धनगढी– आयोजक फारवेस्ट पशुपति युवा क्लब र पिएफए अत्तरिया ग्यालेक्सी पब्लिक स्कुल फारवेस्ट पशुपति कपको उपाधिका लागि भिड्ने भएका छन्।
धनगढी रंगशालामा बिहीबार भएको दोस्रो सेमिफाइनलमा आयोजक पशुपतिले न्युवुद्ध युवा क्लब फुलबारीलाई ८–१ को फराकिलो जित दर्ता गर्दै पिएफएसँगको भेट पक्का गरेको हो।
पशुपतिको जतिमा सेगुनले दोहोरो ह्याट्रिक गरे। १४ मिनेटमा न्यु वुद्धका लक्ष्मण शाहीले पहिलो गोल गर्दै अग्रता दिलाएका थिए । तर १७ औं मिनेटमा विदेशी खेलाडी सेगुनले गोल गर्दै खेललाई बराबरीमा ल्याए। रोशन खत्रीले ४३ मिनेटमा पशुपतिका लागि दोस्रो गोल गरे। ४४ औं मिनेटमा महेश चन्दले तेस्रो गोल गर्दै खेललाई ३–१ को अवस्थामा ल्याए।
त्यसपछिका लगातार ५ गोल गर्दै सेगुनले दोहोरो ह्याट्रिक पुरा गरे । उनले ६३, ६७, ७७, ८३ र ८७ औं मिनेटमा गोल गरेका हुन । उनी नै म्यान अफ द म्याच भए ।
मंसीर २८ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल पुस ८ गते शनिबार हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।