ललितपुर-यातयात व्यवस्था कार्यालय सुकेधाराका दुई कर्मचारी घुससहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कार्यालयका नायव सुब्बा यादव पौडेल र खरिदार सुमन पोखरेललाई २५ हजार घुससहित पक्राउ गरेको हो।
साउदी अरब र कतारको लाइसेन्सलाई नेपालीकरण गर्न घुस लिने क्रममा नासुको कार्यकक्षबाटै उनीहरुलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ। उनीहरुसँगै दलाल अशोक कार्की पनि पक्राउ परेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।