राजविराज– सप्तरीमा दुई दिनभित्र दुई बालिका बलात्कारको शिकार भएका छन्।
आइतबार राति तिरहुत गाउँपालिका–४ डिमन की १४ वर्षीय बालिकालाई सोही ठाउँका ३० वर्षीय मो. इद्रिस र १५ वर्र्षीय किशोर मिलेर बलात्कार गरेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
बालिकाको मुख थुनेर खेतमा लगेर बलात्कार गरिएको डिएसपी मकेन्द्र कुमार मिश्रले जानकारी दिए।
त्यसको एकदिन अघि मात्रै सोह गाउँपालिका–५ लोहजाराकी ५ वर्षीया बालिकाको बलात्कार भएको थियो। घटनामा १५ वर्षीय बालक नै संलग्न रहेको प्रहरीले जनाएको छ।
छिमेकीको पसलबाट फर्कने क्रममा बालिकालाई एकान्त स्थानमा पुर्याएर बलात्कार गरिएको प्रहरीले जनाएको छ।
दुवै घटनाका आरोपीलाई पक्राउ गरी अनावश्यक अनुसन्धान र कारबाही सुरु गरिएको डिएसपी मिश्रले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।