विराटनगर- नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टीको केन्द्रीय समितिको बैठक अविलम्ब बोलाउन माग गरेका छन्।
विराटनगरस्थित कोइराला निवासमा आज आयोजित पत्रकार भेटघाटमा उनले निर्वाचनमा पार्टीको पराजयका विषयमा विस्तृत रुपमा छलफल गर्न र आगामी दिनमा महासमितिको बैठक बसाउनका लागि सो बैठक आवश्यक रहेको स्पष्ट पारे।
अहिले पार्टीको संरचनालाई बलियो बनाउनका लागि प्रत्येक प्रदेशको साङ्गठनिक संरचना बनाउनुपर्ने विषयमा जोड दिँदै उनले अब पार्टीको सङ्गठन टोल–टोलसम्म पुर्याउनु आवश्यक रहेको बताए।
पार्टीभित्रैबाट अन्तर्घात भएका कारण आफू निर्वाचनमा पराजित भएको प्रसङ्ग उल्लेख गर्दै उनले त्यस्ता अन्तर्घात गर्नेहरुलाई राजनीतिक रुपमा बहिष्कार गर्नुपर्ने तर्क गरे।
पत्रकारको जिज्ञासामा उनले काँग्रेस अब पाँच वर्षसम्म बलियो विपक्षीको भूमिका निर्वाह गर्दै पार्टीको सङ्गठनमा बढी केन्द्रित हुने स्पष्ट पारे।
पार्टीको महाधिवेशनमा पार्टी सभापति पदका लागि उठ्ने चर्चाबारे उनले भने, 'आफू राजनीतिक मान्छे भएकाले इच्छा राख्नु स्वाभाविक हो।'रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।