काठमाडौं– योनेक्स सनराइज नेपाल अन्तर्राष्ट्रिय ब्याडमिन्टन सिरिजमा शुक्रबार सेमिफाइनल समिकरण पूरा भएको छ।
नेपाली खेलाडीहरु दिपेश धामी र शोभा गौचनको जोडी मिक्स डबल्स तर्फ सेमिफाइनल यात्रा तय गर्न सफल भएका छन्। धामी र गौचनको जोडीले माल्दिभ्सका एच जयन साहिद र एफ अब्दुल रजाकको जोडीलाई २१ – १५ र २१ – १० ले पराजित गरेका थिए।
यसअघि धामी पुरुष एकलतर्फ क्वाटरफाइनलमा पराजित भएका थिए। उनी राहुल भारद्वाजसँग २१–१४, २१–११ ले पराजित भएका थिए। आजै भएको अर्को क्वाटरफाईनलमा सरा र रत्नजित तामाङ्ग दिदीभाईको जोडीले पनि सेमिफाईनलमा स्थान बनाए। तामाङ्ग जोडीले भारतका खेलाडीहरु तुशार शर्मा र सरुनी शर्माको जोडीलाई २१–१५ को समान सेटमा पराजित गर्दै सेमिमा स्थान बनाएका हुन ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।