तुलसीपुर, दाङ – उपप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले तीन तहको निर्वाचनले राजनीतिक संक्रमणकालको अन्त्य भएको बताएका छन्।
नेपाल पत्रकार महासंघ, दाङले उनको सम्मानमा आयोजना गरेको बधाई ज्ञापन कार्यक्रममा उनले सो कुरा बताए।
मुलुकलाई सबै समस्याबाट मुक्त गर्दै संमृद्धितर्फ लैजानका लागि सबै दलहरु थप जिम्मेवार हुनुपर्ने उनको धारणा छ। उनले अबको तीन हप्तामा नयाँ सरकार गठन हुने र त्यो सरकारले मुलुकलाई समृद्धिको दिशामा लैजाने बताए।
उनले दाङलाई प्रदेश नं ५ को राजधानी बनाउन सम्भव नभए अहिलेको रुकुम, रोल्पा, प्यूठान, दाङ, बाँके र बर्दियाको छुट्टै प्रदेश बनाएर दाङलाई राजधानी बनाउन सकिने र यस विषयमा राजनीतिक नेतृत्वसँग छलफल भइरहेको बताए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।