मोरङ– प्रहरीले मोरङको विराटनगरबाट २ थान पेस्तोल र गोली सहित १ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
हतियार सहित भारत सितामढी ग्राम पञ्चायत थान बैरगनिया ७ घर बताउने अन्दाजी २० वर्षीय कुनाल कुमारलाई पक्राउ गरेको हो।
सोमबार राति ८:४० बजेको समयमा विराटनगर महानगरपालिका–९ मा रहेको एक होटलमा हतियार सहित बसेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी टोली गई चेकजाँच गरेको थियो।
चेकजाँचको क्रममा अटोमेटिक पेस्तोल थान-१, सोही पेस्तोलको म्याग्जिन थान-१, म्याग्जिनमा लोड भएको गोली ४ राउण्ड, कटुवा पेस्तोल थान-१, पेस्तोलमा लोड भएको गोली १ राउण्ड र निजले लगाएको पाइन्टको गोजीबाट कटुवा पेस्तोलमा लाग्ने ३ राउण्ड गोली बरामद गरेको थियो।
हतियार सहित पक्राउ परेका कुमारलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखी मुलुकी फौजदारी अपराध संहिता ऐन २०७४ अन्तर्गतको कसुरमा आवश्यक अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।