लेस्टर– म्यानचेस्ट सिटी इएफएल कपको सेमिफाइनलमा प्रवेश गरेको छ। मंगलबार राति भएको खेलमा लेस्टर सिटीलाई पेनाल्टी सुटआउटमा ४–३ गोलले पराजित गर्दै सिटी अन्तिम चार प्रवेश गरेको हो
निर्धारित तथा थप गरिएको समयको खेल १–१ गोलको बराबरीमा सकिएको थियो। पेनाल्टी सुटआउटमा सिटीका खेलाडीले सबै पेनाल्टी प्रहारलाई गोलमा परिणत गरे। तर लेस्टरका जिमी भर्डीको प्रहार आउट हुँदा रियाद महारेजको प्रहारलाई सिटीका गोलकिपर क्लाउडियो ब्राभोले विफल तुल्याए।
त्यअसघि खेलको २६ मिनेटमा बेर्नान्डो सिल्भाले गोल गरेर सिटीलाई अग्रता दिलाए। खेलको अन्तिम मिनेटमा लेस्टरले पेनाल्टीमार्फत बराबरी गोल फर्कायो। दोस्रो हाफको इन्जुरी टाइमको सातौं मिनेटमा केल वाकरले डेमेराइ ग्रेलाई फल गरेपछि प्राप्त पेनाल्टीमा भर्डीले गोल गरे।
इएफएल कपको अर्को खेलमा आर्सनलले वेस्ट ह्यामलाई १–० ले हरायो। आर्सनलको जितमा ड्यानी वेलबेकले ४२ मिनेटमा गोल गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।