काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा निर्वाचन सम्बन्धी अध्यादेशको विषयमा संघीय समाजवादी फोरमका शीर्ष नेतासँग छलफल गरेकी छिन्।
राष्ट्रपतिसँग भेट गर्न संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव र नेता राजेन्द्र श्रेष्ठ शितल निवास पुगेका थिए।
आइतबार बिहान राष्ट्रपति भएको भेटमा अध्यादेश विवादसँगै देखिएको राजनीतिक गतिरोध अन्त्य गर्ने विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ।
भेटमा राष्ट्रपति भण्डारीले अध्यादेशमा देखिएको विवाद समाधान गरेर अगाडि बढ्न आग्रह गरेकी थिइन्।
अध्यादेशमा सहमति जुटाउन नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रसँग छलफल गरिरहेकी राष्ट्रपति भण्डारीले मधेश केन्द्रित दलसँग पनि संवाद अगाडि बढाउएकी हुन्।
सरकारको नेतृत्वकर्ता दल कांग्रेसले अध्यादेश तत्काल प्रमाणीकरण हुनुपर्ने अडान राख्दै आएको छ। एमाले र माओवादी केन्द्रले भने अध्यादेश असंवैधानिक रहेको निष्कर्ष निकाल्दै तत्काल नयाँ सरकार गठनको मार्ग प्रशस्त गर्न प्रधानमन्त्री देउवालाई आग्रह गर्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।