• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

होसियार! यहाँ कोही पनि सुरक्षित छैन [भिडियोसहित]

यहाँ केवल सरकारका अरिंगालहरू मात्रै सुरक्षित रहन्छन्
64x64
नेपाल लाइभ आइतबार, असार १, २०७६  १२:२६
1140x725

केही दिनअघि बेलायतको अक्सफोर्ड युनियनमा मन्तव्य राख्दै प्रधानमन्त्रीले भन्नुभयो- देशलाई समृद्ध बनाउनका लागि अभिव्यक्ति स्वतन्त्रताको महत्त्व कति हुन्छ भन्ने मलाई राम्रोसँग थाहा छ। प्रधानमन्त्रीले पक्कै पनि यो बेलायतको बारेमा कुरा गर्नुभएको हो।

नेपालमा अभिव्यक्ति स्वतन्त्रताको हालत, सरकारले के गरिरहेको छ, हामी सबैलाई थाहा छ। शासकीय शैलीमाथि प्रश्न गरियो भनेर पशुपति शर्माको गीत बन्द गर्न लगाएको अस्तिमात्रै हो। सनातनदेखि चलिआएको संस्कृति संरक्षणको दायित्व बोकेको राज्यले गुठीलाई मासेर नेपालको सांस्कृतिक पहिचान र सम्पदा मास्ने षडयन्त्रका बारेमा बोल्ने मुख थुन्न लाठी र पानी फ्याँकेको त झन् अस्तिमात्रै हो।

'एब्सर्डिस्ट ह्युमर'को विधामा रहेर एउटा चलचित्रको समीक्षा गरेवापत प्रनेश गौतम बिनाकारण केही दिनदेखि हिरासतमा छन्। यी केही प्रतिनिधि घटनामात्रै हुन्।

घटना घट्यो भन्दा पनि सरकारले यसलाई कसरी लियो, यो महत्त्वपूर्ण कुरा हो। स्वतन्त्रताको अर्थ स्वच्छन्दता होइन भन्दै यी प्रत्येक घटनामा सरकारको भूमिका ठीक भएको भन्ने उसको दलिल छ। यो नै डरलाग्दो छ।

हाम्रो संविधानले विचार, अभिव्यक्तिको स्वतन्त्रतालाई मौलिक हकको रुपमा स्थापित गर्दै भन्छ– यो आधारभूत अधिकारको आत्मा हो। यो कसैले दिने होइन। कसैबाट पाउने होइन। यो अहरणीय छ।

हो, हाम्रो सार्वभौमसत्ता, स्वाधिनता, अखण्डता, हाम्रो जातजाति र धर्मको बीचमा खलल पुर्‍याउने खालका कुनै अभिव्यक्ति भयो भने, जातीय भेदभाव, छुवाछुतलाई दुरुत्साहन गर्ने भयो भने वा गाली बेइज्जति गर्ने अवस्था भयो भने मनासिव प्रतिबन्ध लगाउन पाइन्छ। कुनै व्यक्तिले आफ्नो अधिकारको प्रयोग गर्दा राज्य, समाज वा अर्को व्यक्तिलाई अपुरणीय क्षति पुर्‍याउने अवस्था नबनोस् भनेर अपवादको रुपमा यो व्यवस्थाको प्रयोग हुन्छ भन्ने मानिएको हुन्छ। यो नै 'नर्म' बन्न गयो भने स्थिति डरलाग्दो हुन्छ। जुन अहिले बन्न जाँदैछ।

यहाँ त सरकारी संरक्षणमा व्यक्तिको आत्मसम्मान नै ध्वस्त गर्ने गरी गाली बेइज्जति गरिरहन पाउने तर सरकारलाई मन नपर्दा गाली बेइज्जति, शिष्टाचार वा नैतिकताको नाममा जुन बेला मन लाग्यो, जसको जतिखेर जहाँ मन लाग्यो त्यही ठाउँमा मुख थुन्न पाउने गरी सरकारले कानुन बनाउन लागेको छ।

नेपाली कांग्रेसका सांसदहरुको विरोधका बाबजुद संसदबाट पारित गर्न खोजिएको सूचना प्रविधि विधेयक भन्छ– कुनै पनि व्यक्तिलाई जिस्काउने, झुक्याउने, होच्याउने, हतोत्साहित गर्ने, धम्क्याउने आसयले सामाजिक सञ्जालमा सन्देश सम्प्रेषित गरेमा ५ वर्ष कैद र १५ लाख रुपैयाँसम्मको जरिवाना भोग्नुपर्नेछ।

Ncell 2
Ncell 2
nimb
nimb

जिस्काउने, होच्याउनेको परिभाषा के? यस्तै अस्पष्ट कानुनी व्यवस्थाले अभिव्यक्तिको स्वतन्त्रतामा बन्देज लगाउने भन्दै भारतको सर्वोच्च अदालतले सन् २०१५ मा सिंगल भर्सेस युनियन इन्डियाको मुद्दामा २००२ मा बनेको भारतको सूचना प्रविधि ऐनको दफा ६६ 'ए'लाई असंवैधानिक भन्दै खारेज गरेको थियो।

हाम्रो त भारतमा भन्दा कठोर कानुन बनाउन लागिएको छ।

जिस्काउने, झुक्याउने के हो? यसको परिभाषा गर्ने अन्तिम अधिकार सूचना प्रविधि अदालतलाई दिन लागिएको छ। याद रहोस्, सूचना प्रविधि अदालतमा रहने तीन जना सदस्यहरु सरकारले आफ्नो मनखुसी छान्न पाउने छ। सूचना प्रविधि विधेयक, मिडिया काउन्सिल विधेयक लगायतका सबै विधेयकलाई एक ठाउँमा राखेर हेर्‍यो भने सरकारको आसय के बुझिन्छ? सरकारले के भन्न खोजेको?

सायद लेखक ब्रजेश खनालले भन्नुभए जस्तै

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

'तँ बोल् त्यतिमात्रै जे म सुन्न चाहन्छु
तँ हेर् त्यतिमात्रै जे म देखाउन चाहन्छु
तँ सुन् त्यतिमात्रै जे म सुनाउन चाहन्छु
तेरो स्वतन्त्रताको घेरो
मैलेको कोरेको शून्यभन्दा बाहिर छैन
तँलाई थाहा छ म को हुँ?
सरकार हुँ म सरकार'

उहाँले भन्नुभएजस्तै सरकारको आसय र नियत देखिएको छ।

चलचित्रकर्मी साथीहरु त्यसकारणले होसियार! तपाईंको कथा, संवाद, गीतमा अब कसैलाई जिस्काउने कन्टेन्ट छ भनेर प्रनेश गौतमको ठाउँमा हिरासतमा अब तपाईं बस्नुपर्ला। त्यो पनि केही दिनका लागि होइन, ५ वर्षका लागि।

गुठियारहरु होसियार! 'गुठी भनेको सामन्तवादी प्रबन्ध हो' भन्ने सरकारी मुखलाई खबरदारी भनेर लेख्दै गर्दा धम्क्याइएको आरोपमा ५ वर्ष जेलभित्र बस्नुपर्ला।

प्रधानमन्त्रीले पानी जहाज ल्याउँछु भनेर जिस्काउनुभयो भनेर कागजको पानी जहाज बनाएर सामाजिक सञ्जालमा राख्ने युवक होसियार!

समानुपातिक समावेशी सिद्धान्तका खिलापमा कानुन बनाइयो भनेर मन्त्रीलाई सामाजिक सञ्जालमा प्रश्न गर्ने होसियार!

म त भन्छु, प्रधानमन्त्रीकै पार्टीभित्रै रहेर फरक मत राख्ने साथीहरु पनि होसियार! किनकि, यहाँ कोही पनि सुरक्षित छैन। यो कानुन पारित भइसकेपछि त्यो कानुनको कसरी प्रयोग हुन्छ, हामी अहिले अनुमान लगाउन सक्छौं। यहाँ केबल अब सरकारका अरिंगालहरु मात्रै सुरक्षित रहन्छन्।

आम सांसदहरुको मात्रै होइन। अभिव्यक्ति स्वतन्त्रताका पक्षमा लडेका तमाम नेपालीहरुलाई अपिल गर्न चाहन्छु, सबैलाई आग्रह गर्न चाहन्छु, यो संसदबाट बहुमतको बलमा एउटा यस्तो कानुन पारित गरिँदैछ। यो कानुन एउटाको खिलापमा प्रयोग हुँदै गर्दा म त होइन नि, अरु कसैको खिलापमा प्रयोग भएको भन्ने ठानिएको छ। एउटा युवकको बारेमा प्रयोग हुँदै गर्दा म त्यो युवक होइन भन्ने ठानिएको छ। कुनै एउटा व्यक्तिको बारेमा प्रयोग हुँदै गर्दा म त्यो होइन भन्ने ठानिएको छ।

तर, यस्तै गर्ने अवस्था रहने हो भने एकदिन यस्तो पनि आउने छ कि जर्मन कवि मार्टिन न्युमोरले भनेको जस्तैः

'पहिले उनीहरु समाजवादीलाई लिन आए
म बोलिन
किनकि म समाजवादी थिइनँ
उनीहरु ट्रेड युनियनकर्मीलाई लिन आए
म बोलिन
किनकि म ट्रेड युनियनकर्मी थिइनँ
उनीहरु जुजलाई लिन आए
म बोलिन
किनकि म जुज थिइनँ
जब उनीहरु अन्तिममा मलाई लिन आए
मेरो लागि बोल्न बाँकी कोही पनि थिएन।'

यहाँ पनि यस्तै अवस्था आउँदैछ। उठौं। बौलौं। जागौं। सरकारको यो कानुनको विरुद्ध अहिले नै हो बोल्ने बेला। म सबैलाई आग्रह गर्न चाहन्छु। यो कानुन यो संसदबाट पारित हुनु भनेको संविधानको खिलापमा मात्रै होइन, हाम्रो आन्दोलन र अभिव्यक्ति स्वतन्त्रताको खिलापमा हो।

म सबैलाई यो कानुनको बारेमा सुसूचित रहन, यसका बारेमा लेख्न, बोल्न, भन्न र जनमत निर्माण गर्नका निम्ति सबैलाई अपिल गर्न चाहन्छु।

(आइतबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा थापाले राखेको धारणाको सम्पादित अंश)

भिडियो:

प्रकाशित मिति: आइतबार, असार १, २०७६  १२:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु
रवि कैंची धाम पुगेको सेल्फी
जलजायु कोषवाट तीन अर्बको अनुदान निर्णयसंगै परियोजना तयार पार्न जुट्यो नेपाल सरकार
सम्बन्धित सामग्री
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम दशैँमा विभिन्न मासुका परिकार, अण्डा, दूध–दही, मिठाइ, फलफूल, च्याउ, पनिर, आइसक्रिम, केक इत्यादि तयार गरिन्छ। अनि बिदामा रमाइलो गर्नुप... बुधबार, कात्तिक ४, २०८३
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयद्वारा राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत सञ्चालित... मंगलबार, कात्तिक ३, २०८३
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक सम्पदा अवलोकन गरेर फर्किन्थे । हनुमानढोका, पाटन दरबार क्षेत्र र भक्तपुर दरबार... शनिबार, असोज ३१, २०८३
ताजा समाचारसबै
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
जलजायु कोषवाट तीन अर्बको अनुदान निर्णयसंगै परियोजना तयार पार्न जुट्यो नेपाल सरकार शुक्रबार, कात्तिक ६, २०८३
प्रधानमन्त्त्री बालेन शाहको भारत भ्रमण यही वर्षको अन्त्यतिर हुने अर्थमन्त्री बाग्लेको दावी शुक्रबार, कात्तिक ६, २०८३
दिल्लीमा भारतका प्रधानमन्त्री मोदीसँग अर्थमन्त्री वाग्लेको भेट शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
हरिशरणले सिकाए रविलाई राजनीति ! बिहीबार, कात्तिक ५, २०८३
नेपाली मूलका व्यक्तिलाई पिएनओ परिचयपत्र दिन माग बिहीबार, कात्तिक ५, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्