काठमाडौं– राष्ट्रिय खेलकुद परिषद्ले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण आयोजना गर्ने भएको छ।
परिषद्का सदस्य सचिव केशव विष्टका अनुसार प्रधानमन्त्री कप क्रिकेटको महिलातर्फको प्रतियोगिता पुसको अन्तिम साता कैलालीमा हुनेछ। महिला प्रतियोगिताको व्यवस्थापन जिल्ला खेलकुद विकास समिति कैलालीले गर्नेछ।
पुरुषतर्फको प्रतियोगिता भने फागुन पहिलो साता काठमाडौंमा हुनेछ। विष्टले दुवै प्रतियोगिताका लगि बजेट बिनियोजन गरिसकिएको बताए। पुरुषमा ८ टिमले भाग लिनेछन् भने महिलामा ६ टिमको सहभागिता हुनेछ।
पुरुषमा पाँच विकास क्षेत्र र तीन विभागीय टिम प्रतिस्पर्धा गर्नछन्। पुरुषतर्फको विजेतालाई २० लाख रुपैयाँ प्रदान गरिनेछ।
परिषदले आइतबारदेखि राखेप च्याम्पियनसिप गर्दैछ। च्याम्पियनसिपमा क्रिकेट समावेश छैन। यसर्थ परिषद्ले क्रिकेटका छुट्टै प्रतियोगिता स्वरुप प्रधानमन्त्री कपलाई निरन्तरता दिन लागेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।