• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, पुस १६, २०८२ Wed, Dec 31, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

सरकारी जग्गा लिजमा दिने बुढानीलकण्ठ नगरपालिकाको सिफारिस विवादमा

पार्टीको काममा सरकारी जग्गा प्रयोग हुन दिदैनौं : स्थानीय
64x64
लिलु डुम्रे बुधबार, जेठ २९, २०७६  १७:३२
1140x725

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा कार्यकर्ता आबद्ध एक संस्थालाई सरकारी जग्गा लिजमा दिन बुढानीलकण्ठ नगरपालिकाले जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई लेखेको पत्रप्रति स्थानीयले विरोध जनाएका छन्।

बुढानीलकण्ठ नगरपालिका-२ मा रहेको सार्वजनिक जग्गा 'परिर्वतन सञ्चार समूह'लाई ३० वर्षका लागि लिजमा दिन गत बिहिबार नगरपालिकाले जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई पत्र लेखेको थियो। नगरपालिकाले गैह्र-नाफामूलक संस्था भएको जनाउँदै उक्त समूहको भवन र गायत्री पार्क निर्माण प्रयोजनका लागि जग्गा उपलब्ध गराइदिन पत्र लेखेको छ।

 

परिवर्तन सञ्चार समूहले नगरपालिकालाई उपलब्ध गराएको योजना उपयुक्त देखिएकले वडा नम्बर २ मा रहेको १३ रोपनी १४ आना सरकारी जग्गा उक्त समूहलाई लिजमा उपलब्ध गराउन उपयुक्त हुने नगरपालिकाले जिल्ला प्रशासनलाई लेखेको पत्रमा उल्लेख छ। जेठमा १३ मा बसेको नगरपालिकाको बैठकले साविक चपली भद्रकाली गाविस-६ (हाल बुढानिलकण्ठ-२) मा रहेको सरकारी जग्गा परिर्वतन सञ्चार समूहलाई लिजमा उपलब्ध गराउन जिल्ला प्रशासनलाई पत्र लेख्ने निर्णय गरिएको थियो।

नगर कार्यपालिकाको निर्णय। यसको ५ नम्बर बुँदामा परिवर्तन संचार समूहलाई लिजमा दिन सिफारिस गर्ने निर्णय गरिएको छ। 

पूर्व एमालेका नेता तथा कार्यकर्ता आबद्ध संस्थाले सरकारी जग्गालाई पार्टी प्रयोजनमा प्रयोग गर्ने गरी लिजमा दिन खोजेको भन्दै स्थानीयले आपत्ति जनाएका हुन्। भवन र गायत्री पार्क बनाउने नाममा नेकपाका नेता राजन भट्टराईको सम्पर्क कार्यालय खोल्न सरकारी जग्गा लिजमा दिन लागिएको एक स्थानीयले आरोप लगाए। 

उक्त समूहको सञ्चालक समितिमा ध्रुवप्रसाद घिमिरे, दीपकबहादुर अधिकारी, विनय श्रेष्ठ, कमला पौड्याल मैनाली, हरिराम ढुंगाना, निर्मला पुडासैनी, रवि खड्का, अनिता सापकोटा, रेणुका पराजुली छन्। प्रधानमन्त्री केपी शर्मा ओलीका विदेश मामिला सल्लाहकार भट्टराईको आड पाएर नै समूहले जग्गाका लागि नगरपालिकालाई पत्रचार गरेको स्थानीयको भनाई छ। भट्टराईलाई चुनावी कार्यक्रममा सहयोग पुर्‍याएको संस्थाका अध्यक्ष ध्रुवप्रसाद घिमिरेले स्विकारे। उनले भने, ‘भट्टराई बौद्धिक नेता भएकाले सर्पोट गरेको हुँ। उहाँको पक्षमा लागेको सत्य हो।’ 

रुख भएको क्षेत्रको जग्गा लिजमा दिन लागिएको भन्दै बुढानीलकण्ठ नपाको सिफारिस विवादमा तानिएको छ। 

प्रधानमन्त्रीका सल्लाहकार भट्टराईको जग्गा लिजमा लिने प्रक्रियामा कुनै संलग्नता नभएको घिमिरेले प्रष्ट पारे। जग्गामा सामुदायिक हल र पुस्तकालय निर्माण गरिने घिमिरेले बताए। तर, घिमिरेले भनेजस्तै नगरपालिकाले जिल्ला प्रशासनलाई लेखेको पत्रमा सामुदायिक हल र पुस्तकालय निर्माणको विषय उल्लेख छैन। उक्त समूहको भवन र गायत्री पार्क बनाउने उल्लेख छ। उनले भने, ‘८० प्रतिशत समुदायको हित र २० प्रतिशत समूहले भोग चलन गर्ने गरी सञ्चालन गर्न खोजिएको हो।’  घिमिरेसँग स्थानीय सहमत छैनन्। एक स्थानीयले भने, ‘समुदायको हित त बहाना मात्रै हो। पार्टी हितको लागि सरकारी जग्गा प्रयोग गर्न लागिएको हो।’

Ncell 2
Ncell 2

कित्ता नम्बर ७१ रहेको सो जग्गा १३ रोपनी १४ आना रहेको बताएपनि जग्गाको वास्तविक क्षेत्रफल १४ रोपनी २ आना रहेको बताइएको छ। पूर्व-पश्चिम फैलिएको जग्गा धोविखोला करिडोर र सोही नगरपालिका-१३ सँग जोडिएको छ। सरकारी जग्गा लिजमा हस्तान्तरण पश्चात् भौतिक संरचनाले मूलको पानी बन्द हुने स्थानीयको चिन्ता छ। जग्गाको पूर्वी दिशामा रहेको पानीको मुहानमा बिहानदेखि साँझसम्म खानेपानीका लागि स्थानीयको भिड हुँदै आएको छ। 

जग्गा लिजमा प्राप्त गर्ने प्रक्रिया सुरु गर्दा स्थानीयलाई सोधपुछ नगरेको भन्दै आपत्ति जनाए। स्थानीय एक युवाले भने, ‘३० वर्ष लिजमा लिनु भनेको ठट्टा हो? फराकिलो जग्गा पाइयो भनी सरकारी जग्गामा आँखा गाड्ने?’

 लिजमा दिनका लागि नगरपालिकाले सिफारिस गरेको कित्ता नम्बर ७१ को जग्गा। यसको क्षेत्रफल १३ रोपनी १४ आना रहेको छ। 

गैह्र-नाफामूलक भनिएको संस्थाले जग्गा लिजमा प्राप्त गरे आर्थिक स्रोत कसरी जुटाउने एकिन ढाँचा बनाइसकेको छैन। बाहिरी सहायताबाट भौतिक संरचना निर्माण गर्न सकिने घिमिरेको विश्वास छ। 

स्थानीयको सहमति बिना जग्गा लिजमा दिन मिल्दैन : प्रशासन 
नगरपालिकाले सिफारिसका लागि लेखेको पत्र जिल्ला प्रशासनमा भने आइनपुगेको बताइएको छ। काठमाडौं जिल्ला प्रशासन अधिकारी राम प्रसाद आचार्यले भने, ‘औपचारिक रुपमा पत्र मेरो टेबुलमा आइसकेको छैन।’

नगरपालिकाले पठाएको पत्रको अध्ययन गरी सम्बन्धित मन्त्रालयसँग स्वीकृति लिएपछि मात्रै निर्णयका लागि मन्त्रिपरिषद्‍मा लैजाने छ। जिल्ला प्रशासनले मन्त्रिपरिषद्‍बाट निर्णय गराउन भूमि व्यवस्था मन्त्रालयलाई सिफारिस गर्न पत्र पठाउने व्यवस्था छ। भूमि व्यवस्थाले उपयुक्त प्रस्ताव ठहर्‍यायो भने मन्त्रिपरिषदबाट पारित हुन सक्छ। 

सरकारी जग्गा लिजमा दिन धेरै मन्त्रालयसँग प्रक्रिया पूरा गर्नुपर्छ। जग्गाको अवस्था, संस्थाले गर्ने कार्यक्रमसँग मन्त्रालय जोडिने भए सम्बन्धित मन्त्रालयको स्वीकृति अनिवार्य हुने प्रजिअ आचार्यले बताए। पूर्व शर्तहरु पूरा गरिसकेपछि मात्रै माथिल्लो निकायमा सिफारिस गरिने आचार्यले जानकारी गराए।

सम्बन्धित मन्त्रालयबाट सकरात्मक राय, जग्गा, नाप/नक्सा निर्विवाद र स्थानीयको राय सकरात्मक भएमात्रै सिफारिस अघि बढ्ने बताइएको छ। ‘सबै मिल्यो भने माथिल्लो निकायमा पठाउँछौं। मिलेन भने तलैबाट रोकिदिन्छौं,’ प्रजिअ आचार्यले भने, ‘हामीले सिफारिस गरेका कतिपय विषय त मन्त्रिपरिषदले निर्णय गर्दैन। नगरपालिकाले सिफारिस गरेकै आधारमा निर्णय हुन्छ भन्ने हुन्न।’

स्थानीयको सहमति बिना जग्गा लिजमा दिनै नमिल्ने आचार्यको भनाई छ। विपद्का समयमा स्थानीयका लागि आवश्यक पर्ने खाली जग्गा भए/नभएको पनि प्रशासनले अध्ययन गर्ने उनको भनाइ छ। 

प्रकाशित मिति: बुधबार, जेठ २९, २०७६  १७:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
लिलु डुम्रे
नेपाल लाइभका वरिष्ठ संवाददाता डुम्रे समसामयिक र राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
यस्तो छ एमसीसी अनुमोदनका लागि मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणा [पूर्णपाठ]
एमसीसी अनुमोदन गर्दाको हिस्सेदार एमालेलाई पनि बनाउने प्रयत्नमा देउवा
२०७४ मा सर्वाधिक विवादित भरतपुर महानगरको नेतृत्वमा गठबन्धनबाट ‘कांग्रेसकै दाबी’
सम्बन्धित सामग्री
आज तमु ल्होसार पर्व मनाइँदै, सार्वजनिक बिदा ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । मंगलबार, पुस १५, २०८२
आज क्रिसमस डे मनाइँदै, देशभर सार्वजनिक बिदा आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई क... बिहीबार, पुस १०, २०८२
जुम्लामा ‘ठूली भैली’ शुरु कर्णालीमा पुस महिनामा सबैले सबै काम सकाएर बसिरहेको वेला सबै मिलेर रमाइलो गर्दै हिउँदको महिनामा ठूली भैलो खेल्ने चलन छ। औँसीदेखि पञ्च... सोमबार, पुस ७, २०८२
ताजा समाचारसबै
२४ घण्टापछि महेन्द्र राजमार्गमा यातायात सञ्चालन बुधबार, पुस १६, २०८२
हाम्रा मुद्दाले जनताको समर्थन पाएको छ, निकट भविष्यमै पार्टीबाट पनि अनुमोदन हुनेछ : भट्टराई बुधबार, पुस १६, २०८२
आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै बुधबार, पुस १६, २०८२
शितलहरका कारण पूर्वपश्चिम राजमार्गको दाउन्ने खण्डमा समस्या बुधबार, पुस १६, २०८२
आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना बुधबार, पुस १६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
राप्रपाबाट को–को समेटिए समानुपातिकको बन्दसूचीमा ? (नामावलीसहित) मंगलबार, पुस १५, २०८२
आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना बुधबार, पुस १६, २०८२
कांग्रेसको समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी (सूचीसहित) मंगलबार, पुस १५, २०८२
एलिजा गौतम आजपाबाट पहिलो नम्बरमा समानुपातिक सिफारिस मंगलबार, पुस १५, २०८२
ह्वात्तै घट्यो सुनचाँदीको भाउ मंगलबार, पुस १५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
यस्तो छ रास्वपा पक्षका ११० जना समानुपातिक उम्मेदवारको सूची मंगलबार, पुस १५, २०८२
पाकिस्तानी सेनाकै गढ रावपिन्डीमा हिन्दू विरासतको अन्त्य, कुनैबेलाका बहुसंख्यक, अहिले अस्तित्व नै खतरामा आइतबार, पुस १३, २०८२
राप्रपाबाट को–को समेटिए समानुपातिकको बन्दसूचीमा ? (नामावलीसहित) मंगलबार, पुस १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्