• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक ९, २०८३ Mon, Oct 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

इतिहासदेखि नै कम्युनिस्टको सिको गर्दै कांग्रेस र देउवा

64x64
नेपाल लाइभ आइतबार, पुस ९, २०७४  १०:४०
1140x725

‘कम्युनिस्ट भन्ने बित्तिकै अधिनायकवादलाई जनाउँछ भन्ने बच्चालाई पनि थाहा छ।’

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो अन्तिम दिनको चुनावी भाषणमा यही वाक्य दोहोर्याएर अन्त्य गरेका थिए। यसअघिका भाषणमा देउवाले कम्युनिस्ट शासन आए ‘रुन पाइँदैन, हाँस्न पाइँदैन, पढ्न/लेख्न पाइँदैन’ भनेकै हुन्। यद्यपि, निर्वाचन अवधिभर देउवाले सबैभन्दा बढी दोहोर्‍याएको शब्द चाहिँ ‘अधिनायकवाद’ नै हो। यद्यपि पछिल्लो चुनावमा वाम गठबन्धनको भारी बहुमत आएको छ।

देउवा लगायत कांग्रेस नेताले ‘कम्युनिस्टले अधिनायकवाद ल्याउँछन्। निरंकुश हुन्छन्’ भनेर आरोप लगाउनु एउटा कुरा हो। तर, इतिहासदेखि वर्तमानसम्मका तथ्य अध्ययन गर्दा विल्कुल त्यस्तो पाइँदैन। बरु के भेटिन्छ भने, जहाँनिया राणा शासन ढाल्ने संघर्षमा होस् वा निरंकुश पञ्चायती दमन विरुद्धको लडाइँमा नेपाली कांग्रेसले कम्युनिस्टहरुबाटै सिको गरेर सिद्धान्त र संघर्ष विकसित गरेका घटना प्रमाणित नै छन्। 

कांग्रेस र त्यसका नेता विश्वेश्वरप्रसाद कोइरालाले कम्युनिस्टहरुबाट कसरी सिको सुरु गरेका थिए? र, अहिलेसम्म कांग्रेसले कसरी कम्युनिस्टहरुबाट ‘नक्कल’ गरिरहेका छन् भन्ने तथ्य अध्ययन गर्नुअघि प्रधानमन्त्री देउवाको चरित्रबारे थोरै स्पष्ट हुन इतिहासतिर फर्कौं। 

०२७ साल वैशाख ७ मा गौशाला राममन्दिर पछिल्तिरको पाटीमा कांग्रेस निकट विद्यार्थीहरु जम्मा भई संगठनको विधान, झन्डा, नाम पारित गरे। विधान, झन्डा, नाम पारित भएसँगै विधिवत् रुपमा नेपाल विद्यार्थी संघ (नेविसंघ) को जन्म भयो। ८० जना केन्द्रीय प्रतिनिधिको रोहवरमा सम्पन्न निर्वाचनमा विपिन कोइराला र मार्शल जुलुम शाक्यबीच प्रतिस्पर्धा थियो। अन्ततः कोइराला अध्यक्ष निर्वाचित भए। नेविसंघको पहिलो कार्यसमितिमा ३ जना मनोनितसहित २१ जना पदाधिकारी निर्वाचित भएका थिए। संयोग, देउवा त्यो कार्यसमितिमा निर्वाचित हुन सकेनन्।

नेविसंघ स्थापना भएको १ वर्ष ४ महिनापछि ०२८ साल भदौ २८ मा चितवनको नारायणी नदी तटमा विघटित संसदीय सरकारका उपमन्त्री जवानसिंह गुरुङले नेविसंघको दोस्रो राष्ट्रिय महाधिवेशन उद्घाटन गरे। यस महाधिवशेनबाट देउवा अध्यक्ष चुनिए। ०२८ साल भदौमा अध्यक्ष चुनिएका देउवाले ०३६ साल फागुन २९ सम्म तेस्रो महाधिवेशन गराउन जरुरी ठानेनन्। 

यसबीचमा एउटा ठूलो राजनीतिक परिघटना भयो। ०३५ साल चैत २२ मा (१९७९ अप्रिल ४) पाकिस्तानी भूतपूर्व प्रधानमन्त्री जुल्फिकर अली भुट्टोलाई त्यहाँको समय अनुसार बिहान २ बजे रावलपिण्डीको जेलमा फासी दिइयो। भुट्टोको फासी विरुद्ध नेपालमा विद्यार्थी आन्दोलनको सूत्रपात भयो। आन्दोलनमा सहभागी विद्यार्थीमाथि सरकारले चर्को दमन गर्यो। नेविसंघका नेताहरु बलबहादुर केसी र गोपाल पराजुली (हाल प्रधानन्यायाधीश) पक्राउ परे। तर, पनि देउवाले भुट्टोको फासी र नेपालको पञ्चायती निरंकुशता विरुद्ध आन्दोलन चर्काउन आनाकानी गरे।

यसैबीच, विद्यार्थी आन्दोलनलाई अघि बढाउन ०३५ साल चैत्र २७ मा ९ जनाको केन्द्रीय संघर्ष समिति गठन गरियो। यस समितिमा नेविसंघका तर्फबाट बलबहादुर केसी, बेनुप प्रसाईं र शिव भुर्तेल  लगायत सदस्य रहे। यही समितिले निरंकुश शासन विरुद्ध आन्दोलनको दुन्दुभी जगायो। र, ०३६ साल जेठ २ मा तत्कालीन राजा वीरेन्द्र जनमत संग्रह घोषणा गर्न बाध्य भए। जनमत संग्रहको घोषणापछि कांग्रेसले बहुदलको पक्षमा जनमत ल्याउन नेविसंघको नयाँ तदर्थ समिति निर्माण गर्‍यो। जसको कार्यवाहक अध्यक्ष केसी चुनिए। उनै केसीले ०३६ साल फागुन २९ र ३० मा जनकपुरमा तेस्रो महाधिवेशन गराए। र, विमलेन्द्र निधि अध्यक्ष बने। भलै, महाधिवेशनसम्म केसी कार्यवाहक अध्यक्ष भएका भए पनि मानार्थ अध्यक्ष देउवा नै थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

स्मरण यो पनि रहोस् कि, ०२२ सालमा तत्कालीन कम्युनिस्टहरुले विद्यार्थीलाई आफ्नो संगठनमा आबद्ध गर्नुपर्छ भन्ने मान्यतामा ‘अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)’ गठन गरे। त्यसैको सिको गरेर ५ वर्षपछि ०२७ सालमा नेपाली कांग्रेसले नेपाल विद्यार्थी संघको स्थापना गरेको हो। 

तत्कालीन राजदरबारका सैनिक सचिव तथा रथी विवेककुमार शाहले ०६७ पुसमा प्रकाशित आफ्नो पुस्तक ‘मैले देखेको दरबार, सैनिक सचिवको संस्मरण’को ३०६ र ३०७ पृष्ठमा लेखेका छन् ‘आजको जाहेरीमा सरकार र प्रधानमन्त्रीबीच धेरै लामो राजनीतिक अन्तरक्रिया भयो। सरकारबाट प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्न सल्लाह बक्स्यो। प्रधानमन्त्रीले सरकारको सुझाव स्वीकार गर्नुभयो।

रातको १० बजिसकेको थियो। प्रधानमन्त्रीको सिफारिसमा प्रतिनिधिसभा विघटन गर्ने घोषणा (चुनावको मितिसहित) हामीले तयार पार्यौं। त्यो घोषणा गर्नका निम्ति प्रधानमन्त्रीले सरकारमा सिफारिस गरेको पत्रसमेत दरबारमै लेखियो। प्रधानमन्त्री खाली लेटरप्याड लिएर दरवार आउनु भएको थियो। राति नै प्रधानमन्त्रीको कार्यालयबाट छाप समेत मगाइयो। सिफारिस गरेको पत्रमा प्रधानमन्त्रीको हस्ताक्षरपछि सरकारबाट राति ११ बजे प्रतिनिधिसभा विघटन गरिबक्स्यो। प्रतिनिधिसभा विघटनको शुभ साइतका लागि दरवारको सचिव बैठकपछि राजज्योतिषीसँग समेत सल्लाह भएको थियो। ज्योतिषीको सल्लाह अनुसार पनि प्रतिनिधिसभा विघटनको घोषणा राति ११ बजे गर्नुपरेको थियो।’ 

०५९ जेठ ८ मा तत्कालीन प्रधानमन्त्री देउवाले प्रतिनिधिसभा दरबारको पाउमा लगेर विघटन गरेका थिए। त्यसपछि नेपाली जनताले पुनः प्रजातन्त्रको निर्वाध उपभोग गर्न ०६२/०६३ मा दोस्रो जनआन्दोलन गर्नुपर्‍यो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

देउवाबारे यति लामो भूमिका किन खुलाउनुपरेको हो भने, यसले उनको चारित्रिक चित्र देखाउँछ। जसले नेविसंघको अध्यक्ष भएको ८ वर्षसम्म अरुलाई नेतृत्व हस्तान्तरण गरेनन्, जसले निरंकुशता विरुद्धको आन्दोलन उठाउने जोश निकाल्न सकेनन्, जसले मध्य राति दरवारमा लगेर प्रजातन्त्रको बली चढाए, तिनै देउवा र कांग्रेस अहिले कम्युनिस्ट हाउगुजीबाट भयभित भइरहेका छन्।

स्थानीय निर्वाचनबाट सबैभन्दा ठूलो दल बनेको नेकपा एमाले र तेस्रो दल माओवादी केन्द्रले असोज १७ मा राजधानीको राष्ट्रिय सभागृहमा बाम गठबन्धनको घोषणा गरे। त्यसैको भोलिपल्ट असोज १८ मै कांग्रेसले पनि लोकतान्त्रिक गठबन्धन बनाउने भन्दै संघीय समाजवादी फोरमका उपेन्द्र यादव, राष्ट्रिय जनता पार्टीका महन्थ ठाकुर, लोकतान्त्रिक फोरमका विजय गच्छेदार, राप्रपा प्रजातान्त्रिकका पशुपति शमशेर जबरा, राप्रपाका कमल थापालगायतसँग छलफल गरे।

यो संयोग मात्र थिएन कि, वामहरुले गठबन्धन गरेपछि मात्र त्यसको सिको गर्दै भोलिपल्टै कांग्रेस लोकतान्त्रिक गठबन्धनको सारंगी रेट्न पुगेको थियो। त्यसबेला कांग्रेस गणहरुको आत्तिएको मुहार र हतासोबाट प्रस्टै बुझ्न सकिन्छ, वामहरुले गठबन्धन गरेकैले त्यसको सिको गर्दै कांग्रेस लोकतान्त्रिक गठबन्धन बनाउन अग्रसर भएको थियो। वाम गठबन्धन हुनुअघि उसले त्यो कुरा ख्याल गरेकै थिएन। विजय गच्छदारसँग तत्काल एकता भयो। प्रधानमन्त्री निवासमा भएको एकता घोषणामा गच्छेदारले त्यो अन्तर्य लुकाएनन् पनि। उनले प्रस्टै भनिदिए, ‘वामहरुले गठबन्धन नगरेको भए हाम्रो एकता यति छिट्टै नहुन सक्थ्यो।’

जहाँ–जहाँ आफ्ना चुनावीसभा हुन्छ, त्यहाँ–त्यहाँ अहिले नेपाली कांग्रेसले चुनावी गीत गाउँदै कलाकारहरुलाई मञ्चमा नचाउँछ। पुराना कांग्रेस र इतिहास नियाल्नेहरुलाई पक्कै याद छ, ०४८ र ०५१ सम्मका चुनावमा कांग्रेसले न त चुनावी गीत नै बनाउँथ्यो न त मञ्चमा कलाकार नै नचाउँथ्यो। कांग्रेसका कार्यक्रमहरु केवल भाषणले भरिएका सुक्खा हुन्थे। कम्युनिस्टहरुले भने भूमिगत कालदेखि नै ‘जनवादी कलाकार’ उत्पादन गरी कार्यक्रम सुरु हुनुअघि वा सकिएपछि सर्वसाधारणको मन–मुटु छुने गीत गाउँदै हिँड्थे। खुला भएपछि पनि कम्युनिस्टहरुले त्यही शैली अपनाए। यसपछि कांग्रेसले त्यही सिको गरेर चुनावी गीत रच्न थाल्यो। मञ्चमा कलाकार लगेर नचाउन थाल्यो। एमाले–माओवादीको सिको गरेको कांग्रेसले यस पटक पनि घोषणा पत्रभन्दा पहिले चुनावी गीत तयार पारेको थियो। त्यस्ता गीत गाउन नसक्ने सभामा पछिल्ला दिनमा कुटुमा कुटु गीत गाएर भए पनि कांग्रेसले दर्शकलाई मनोरञ्जन दिने प्रयास गरेको देखिएकै छ।

खुला राजनीतिक सांगठनिक नीति अँगालेपछि एमालेले विभिन्न विभाग बनायो। उदाहरणका लागि शिक्षा, पर्यटन, सहकारी, जलस्रोत आदि आदि। यसपछि कांग्रेसले पनि त्यही सिको गरेर विभाग बनाउन सुरु गरेको हो। कांग्रेसमा यतिबेला डेढ दर्जन विभाग छन्। ०६३ असोजमा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले १८औं अधिवेशन गरी प्रतिनिधिहरु मार्फत् मतदान गरेर नेतृत्व छनोट सुरु गरेको थियो। प्रतिनिधिहरुको मत मार्फत लोकतान्त्रिक अभ्यास गरी अनेरास्ववियुको पहिलो अध्यक्ष ठाकुर गैरे निर्वाचित भए। आफूलाई लोकतान्त्रिक दाबी गर्ने कांग्रेसको भगिनी संगठन नेविसंघले यसको धेरैपछि मात्र प्रतिनिधिहरुको मत मार्फत नेतृत्व छनोट गर्यो। त्यसअघि पोखरामा हुँदै गरेको नेविसंघको महाधिवेशनमा लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व छनोट गर्न अग्रसर हुनुको साटो प्रतिनिधिहरुले मतदानको माग गरेपछि कांग्रेसले अधिवेशन नै स्थगित गर्यो। 

एमालेले आठौं महाधिवेशनबाटै लोकतान्त्रिक अभ्यास गरेको थियो। कांग्रेसले एमालेको देखासिखीपछि मात्र यस्तो अभ्यास सुरु गर्यो। कम्युनिस्ट पार्टीले ००८ सालमै अखिल नेपाल किसान संघ, अखिल नेपाल महिला संघ स्थापना गरेका थिए। उनीहरुले ०१२/०१३ सालमा किसान संघलाई अघि सारेर ‘सामन्तहरु विरुद्ध संघर्ष’ गरेका थिए। मोहियानी हकको कुरा सबभन्दा पहिले अखिल नेपाल किसान संघले नै उठाएको थियो। यसपछि मात्र कांग्रेसले किसान संघ, तरुण दल, महिला संघ गठन गरेको थियो।

त्यसो त ००७ सालमा राणा शासन विरुद्ध हतियारबद्ध आन्दोलन गर्न पनि कांग्रेस र बिपीले गान्धीवादको अनुशरण गरेका थिएनन्। कांग्रेसले गान्धीबाट सिको गरेको हुन्थ्यो भने राणा शासन हटाउन हतियार उठाउने थिएन। किनभने गान्धीले भारतबाट ब्रिटिसहरुलाई हतियारबद्ध आन्दोलन गरेर खेदेका थिएनन्। चीनमा माओले अघि सारेको हतियार युद्धकै सिको गरेर कांग्रेसले राणाहरु विरुद्ध सशस्त्र संघर्ष गरेको थियो। ०३१ साल मंसिर अन्तिम दिनको टिम्बुरबोटे काण्डपछि मात्र कांग्रेसले हतियार उठाउने सशस्त्र संघर्षको कम्युनिस्ट सिको त्यागेको हो। उसो त कांग्रेस हुनुअघि बिपी आफैं कम्युनिस्ट विचारधाराबाट प्रभावित थिए। 

कतिसम्म भने बिपीले कांग्रेसको विचारधारा प्रजातान्त्रिक पछिको समाजवाद (प्रजातान्त्रिक समाजवाद) शब्द रुसी कम्युनिस्ट नेता भ्यादिमिर इलिच लेनिनको दर्शनबाट प्रभावित भएर सापटी लिएका हुन्। बिपीको उद्देश्य के देखिन्छ भने, विचारधारमा समाजवाद राखेपछि कम्युनिस्ट हुन लागेका मान्छेलाई पनि आफैंसँग अड्याउन सकिन्छ। 

०१७ साल वैशाख २५–३१ मा काठमाडौंको लक्ष्मी निवासमा सातौं महाधिवेशन गरेको कांग्रेसले ०४८ साल फागुन १–३ मा झापामा आठौं महाधिवेशन गरेको इतिहास छ। ३१ वर्षसम्म महाधिवेशन नगर्ने कांग्रेस अधिनायकवाद शब्दबाट जनता तर्साइरहेको छ। 

आलोपालो सहमति पालना नगरेको भन्दै माओवादी अध्यक्ष पुष्पकमल दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीको सरकार त्यागेर कांग्रेससँग सहकार्य गरे। तर, एमालेले लामो समयसम्म सरकार फेर्ने संवैधानिक प्रावधान नै नभएको भनेर जिकिर गर्यो। यतिखेर कांग्रेस र देउवा त्यसकै सिको गर्दै राष्ट्रियसभा गठन नभई सरकार गठन हुन नसक्ने दाबी गरिरहेका छन्।

प्रकाशित मिति: आइतबार, पुस ९, २०७४  १०:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पहिरोले खप्त्याडको प्रवेशद्वार बन्द, मुख्यमन्त्रीद्वारा अनुगमन
कच्चा तेलको मूल्य प्रतिब्यारेल ११५ डलर पुग्यो: नेपालमा महँगी बढ्ने जोखिम
इलाममा सवारी साधन दुर्घटनामा चालकको मृत्यु
सम्बन्धित सामग्री
पहिरोले खप्त्याडको प्रवेशद्वार बन्द, मुख्यमन्त्रीद्वारा अनुगमन पहिरोका कारण खप्त्याड गाउँपालिकाको प्रवेशद्वार नै बन्द भएको स्थानीय दानबहादुर रावतले बताए । लामो समयदेखि सडक अवरुद्ध हुँदा स्थानीयवा... सोमबार, कात्तिक ९, २०८३
इलाममा सवारी साधन दुर्घटनामा चालकको मृत्यु देउमाई नगरपालिका–१ चमैतास्थित चौरीबजार जाँदै गरेको बोलेरो आफैँ अनियन्त्रित भई सडकबाट खसेको प्रहरीले जनाएको छ । सोमबार, कात्तिक ९, २०८३
कार्टुन सोमबार, कात्तिक ९, २०८३
ताजा समाचारसबै
पहिरोले खप्त्याडको प्रवेशद्वार बन्द, मुख्यमन्त्रीद्वारा अनुगमन सोमबार, कात्तिक ९, २०८३
कच्चा तेलको मूल्य प्रतिब्यारेल ११५ डलर पुग्यो: नेपालमा महँगी बढ्ने जोखिम सोमबार, कात्तिक ९, २०८३
इलाममा सवारी साधन दुर्घटनामा चालकको मृत्यु सोमबार, कात्तिक ९, २०८३
धनुषामा गाँजाको पुरिया बनाई बिक्री गर्ने दुईजना पक्राउ सोमबार, कात्तिक ९, २०८३
सीमान्तका आवाजलाई केन्द्रमा ल्याउँदै जुम्लामा साहित्य सम्मेलन सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कहाँ छन् रवि लामिछाने? आइतबार, कात्तिक ८, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु आइतबार, कात्तिक ८, २०८३
खगेन्द्रले स्वीकार गरेनन् विवादित अडियो : थप प्रमाण खोज्दै रास्वपा, अडियो परीक्षणको तयारी आइतबार, कात्तिक ८, २०८३
पाकिस्तानी खेलाडीको एनपीएल सहभागिता अन्योलमा आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्