काठमाडौं- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले दुई कम्युनिस्ट पार्टी एकतालाई औपचारिकता दिन मात्र बाँकी रहेको बताएका छन्।
नेकपा एमाले भ्रातृ संगठन युवा संघका पदाधिकारीसँग आज दिउँसो भएको भेटमा अध्यक्ष दाहालले पार्टी एकतामा आफूहरु प्रतिबद्व रहेको जनाए।
पार्टी एकतालाई निष्कर्षमा पुर्याउन दबाब दिने उद्देश्यका साथ युवा संघका पदाधिकारीले दाहाललाई भेटेका थिए।
भेटमा अध्यक्ष दाहालले माओवादी र एमालेको गठबन्धनलाई राष्ट्र र जनताले अनुमोदन गरिसकेको बताउँदै त्यो जनताको सम्पत्ति बनिसकेको दाबी गरे।
‘वाम गठबन्धनको एकतालाई राष्ट्र र जनताले अनुमोदन गरिसकेको छ’, दाहालले भने, ‘पार्टी एकताको ऐतिहासिक कदम जनताको सम्पत्ति बनिसक्यो।’
कम्युनिस्ट पार्टी एक हुन समय लागे पनि अहिले परिपक्व समय आएको अध्यक्ष दाहालको दाबी थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।