य ज्यान मुद्दामा अदालतबाट ‘वारेन्ट नोटिस’ जारी भएको व्यक्तिले वारेसबाट प्रमाणपत्र लिन पाउनुपर्ने भन्दै दर्ता हुन आएको मुद्दा सुनुवाई गर्न नसकिने भन्दै रिट नै दर्ता गर्न अस्वीकार गरेपछि चौधरीको वारेस मार्फत विजयी भएको प्रमाणपत्र पाउने आशा टुंगिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।