फाइल तस्बिर
काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद योगेशकुमार भट्टराईले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिनिधिसभा बैठकमा बोल्न नदिएकोमा आपत्ति जनाएका छन्।
सांसद भट्टराईले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा बैठकमा बोल्न नदिएर काँग्रेसले संसदीय व्यवस्था माथिनै धावा बोलेको दाबी समेत उनको थियो।
काँग्रेसले प्रधानमन्त्रीले बोल्नुअघि प्रतिपक्ष दलका नेताले बोल्न पाउनुपर्छ भनेर संसदमा अनैतिक कुरा गरेको सांसद भट्टराईको दाबी छ।
'आफूलाई संसदीय व्यवस्थाको पर्याय ठान्ने काँग्रेसले प्रधानमन्त्रीलाई संसद्मा बोल्न नदिएको यो घटना नेपालको संसदीय इतिहासकै निन्दनीय घटना भएको छ,' उनले भने, 'संघीय संसद भवन परिसरमा संचारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सांसद भट्टराईले जनसरोकारका विभिन्न विषयमा सरकारको पोजिसन स्पष्ट पार्न रोष्ट्रममा पुगेका प्रधानमन्त्रीलाई बोल्न नदिएर, संसद चल्न नदिएर काँग्रेसले निन्दनीय काम गरेको छ।'
सांसद भट्टराईले प्रधानमन्त्रीले बोलेपछि प्रतिपक्ष दलका नेतालाई बोल्न दिने सभामुखले भनिरहँदा पनि काँग्रेसले नमान्नु अनैतिक कुरा भएको उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।