पेरिस– फ्रेञ्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी)ले प्रभावशाली जित हात पारेको छ। पिएसजीले बुधबार भएको खेलमा केइनलाई ३–१ ले पराजित गरेको हो।
पिएसजीको जितमा इडिन्सन काभानीले २१, केलियन एमबाप्पेले ५७ र इजेटाले ८१ मिनेटमा गोल गरे। केइनका सान्टिनीले ९० मिनेटमा पेनाल्टीमार्फत गरेको गोल सान्त्वनामै सीमित बन्यो।
यता साबिक विजेता मोनाकोले रेनेसलाई २–१ ले हराएको छ।
लिगमा १९ चरणको खेल सकिदा पिएसजी ५० अंक जोडेर शीर्ष स्थानमा छ। दोस्रो स्थानको मोनाकोको ४१ तथा तेस्रो स्थानको लियोनको पनि ४१ अंक नै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।