म्याग्दी- ठुलो परिमाणको लागुऔषधसहित प्रहरीले बेनी नगरपालिकाबाट ६ जनालाई पक्राउ गरेको छ। शनिबार जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटिएको प्रहरी टोलीले लागु औषध बरामद गरी उनीहरुलाई पक्राउ गरेको हो।
म्याग्दीको बेनी नगरपालिकास्थित सार्वजनिक सडक बाटोमा पैदल हिडिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। उनीहरूको गतिविधि शंकास्पद देखिएकाले जाँचबुझ गरी पक्राउ गरिएको प्रहरीले उल्लेख गरेको छ। पक्राउ पर्नेमा जिल्ला म्याग्दी बेनी नगरपालिका-८, न्यूरोड बस्ने बर्ष २२ को रेजिना श्रेष्ठसहित अन्य ५ जना रहेका छन्।
उनीहरुका साथबाट प्रहरीले साथबाट लागूऔषध डाईजेपाम ८६ एम्पुल, फेनारागन ८६ एम्पुल र नुर्फिन ८६ एम्पुल गरि जम्मा २५८ एम्पुल, लागूऔषध प्रयोग गर्ने प्रयोजनार्थ प्रयोग गरिएको सिरिन्ज थान-१२, मोबाईल थान-०३ र नगद ५ हजार ३२० रुपैयाँ समेत बरामद गरेको छ।
उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
पक्राउ परेका व्यक्तिहरु
(१) जिल्ला म्याग्दी रघुगंगा गा.पा.वडा नं.०१ बेग बस्ने बर्ष २१ को निखिल फगामी।
२) जिल्ला म्याग्दी बेनी नगरपालिका वडा नं.०८ न्यूरोड बस्ने बर्ष २३ की रेजिना श्रेष्ठ ।
३) जिल्ला म्याग्दी मंगला गा.पा.वडा नं.०३ बरंजा बस्ने बर्ष २२ की सिता के.सी.।
४) जिल्ला म्याग्दी बेनी नगरपालिका वडा नं.०९ गलेश्वर बस्ने बर्ष २१ को राज कुमार शेरपुञ्जा
५) जिल्ला म्याग्दी बेनी न.पा.वडा नं.०८ बस्ने बर्ष २८ को बिजय बानियाँ ।
६) जिल्ला म्याग्दी रघुगंगा गा.पा.वडा नं.०६ घर भई हाल ऐ.बेनी न.पा.वडा नं.०७ मंगलघाट बस्ने बर्ष २० को प्रविण छन्त्याल ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।