नयाँ दिल्ली (एजेन्सी)– मास्टर ब्लास्टर सचिन तेन्दुलकरले सक्रिय क्रिकेटबाट बिदा लिएको करिब ४ वर्ष बितिसकेको छ। तर, पनि पैसा कमाउने विषयमा उनले वर्तमान भारतीय खेलाडीलाई पनि पछि पारेका छन्।
नयाँ जानकारी अनुसार सचिनको वार्षिक आम्दानी नै भर्खरै भारतीय क्रिकेट टिमको कप्तानी छोडेका महेन्द्रसिंह धोनीभन्दा आकर्षक छ। उनी पैसा कमाउने विषयमा कप्तान विराट कोहलीभन्दा धेरै तल पनि छैनन्।
२०१७ मा भारतीय खेलाडीको वार्षिक कमाईको सूची फोर्ब्सले शुक्रबार सार्वजनिक गरेको थियो। जसमा सचिनको कमाई धोनीभन्दा २० करोड बढी छ। सचिनले यो वर्ष ८२ दशमलव ५० करोड कमाई गरेका छन्। धोनीको कमाई भने ६३ दशमलव ७७ करोड रहेको छ।
सबैभन्दा शीर्षस्थानमा विराट छन्। उनको यस वर्षको कमाई १ अर्ब ७२ लाख रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।