धनगढी– पिएफए अत्तरिया ग्यालेक्सी पब्लिक स्कुल फारवेस्ट पशुपति कपको फाइनलमा प्रवेश गरेको छ। बुधबार भएको पहिलो सेमिफाइनलमा सुदुरपश्चिम ११ स्पोर्ट्स क्लबलाई १–० गोलले हराउँदै उपाधि नजिक पुगेको हो ।
अत्तरियाका मणिराम चौधरीले गरेको गोल निर्णायक साबित बन्यो। पहिलो हाफ बराबरीमा सकिएको खेलको ७१ मिनेटमा डिवक्स भित्र पाएको बललाई सदुपयोग गर्दै मणिरामले गोलमा परिणत गरेको थियो।
सुदुरपश्चिम ११ स्पोर्ट्स क्लवले दोस्रो हाफमा पाएका धेरै मौकाहरु चुकाएको हो। दोस्रो हाफको अन्त्यतिर वान भर्सेस वान डिबक्स नजिकैका प्रहारलाई सुदुरपश्चिम११ ले खेलाडीहरुले सदुपयोग गर्न सकेनन्। खेलमा उत्कृष्ट प्रदर्शन गरेका पिएफए अत्तरियाका विश्व अधिकारी म्यान अफ द म्याच घोषित भए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।