म्याड्रिड– अल क्लासिको भिडन्तमा बार्सिलोनाले १० खेलाडीमा सीमित रियल म्याड्रिडलाई उसैको घरेलु मैदानमा ३–० ले पराजित गरेको छ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा बार्सिलोनाले १० मिनेट भित्र दुई गोलको अग्रता लिएको थियो।
५४ मिनेटमा लुइस सुआरेजको गोलमा बार्सिलोनाले पहिलो गोलको अग्रता बनाएको थियो।
रियलविरुद्ध पकड बनाउने क्रममा बार्सिलोनाले ६४ मिनेटमा दोस्रो गोलको अग्रता लिएको थियो। पाउलिन्होको हेडिङ डिबक्स भित्र डिफेन्डर डानी कार्भाहलले ६२ मिनेटमा हातले रोकेपछि बार्सिलोनाले पेनाल्टीको अवसर पाएको थियो। जसलाई लिओनल मेसीले गोलमा परिणत गरे। डानीले रातो कार्ड पाएका थिए।
एलिएक्स भिदालले इन्जुरी टाइमको तेस्रो मिनेटममा बार्सिलोनाका लागि तेस्रो गोल गरेका थिए।
त्यसअघि खेलको दोस्रो मिनेटमा रोनाल्डोले हेडिङमार्फत गोल गरेका थिए। तर, उनी बार्सिलोनाका डिफेन्डरभन्दा निकै अगाडि भएको भन्दै रेफ्रिले अस्विकार गरे।
हारपछि साबिक विजेता रियल म्याड्रिड बार्सिलोना भन्दा १४ अंकले पछि परेको छ। शीर्ष स्थानको बार्सिलोनाले १७ खेलबाट ४५ अंक जोडेको छ। चौथो स्थानको रियलको १७ खेलबाट ३१ अंक मात्र छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।