काठमाडौं- आइतबार बिहान ११ बजे ३८ थान राहदानीसहित सुनसरी इटहरी उपमहानगरपालिका बस्ने ४५ वर्षीय विनोद खवास विराटनगर विमानस्थलबाट पक्राउ परेका छन्।
विमानस्थलबाट ३८ थान राहदानी काठमाडौं पठाउन लागेको अबस्थामा खवास पक्राउ परेका हुन्।
विराटनगर विमानस्थलमा खटिएको प्रहरी टोलीले खवाससँग राहदानी फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
थप अनुसन्धान तथा कारबाहीका लागि खवासलाई विराटनगर स्थित श्रम तथा रोजगार कार्यालयमा पठाइएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।