काठमाडौं– नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ।
नेता वामदेव गौतमको निवास भैंसेपाटीमा बैठक बोलाइएको हो। निर्वाचनपछि पहिलोपटक बस्न लागेको बैठकमा पछिल्ला दिन बहसमा आएका ताजा विषयमा छलफल हुने स्थायी समितप सदस्य तथा सल्लाहकार परिषद्का अध्यक्ष केशव बडालले जानकारी दिए।
'राष्ट्रियसभा गठनको विषय र पार्टी एकतासँग सम्बन्धित विषयमा मुख्य रुपमा छलफल हुन्छ,' उनले भने, 'छलफल गरिने समय अनुसार अन्य विषयमा पनि साथीहरुले कुरा राख्नुहुनेछ।'
सरकार गठनको विषय भने प्राथमिकतामा नरहेको बडालले बताए। 'केपी ओली नै हो प्रधानमन्त्री,' उनले भने, 'कसलाई कति र कुन मन्त्रालय भन्ने सरकार गठनकै बेला छलफल गर्न सकिन्छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।