• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक ९, २०८३ Mon, Oct 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

इपिएल खेल्न आएका श्रीलंकन क्रिकेटर माहारुफ भन्छन्– नेपाल दक्षिण एसियाको राम्रो टिम बन्न सक्छ

64x64
नेपाल लाइभ बुधबार, पुस ५, २०७४  १३:४०
1140x725

काठमाडौं- एभरेस्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगितामा खेल्न अहिले १८ जना विदेशी खेलाडी काठमाडौंमा छन्। भारत, पाकिस्तान, श्रीलंका, हङकङका खेलाडीले इपिएलमा आफ्नो प्रभाव देखाइरहेका छन्। 

इपिएल खेल्न काठमाडौं आएका मध्ये श्रीलंकाका मोहम्मद फरविज माहारुफ अनुभवी खेलाडी हुन्। 

श्रीलंकाको राष्ट्रिय टिमबाट लामो समय खेलेका अलराउन्डर फरविजलाई काठमाडौं किंग्स इलेभेनले कप्तानको जिम्मेवारी दिएको छ। सन् २००४ को युवा विश्वकपमा कप्तानी गरेर उत्कृष्ट प्रदर्शन गरेका उनी त्यसै वर्ष राष्ट्रिय टिममा परेका थिए। 

उनले जिम्बावे विरुद्ध टेस्ट खेलमा डेब्यु गरेका थिए। सन् २०११ मा अन्तिम पटक टेस्ट खेलेका उनले २२ टेस्ट खेले। सन् २००४ मै जिम्बावे विरुद्ध नै एक दिवसीय खेलमा डेब्यु गरेका फरविजले १ सय ९ एक दिवसीय खेल खेलेका छन्। पछिल्लो पटक सन् २०१६ मा उनले इंग्ल्यान्डविरुद्ध एक दिवसीय खेलेका थिए।

फरवेजको कप्तानीमा उत्रिएको काठमाडौंले पहिलो खेलमा भने हार ब्यहोर्यो। तर, पनि उनले इपिएलको उपाधि जित्ने लक्ष्य बनाएका छन्। नेपालमा क्रिकेटको माहोल र इपिएल खेल्न आउनुको कारणबारे फरवेजसँग नेपाल लाइभका सीताराम कोइरालाले गरेको कुराकानीः

इपिएलका लागि काठमाडौं टिमसँग कसरी जोडिनुभयो? 

काठमाडौं किंग्स इलेभेनका टिम मालिक रोहित गुप्तासँगको सम्पर्कपछि इपिएलसँग जोडिएको हुँ। उहाँले आफ्नो टिमबाट खेल्न गर्नु भएको अनुरोधलाई स्वीकार गरेर म काठमाडौं आएको हुँ।

काठमाडौंबाट इपिएल खेल्न पाउँदा धेरै खुसी लागेको छ। हामीले पहिलो खेलमा राम्रो गर्न सकेनौं। टिमको कप्तान भएका नाताले मेरो टिमप्रति विश्वास छ। आगामी खेलमा राम्रो खेल्ने आशा गरेको छु।

Ncell 2
Ncell 2
nimb
nimb

दक्षिण एसियाका अन्य देशसँग तुलना गर्ने हो भने नेपालको क्रिकेट त्यति राम्रो छैन। प्रतियोगिताका स्तर कमजोर छन्। तर एक व्यावसायिक तथा अनुवभी खेलाडी नेपालको घरेलु लिग खेल्न आउनुको कारण के हो? 

नेपालले क्रिकेट खेल्न थालेको धेरै सयम भइसकेको छ। नेपालमा केही उत्कृष्ट क्रिकेटर छन्। नेपाली क्रिकेटले निरन्तर प्रगति गरिरहेको छ। केही वर्षपछि अन्य अन्तर्राष्ट्रिय टिमको स्तरमा पुग्न सक्छ।

यो लिगमा विदेशी खेलाडी तथा राम्रा प्रशिक्षकहरु छन्। अन्य देशको तुलनामा इपिएलमा सुविधा भने केही कम पक्कै छ। तर पनि इपिएललाई धेरै व्यावसायी र प्रशंसकको साथ छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यस्ता लिगले नेपाली क्रिकेट विकास भइरहेको छ। जनताले पनि क्रिकेटमा चासो दिन थालेका छन्। यो सकारात्मक पक्ष हो। नेपाल स्तरीय टिम बन्न केही सयम लाग्ला, तर बन्छ। 

नेपाल क्रिकेट टिम भविष्यमा दक्षिण एसियाको उत्कृष्ट बन्छ भन्न त सक्दिन तर राम्रो टिम बन्नेमा विश्वास छ। यिनै कारणले गर्दा नेपालमा क्रिकेट खेल्न आएको हुँ। 

भनेपछि नेपाली क्रिकेट विकासमा योगदान दिन काठमाडौं आउनु भएको हो? 

इपिएल हुने घोषणादेखि नै मैले पछ्याइरहेको थिएँ। लन्चिङ कार्यक्रमको हाइलाइट्स हेरेपछि धेरै खुसी लागेको थियो। 

एक व्यावसायिक खेलाडी भएको नाताले जहाँ गए पनि राम्रो किक्रेट खेल्नु मेरो काम हो। अझ क्रिकेट विकासका लागि खेल्ने लिगमा आफ्नो योगदान दिन पाउँदा खुसी छु। 

मैले इपिएलमा काठमाडौं किंग्स एलेभेनलाई मात्र होइन विश्वमा नेपाली क्रिकेटको प्रतिनिधित्व गरिरहेको छु। त्यसैले सकेसम्म राम्रो खेल्ने कोशिस गरेर राम्रो सन्देश दिनु मेरो कर्तव्य हो। 

इपिएलमा जोडिनुअघि नेपाली क्रिकेटबारे कत्तिको थाहा थियो? 

मैले केही समयदेखि नेपाली क्रिकेटलाई पछ्यारहेको थिएँ। नेपालका पूर्वप्रशिक्षक पुबुदु दासानायके मेरा साथी हुन्। श्रीलंकाबाट अन्तर्राष्ट्रिय क्रिकेट खेलेका पुबुदु दसानायकेसँग नेपाली क्रिकेटबारे कुरा हुन्थ्यो। ३ वर्षअघि नेपाली टिम श्रीलंका गएको बेला पनि भेट भएको थियो। सबै कुरा थाहा नभए पनि नेपाली क्रिकेटबारे थोरबहुत थाहा थियो। 

नेपाली क्रिकेट योभन्दा पनि माथि पुग्न क्रिकेटमा सुविधा र लगानी बढ्नुपर्छ। आशा छ, खेलाडीले भविष्यमा सुविधाहरु पाउनेछन् र खेल स्तर सुधार गर्नेछन्। 

काठमाडौं किंग्समा सबै खेलाडी पहिलो पटक भेट भएका छन्। उनीहरुसँग कसरी संयोजन मिलाइरहनु भएको छ? 

टिममा रहेका युवा खेलाडी राम्रा छन्। उनीहरुको सिक्ने उत्साह देखेर प्रभावित छु। यसले मेरो कामलाई रोचक र महत्वपूर्ण बनाएको छ। टिममा सिनियर खेलाडी भएको नाताले मेरो ज्ञान र अनुभव उनीहरुसँग साटिरहेको छु। जसले गर्दा भविष्यमा उनीहरुको खेल सुधार हुने अपेक्षा गरेको छु। मलाइ आशा छ नेपालका युवा खेलाडी कुनै दिन टेस्ट राष्ट्रका खेलाडीको स्तरका हुनेछन्। 

काठमाडौं किंग्सको बलियो पक्ष के हो? 

हाम्रो टिमको बलियो पक्ष बलिङ हो। तर, दुर्भाग्यवस पहिलो खेलमा राम्रो ब्याटिङ गर्न सकेनौं। जसले गर्दा बलरमाथि दबाब पर्योि। हाम्रो टिम सन्तुलित छ। टिममा युवा तथा अनुभवी खेलाडीको राम्रो संयोजन भइरहेको छ। त्यसैले सबै पक्ष राम्रो छ।

इपिएलमा काठमाडौं किंग्सको लक्ष्य के हो? 

सधैंझैं मेरो लक्ष्य भनेको प्रतियोगिताको उपाधि जित्ने हो। क्रिकेट रमाइलो खेल हो। इपिएलका ६ वटै टिम बलिया छन्। सबै खेलमा टिमका लागि उत्कृष्ट खेलेर ट्रफी जिताउने प्रयास गर्नेछु। 

सुरुवाती खेलपछि तपाईं इपिएललाई कस्तो स्तरको लिग भन्न रुचाउनुहुन्छ? 

सबै घरेलु लिगको आआफ्नै विशेषता हुन्छ। त्यसैले अन्य लिगसँग तुलना गर्दा इपिएल फरक किसिमको प्रतियोगिता हो। इपिएलले पनि राम्रो गर्न कोशिस गरिरहेको लागेको छ। विदेशी खेलाडीलाई पहिलो पटक खेलाइएको छ। इपिएलले राम्रा कुराहरु सिकेर अझ उत्कृष्ट प्रतियोगिता गर्न सक्छ। 

आफ्नो क्रिकेट करिअरबारे नेपाली फ्यानलाई केही बताइदिनुस् न? 

८ वर्षको हुँदादेखि क्रिकेट खेल्न थालेको हुँ। त्यसपछि मैले उमेर समूहका प्रतियोगिता खेल्न थालेँ। कलेजको यू–११ टिमदेखि प्रतियोगितामा भाग लिएँ। त्यसपछि यू–१३, यू–१७ हुँदै यू–१९ टिमको कप्तानी गरें।

मैले श्रीलंकाको सबै उमेर समूहको कप्तानी गरेको थिएँ। राष्ट्रिय टिमको कप्तानी गर्ने अवसर नभए पनि मैले घरेलु प्रतियोगिताका धेरै टिमको कप्तानी गरेको थिएँ। मैले सन् २००४ को युवा विश्वकपमा श्रीलंकाको यू–१९ कप्तानी गरेको थिएँ। त्यसपछि मैले राष्ट्रिय टिमबाट खेल्न थालें। यो क्रममा सन् २००४ मा श्रीलंकाको राष्ट्रिय टिमबाट डेब्यु गरेको क्षण सबैभन्दा अविस्मरणीय लाग्छ। जिम्वाबेविरुद्धको खेलमा राष्ट्रिय टिममा डेब्यु गरेको थिएँ। अरु धेरै व्यक्तिगत तथा टिमको उत्कृष्ट प्रदर्शन पनि मेरो करियरका अस्विमरणीय क्षण हुन्। 

श्रीलंकाको राष्ट्रिय टिमबाट १ सयभन्दा बढी एक दिवसीय खेल खेन्नुका साथै टेस्ट टिम र टी–२० बाट पनि खेलें। पछिल्लो १५ वर्षदेखि व्यावसायिक क्रिकेट खेलिरहेको छु। 

पछिल्लो एक वर्षदेखि श्रीलंकाको राष्ट्रिय टिममा हुनुहुन्न। खेलाडीका रुपमा करिअर उत्तरार्धमा आइपुगेको हो? 

राष्ट्रिय टिममा पर्ने विषयमा केहिल्यै केन्द्रित हुन्न। व्यावसायिक खेलाडी भएको नाताले म क्रिकेट खेलिरहन चाहान्छु। श्रीलंकामा मात्र होइन विश्वका अन्य स्थानमा गएर पनि क्रिकेट खेल्न चाहान्छु। 

प्रकाशित मिति: बुधबार, पुस ५, २०७४  १३:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह
नेपाली सेनाले किन गर्दैछ भूतपूर्व सैनिक सम्मेलन?
आशिफ शेख र डी आर्सी सर्टको अर्धशतकीय साझेदारीमा लुम्बिनीको विजयी सुरुआत, सुदूरपश्चिम सात विकेटले पराजित
सम्बन्धित सामग्री
धनुषामा गाँजाको पुरिया बनाई बिक्री गर्ने दुईजना पक्राउ प्रहरीले धनुषाको दुई छुट्टाछुट्टै स्थानबाट गाँजा र बिक्रीका लागि तयार घरमै पारिएका पोकासहित उनीहरूलाई नियन्त्रणमा लिएको हो। सोमबार, कात्तिक ९, २०८३
गोलबजारमा खैरो हेरोइनजस्तो पदार्थसहित दुई जना पक्राउ लागू औषध नियन्त्रण अभियानलाई प्रभावकारी बनाउन इलाका प्रहरी कार्यालय गोलबजार, सिरहाका प्रहरी निरीक्षक दीपक खरेलको कमान्डमा खटिएको प्र... सोमबार, कात्तिक ९, २०८३
२४ घण्टामा ट्रााफिक कारबाहीमा किन परे ५१४ सवारी चालक ? ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ६४, सिसिटिभिमार्फत ३९, रातोबत्तीमा २१ जना चाल... सोमबार, कात्तिक ९, २०८३
ताजा समाचारसबै
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह सोमबार, कात्तिक ९, २०८३
नेपाली सेनाले किन गर्दैछ भूतपूर्व सैनिक सम्मेलन? सोमबार, कात्तिक ९, २०८३
आशिफ शेख र डी आर्सी सर्टको अर्धशतकीय साझेदारीमा लुम्बिनीको विजयी सुरुआत, सुदूरपश्चिम सात विकेटले पराजित सोमबार, कात्तिक ९, २०८३
गुल्मीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु सोमबार, कात्तिक ९, २०८३
आईएसएफ फुटबल विश्वकप २०२६ मा नेपाल २९औँ स्थानमा सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
कहाँ छन् रवि लामिछाने? आइतबार, कात्तिक ८, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु आइतबार, कात्तिक ८, २०८३
खगेन्द्रले स्वीकार गरेनन् विवादित अडियो : थप प्रमाण खोज्दै रास्वपा, अडियो परीक्षणको तयारी आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्