• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

सरकारी जग्गा लिजमा दिने बुढानीलकण्ठ नगरपालिकाको सिफारिस विवादमा

पार्टीको काममा सरकारी जग्गा प्रयोग हुन दिदैनौं : स्थानीय
64x64
लिलु डुम्रे बुधबार, जेठ २९, २०७६  १७:३२
1140x725

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा कार्यकर्ता आबद्ध एक संस्थालाई सरकारी जग्गा लिजमा दिन बुढानीलकण्ठ नगरपालिकाले जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई लेखेको पत्रप्रति स्थानीयले विरोध जनाएका छन्।

बुढानीलकण्ठ नगरपालिका-२ मा रहेको सार्वजनिक जग्गा 'परिर्वतन सञ्चार समूह'लाई ३० वर्षका लागि लिजमा दिन गत बिहिबार नगरपालिकाले जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई पत्र लेखेको थियो। नगरपालिकाले गैह्र-नाफामूलक संस्था भएको जनाउँदै उक्त समूहको भवन र गायत्री पार्क निर्माण प्रयोजनका लागि जग्गा उपलब्ध गराइदिन पत्र लेखेको छ।

 

परिवर्तन सञ्चार समूहले नगरपालिकालाई उपलब्ध गराएको योजना उपयुक्त देखिएकले वडा नम्बर २ मा रहेको १३ रोपनी १४ आना सरकारी जग्गा उक्त समूहलाई लिजमा उपलब्ध गराउन उपयुक्त हुने नगरपालिकाले जिल्ला प्रशासनलाई लेखेको पत्रमा उल्लेख छ। जेठमा १३ मा बसेको नगरपालिकाको बैठकले साविक चपली भद्रकाली गाविस-६ (हाल बुढानिलकण्ठ-२) मा रहेको सरकारी जग्गा परिर्वतन सञ्चार समूहलाई लिजमा उपलब्ध गराउन जिल्ला प्रशासनलाई पत्र लेख्ने निर्णय गरिएको थियो।

नगर कार्यपालिकाको निर्णय। यसको ५ नम्बर बुँदामा परिवर्तन संचार समूहलाई लिजमा दिन सिफारिस गर्ने निर्णय गरिएको छ। 

पूर्व एमालेका नेता तथा कार्यकर्ता आबद्ध संस्थाले सरकारी जग्गालाई पार्टी प्रयोजनमा प्रयोग गर्ने गरी लिजमा दिन खोजेको भन्दै स्थानीयले आपत्ति जनाएका हुन्। भवन र गायत्री पार्क बनाउने नाममा नेकपाका नेता राजन भट्टराईको सम्पर्क कार्यालय खोल्न सरकारी जग्गा लिजमा दिन लागिएको एक स्थानीयले आरोप लगाए। 

उक्त समूहको सञ्चालक समितिमा ध्रुवप्रसाद घिमिरे, दीपकबहादुर अधिकारी, विनय श्रेष्ठ, कमला पौड्याल मैनाली, हरिराम ढुंगाना, निर्मला पुडासैनी, रवि खड्का, अनिता सापकोटा, रेणुका पराजुली छन्। प्रधानमन्त्री केपी शर्मा ओलीका विदेश मामिला सल्लाहकार भट्टराईको आड पाएर नै समूहले जग्गाका लागि नगरपालिकालाई पत्रचार गरेको स्थानीयको भनाई छ। भट्टराईलाई चुनावी कार्यक्रममा सहयोग पुर्‍याएको संस्थाका अध्यक्ष ध्रुवप्रसाद घिमिरेले स्विकारे। उनले भने, ‘भट्टराई बौद्धिक नेता भएकाले सर्पोट गरेको हुँ। उहाँको पक्षमा लागेको सत्य हो।’ 

रुख भएको क्षेत्रको जग्गा लिजमा दिन लागिएको भन्दै बुढानीलकण्ठ नपाको सिफारिस विवादमा तानिएको छ। 

प्रधानमन्त्रीका सल्लाहकार भट्टराईको जग्गा लिजमा लिने प्रक्रियामा कुनै संलग्नता नभएको घिमिरेले प्रष्ट पारे। जग्गामा सामुदायिक हल र पुस्तकालय निर्माण गरिने घिमिरेले बताए। तर, घिमिरेले भनेजस्तै नगरपालिकाले जिल्ला प्रशासनलाई लेखेको पत्रमा सामुदायिक हल र पुस्तकालय निर्माणको विषय उल्लेख छैन। उक्त समूहको भवन र गायत्री पार्क बनाउने उल्लेख छ। उनले भने, ‘८० प्रतिशत समुदायको हित र २० प्रतिशत समूहले भोग चलन गर्ने गरी सञ्चालन गर्न खोजिएको हो।’  घिमिरेसँग स्थानीय सहमत छैनन्। एक स्थानीयले भने, ‘समुदायको हित त बहाना मात्रै हो। पार्टी हितको लागि सरकारी जग्गा प्रयोग गर्न लागिएको हो।’

Ncell 2
Ncell 2
nimb
nimb

कित्ता नम्बर ७१ रहेको सो जग्गा १३ रोपनी १४ आना रहेको बताएपनि जग्गाको वास्तविक क्षेत्रफल १४ रोपनी २ आना रहेको बताइएको छ। पूर्व-पश्चिम फैलिएको जग्गा धोविखोला करिडोर र सोही नगरपालिका-१३ सँग जोडिएको छ। सरकारी जग्गा लिजमा हस्तान्तरण पश्चात् भौतिक संरचनाले मूलको पानी बन्द हुने स्थानीयको चिन्ता छ। जग्गाको पूर्वी दिशामा रहेको पानीको मुहानमा बिहानदेखि साँझसम्म खानेपानीका लागि स्थानीयको भिड हुँदै आएको छ। 

जग्गा लिजमा प्राप्त गर्ने प्रक्रिया सुरु गर्दा स्थानीयलाई सोधपुछ नगरेको भन्दै आपत्ति जनाए। स्थानीय एक युवाले भने, ‘३० वर्ष लिजमा लिनु भनेको ठट्टा हो? फराकिलो जग्गा पाइयो भनी सरकारी जग्गामा आँखा गाड्ने?’

 लिजमा दिनका लागि नगरपालिकाले सिफारिस गरेको कित्ता नम्बर ७१ को जग्गा। यसको क्षेत्रफल १३ रोपनी १४ आना रहेको छ। 

गैह्र-नाफामूलक भनिएको संस्थाले जग्गा लिजमा प्राप्त गरे आर्थिक स्रोत कसरी जुटाउने एकिन ढाँचा बनाइसकेको छैन। बाहिरी सहायताबाट भौतिक संरचना निर्माण गर्न सकिने घिमिरेको विश्वास छ। 

स्थानीयको सहमति बिना जग्गा लिजमा दिन मिल्दैन : प्रशासन 
नगरपालिकाले सिफारिसका लागि लेखेको पत्र जिल्ला प्रशासनमा भने आइनपुगेको बताइएको छ। काठमाडौं जिल्ला प्रशासन अधिकारी राम प्रसाद आचार्यले भने, ‘औपचारिक रुपमा पत्र मेरो टेबुलमा आइसकेको छैन।’

Xtrem

Xtrem

नगरपालिकाले पठाएको पत्रको अध्ययन गरी सम्बन्धित मन्त्रालयसँग स्वीकृति लिएपछि मात्रै निर्णयका लागि मन्त्रिपरिषद्‍मा लैजाने छ। जिल्ला प्रशासनले मन्त्रिपरिषद्‍बाट निर्णय गराउन भूमि व्यवस्था मन्त्रालयलाई सिफारिस गर्न पत्र पठाउने व्यवस्था छ। भूमि व्यवस्थाले उपयुक्त प्रस्ताव ठहर्‍यायो भने मन्त्रिपरिषदबाट पारित हुन सक्छ। 

सरकारी जग्गा लिजमा दिन धेरै मन्त्रालयसँग प्रक्रिया पूरा गर्नुपर्छ। जग्गाको अवस्था, संस्थाले गर्ने कार्यक्रमसँग मन्त्रालय जोडिने भए सम्बन्धित मन्त्रालयको स्वीकृति अनिवार्य हुने प्रजिअ आचार्यले बताए। पूर्व शर्तहरु पूरा गरिसकेपछि मात्रै माथिल्लो निकायमा सिफारिस गरिने आचार्यले जानकारी गराए।

सम्बन्धित मन्त्रालयबाट सकरात्मक राय, जग्गा, नाप/नक्सा निर्विवाद र स्थानीयको राय सकरात्मक भएमात्रै सिफारिस अघि बढ्ने बताइएको छ। ‘सबै मिल्यो भने माथिल्लो निकायमा पठाउँछौं। मिलेन भने तलैबाट रोकिदिन्छौं,’ प्रजिअ आचार्यले भने, ‘हामीले सिफारिस गरेका कतिपय विषय त मन्त्रिपरिषदले निर्णय गर्दैन। नगरपालिकाले सिफारिस गरेकै आधारमा निर्णय हुन्छ भन्ने हुन्न।’

स्थानीयको सहमति बिना जग्गा लिजमा दिनै नमिल्ने आचार्यको भनाई छ। विपद्का समयमा स्थानीयका लागि आवश्यक पर्ने खाली जग्गा भए/नभएको पनि प्रशासनले अध्ययन गर्ने उनको भनाइ छ। 

प्रकाशित मिति: बुधबार, जेठ २९, २०७६  १७:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
लिलु डुम्रे
नेपाल लाइभका वरिष्ठ संवाददाता डुम्रे समसामयिक र राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
यस्तो छ एमसीसी अनुमोदनका लागि मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणा [पूर्णपाठ]
एमसीसी अनुमोदन गर्दाको हिस्सेदार एमालेलाई पनि बनाउने प्रयत्नमा देउवा
२०७४ मा सर्वाधिक विवादित भरतपुर महानगरको नेतृत्वमा गठबन्धनबाट ‘कांग्रेसकै दाबी’
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढीबारे बालेनको अपडेट : ४८ जनाको उद्धार, बेपत्ताको खोजी जारी आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : ९५ जनाको उद्धार, ३५ जनालाई काठमाडौँ ल्याइयो आइतबार, असोज २५, २०८३
जिबुटीको तटमा डुङ्गा दुर्घटनाः १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता आइतबार, असोज २५, २०८३
लिग २ क्रिकेट : नेपालले क्यानडालाई हरायो आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्