काठमाडौं– स्पेनिस लिगको सबैभन्दा प्रतिक्षित खेल ‘अल क्लासिको’ अन्तर्गत हाल सेन्टियागो बेर्नाबेउमा भइरहेको भिडन्तमा क्रिस्टियानो रोनाल्डोको गोललाई रेफ्रिले अस्विकार गरेका छन्।
चिरप्रतिद्वन्दी बार्सिलोना विरूद्धको खेलमा दोस्रो मिनेटमा रोनाल्डोले हेडिङमार्फत गोल गरेका थिए। तर, उनी बार्सिलोनाका डिफेन्डरभन्दा निकै अगाडि भएको भन्दै रेफ्रिले अस्विकार गरे।
रियल म्याड्रिडले खेल सुरु भएको दोस्रो मिनेटमा पाएको कर्नर किकमा पहिले कासेमिरोले हेडिङद्धारा बललाई ‘फ्लिक’ गरेका थिए। त्यही बल बार्सिलोनाको गोल पोस्ट नजिकै रहेका रोनाल्डोले गोलमा परिणत गरे। पहिलो हाफको खेल गोलरहित बराबरीमा समाप्त भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।