काठमाडौं– नेपाल गोजुरियो कराते डो युजेन्काई संघको काठमाडौं जिल्ला संघको तदर्थ समितिको अध्यक्षमा प्रनिशजंग शाह चुनिएका छन्।
गत मंगलबार भएको जिल्ला अधिवेशनबाट शाहको अध्यक्षतामा आठ सदस्यीय जिल्ला समिति गठन गरिएको छ। जिल्ला संघको उपाध्यक्षमा रजनी थापा, सचिवमा शिवराज मलासी र कोषाध्यक्षमा सरोज तिमिल्सिना छन्।
सदस्यहरूमा सुमन लामा, राजन लामा, सुमित कर्माचार्य र सुजितप्रकाश थापा रहेका छन्। अवकासप्राप्त सहायक रथी राज राणा र पूर्व डीएसपी अरुण शाहलाई सल्लाहकारमा चयन भएका छन्। शाहले आफ्नो नेतृत्वमा खेलको विकास र नयाँ खेलाडी उत्पादनका लागि सञ्चालनमा रहेका विभिन्न डोजोमा प्रशिक्षक पठाउने लगायतका कामलाई अघि बढाइने बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।