काठमाडौं- पूर्वप्रधानमन्त्रीसमेत रहेका संघीय समाजवादी पार्टी नेपाल संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले जनताको अभिमतको दुरुपयोग भएको बताएका छन्।
प्रतिनिधिसभा बैठक अवरुद्ध भएपछि संक्षिप्त प्रतिक्रिया दिँदै डा भट्टराईले जनताको हितमा सर्वोत्तम अभ्यास गर्ने थलो संसद् भएकाले कसले अगाडि बोल्ने भन्ने विषयमा बैठक अवरुद्ध गर्दा जनमतको कदर नभएको प्रतिक्रया दिएका हुन्। उनले सत्ता पक्ष र प्रतिपक्ष दुवै गैह्र जिम्मेवार भएको समेत टिप्पणी गरे।
'म गैह्र जिम्मेवार व्यवहार ठान्दछु, म सत्तापक्ष प्रतिपक्ष दुवैको। प्रक्रियागत रुपमा कसले अगाडि बोल्ने र कसले पछाडि बोल्ने भन्ने विषयमा बहुमुल्य समय खे/ फाल्नु जनताको अभिमतको दुरुपयोग हो,' उनले भने, 'म चाँहि यसको तीव्र भर्त्सना गर्दछु।'
राष्ट्रिय जनता पार्टीका सांसद लक्षमणलाल कर्णले संसदमा प्रतिपक्षी दलको आवाजलाई कुण्ठित गर्न नहुने बताए।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण मंगलबारको प्रतिनिधिसभा बैठक स्थगित भएपछि संघीय संसद भवनमा संचारकर्मीसंग प्रतिक्रिया दिँदै उनले विपक्षी दलले समय मागेपछि उपलब्ध गराईनुपर्ने बताए।
प्रमुख प्रतिपक्षी दलले ढ्याप ढ्याप गरिसकेपछि सभामुखले उसको कुरा सुन्नुपर्ने तर्क उनले गरे। संसदमा प्रतिपक्षी दलको आवाजलाई कुण्ठित गर्नु नहुने भन्दै उनले संसद सधै ‘प्रतिपक्षी दलको हो ’भन्ने मान्यतालाई पनि नबिर्सन आग्रह गरे।
'प्रतिपक्षीले ढ्याप-ढ्याप गरेपछि किन ढ्याप-ढ्याप गरे भनेर त्यो कुरा सभामुखले सुन्नुपर्ने थियो। नसुनेको कारणले गर्दा संसको अवस्था यस्तो भयो। रोष्टम घेरियो। स्थगित पनि भयो,' उनले भने, 'प्रधानमन्त्रीले मात्रै बोल्ने संसदीय अभ्यास होइन। कुनै बेला दमननाथ ढुंगानाले संसद प्रतिपक्षीको हो भन्ने पनि रुलिङ गरेका थिए। त्यसलाई पनि हामीले आफ्नो परम्परामा लिनुपर्छ। बोलिसकेपछि के हो त्यो जवाफ दिने सयम प्रधानमन्त्रीलाई छदै थियो नि। प्रतिपक्षीको आवाजलाई कुण्ठित गर्नु हुदैन।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।