काठमाडौं– भारतमा नाम चलेको ‘स्यानफोर्ट प्रि–स्कुल’ काठमाडौंमा सुरु भएको छ। काठमाडौंको विशालनगर मार्गमा स्थापना भएको स्यानफोर्र्ट प्रि–स्कुलको उद्घाटन प्रहरी अनुसन्धान ब्युरो (सिआइबी) प्रमुख डिआइजी पुस्कर कार्की र अभिनेत्री केकी अधिकारी र स्यानफोर्ट स्कुल समूहका प्रबन्ध निर्देशक एसके राठौरले संयुक्त रुपमा ले गरेका हुन्।
प्रि–स्कुल उद्घाटन कार्यक्रममा स्यानफोर्ट स्कुल समूहका प्रबन्ध निर्देशक राठौरले यस स्कुल मार्फत बेलायती अवधारणा अनुसार शिक्षा दिने बताए।
उनले भने, ‘भारतमा प्रिस्कुलमा सफल स्यानफोर्ट नेपालमा पनि सोही स्तरको शिक्षा दिनका लागि स्थापना गरिएको हो। यस स्कुलले प्रारम्भिक वर्षमा सिकाइमा आउने ग्यापलाई पूरा गर्नेछ।’
स्यानफोर्ट स्कुल समूहमा भारत, बंगलादेश र नेपालसहितका मुलुकमा १ सय ५० भन्दा बढी स्कुलको नेटवर्क छ। यसले ४० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्ड हात पारिसकेको छ।
स्कुलले निकट भविस्यमै अन्य धेरै शाखा सञ्चालन गर्ने योजना बनाएको स्यानफोर्ट फ्रेन्चाइज निर्देशकहरु विनोद श्रेष्ठ र सागर प्रजापतिले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।