एजेन्सी- इङ्लिस प्रिमियर लिग फुटबलको पछिल्लो खेलमा आर्सनल र लिभरपुलले बराबरी खेल्दै अंक बाँडेका छन्।
आर्सनलको घरेलु मैदान इमिरेट्स स्टेडियममा भएको रोमाञ्चक खेलमा दुवै टोलीबाट ६ गोल भएको थियो। खेल खेल ३–३ गोलको बराबरीमा सकिएको थियो।
घरेलु टोली आर्सनलले दोस्रो हाफमा ६ मिनेटको अन्तरमा ३ गोल गर्दै खेलमा रोमाञ्चकता थप्ने काम गरेको थियो।
लिभरपुलले २६औं मिनेटमा काउटिन्होको गोलबाट अग्रता लिएको थियो। मोहमेद सलाहले ५३ मिनेटमा गोल गर्दै पाहुना टोलीलाई २–० को अग्रता दिलाएका थिए।
त्यसको एक मिनेटपछि एलेक्सिस सान्चेजले गोल गर्दै आर्सनललाई खेलमा फर्काउने कोसिस गरे। त्यसको तीन मिनेटपछि ग्रानिट हाकाले घरेलु टोलीलाई बराबरीमा ल्याए। ६ मिनेटको अन्तरमा तेस्रो गोल मेसुट ओजिलले गरे। ७१औं मिनेटमा लिभरपुलका रोर्बेटो फेरमिनोले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।
लिभरपुल १९ खेलबाट ३५ अंक जोड्दै तालिकाको चौथो स्थानमा छ। समान खेल खेलेको आर्सनल ३४ अंकसहित पाँचौ स्थानमा छ। शीर्ष स्थानको म्यान्चेस्टर सिटीको ५२ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।