सुरुङ्गा, झापा- सडक अतिक्रमण गरेर झापाको बिर्तामोडमा बनाइएका घर–टहरा आजबाट हटाउन सुरु गरिएको छ।
सडक डिभिजन कार्यालयल, बिर्तामोड नगरपालिका र जिल्ला ट्राफिक प्रहरी कार्यालयले आजबाट फराकिलो सडक बनाउन अतिक्रमण गरेर बनाइएका घर–टहरा हटाउन थालेको हो। सडक अतिक्रमण गरेर बनाइएका भौतिक संरचना एक्स्काभेटर प्रयोग गरेर भत्काउन थालिएको छ।
बिर्तामोडको मुक्ति चोकलाई केन्द्र मानेर चारैतिर अतिक्रमण गरेर बनाइएका संरचनाहरु भत्काउन सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी सहायक निरीक्षक याम खड्काले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।