ढाका– भुटानसँग बराबरी खेल्दै नेपालले साफ यू–१५ महिला फुटबल च्याम्पियनसिपको यात्रा समाप्त गरेको छ। बंगलादेशको ढाकास्थित वीरश्रेष्ठ सहिद सिपाही मोहम्मद मोस्ताफा कमल स्टेडियममा बिहीबार भएको अन्तिम खेलमा भुटानसँग १–१ को बराबरी खेल्दै नेपालले यात्रा समाप्त गरेको हो। खेलको ९ मिनेटमा डेकी लाहाजुमको गोलबाट भुटानले अग्रता लिएपनि ८१ मिनेटमा नेपालकी सबिता रानामगरले गोल गर्दै खेल बराबरी ल्याएकी थिएन ।
खेलको अन्तिम समयमा नेपालले पेनाल्टीमा गोल गर्ने अवसर पाएको थियो । तर, पाएको पेनाल्टीमा नेपालकी सरस्वती हमाल गोल गर्न असफल हुँदा खेल १–१ को बराबरीमा सकियो। चार टोली सहभागी च्याम्पियनसिपको पुछारमा रहँदै नेपालले प्रतियोगितामा आफ्नो समाप्त गरेको छ।
च्याम्पियनसिपको पहिलो खेलमा बंगलादेशसँग ६–० पराजित नेपाल दोस्रो खेलमा भारतसँग १०–० ले हारेको थियो । राउण्ड रोविन लिगको आधारमा जारी च्याम्पियनसिपमा बंगलादेश र भारत फाइनलमा पुगेका छन्। अन्तिम खेलमा भारतलाई ३–० ले पराजित गरेको बंगलादेश ९ अंकका साथ शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको छ। एक खेलमा हार र दुई खेलमा जित निकालेको भारत ६ अंकसहित दोस्रो स्थानमा छ। फाइनल खेल आइतबार हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।