काठमाडौं– मंगलबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक १२ बज्न लाग्दासम्म पनि सुरु हुन सकेको छैन।
बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ। आजको कार्यसूचीमा प्रधानमन्त्रीले सार्वजनिक महत्वको विषयमा वक्तव्य दिने उल्लेख छ। त्यसका लागि उनी संसद भवनमा पुगिसकेका छन्।
तर, प्रमुख प्रतिपक्षी दल कांग्रेसले आफ्नो दलको नेताले सुरूमै बोल्न पाउनुपर्ने माग राखेकोले बैठक सुरु हुन सकेको छैन। निष्कर्षका लागि चरण-चरणका छलफल भइरहेका छन्। सत्तापक्ष र प्रतिपक्षका मुख्य सचेतकहरूसँग सामूहिक र छुट्टाछुट्टै छलफल भइरहेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।