भरतपुर– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताबाट पछाडि फर्कने कुनै विकल्प नरहेको बताएका छन्। चितवनको भरतपुरमा वाम बुद्धिजीवीहरुले आयोजना गरेको कार्यक्रममा अध्यक्ष दाहालले निर्वाचनअघि नै पुल भत्काएर अगाडि बढेकाले एकता प्रक्रियाबाट पछि फर्किएर जाने ठाउँ समेत नराखिएको बताए।
'पार्टी एकताको प्रक्रिया गम्भिरता पूर्वक अगाडि बढाइएको छ। एमालेसँग पनि पार्टी एकता टुंग्याउने ढंगले कुरा बढेको छ,' दाहालले भने, 'पछि फर्कने ठाउँ हुन्छ भनेर दुवै पार्टीका अध्यक्षले पुल भत्काएर एकतामा एकैचोटि हामफालेका छौं।'
पार्टी एकतापछि संगठन मिलाउन जटिलता हुन सक्ने भए पनि त्यसका लागि समेत विकल्प तयार रहेको दाहालले बताए। दाहालले भने, 'अगाडि जाने विकल्प छन् तर पछाडि फर्कने विकल्प छैन।’
सरकार गठन प्रक्रियामा केही विवाद देखिए पनि राजनीतिक सहमतिका आधारमा राष्ट्रियसभा गठन सम्बन्धी विवाद समाधान हुने दाहालको दाबी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।