अस्टन– म्यानचेस्टर युनाइटेड इएफएल कपबाट बाहिरिएको छ। बुधबार राति भएको क्वार्टरफाइनलमा युनाइटेडलाई दोस्रो डिभिजनको क्लब ब्रिस्टोल सिटीले २–१ गोलले पराजित गरेको हो।
कोली स्मिथले दोस्रो हाफको इन्जुरी टाइमको तेस्रो मिनेटमा गोल गरेर बिस्टोललाई रोमाञ्चक जित दिलाए। त्यसअघि खेलको ५१ मिनेटमा जोए ब्रायनले गोल गरेर बिस्टोललाई अग्रता दिलाएका थिए। ५८ मिनेटमा युनाइटेडका इब्राहिमोभिकले बराबरी गोल फर्काएका थिए।
प्रतियोगिताको अर्को खेलमा चेल्सीले बर्नमाउथलाई २–१ ले हराएर अन्तिम चारमा स्थान पक्का गरेको छ। चेल्सीका लागि विलियनले १३ मिनेटमा गोल सुरुवाती अग्रता दिलाए। खेलको अन्तिम मिनेटमा बर्नमाउथका गोसलिङले बराबरी गोल गरेका थिए। तर, अल्भारो मोराटाले दोस्रो हाफको इन्जुरी टाइमको पहिलो मिनेटमा गोल गर्दै चेल्सीलाई रोमान्चक जित दिलाए।
अब सेमिफाइनलमा म्यानचेस्टर सिटी र ब्रिस्टोल तथा चेल्सी र आर्सनलबीच प्रतिस्पर्धा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।