काठमाडौं– भक्तपुर कटुन्जेकी विजेश्वरी प्रजापतीको हत्यामा संलग्न एक व्यक्तिलाई प्रहरीले १९ वर्षपछि पक्राउ गरेको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीको टोलीले हत्यामा संलग्न देवीरमन अधिकारीलाई १९ वर्षपछि पक्राउ गरेको हो।
उनलाई रुपन्देहीको सीमावर्ती क्षेत्र बेलहिया नाकाबाट पक्राउ गरिएको सिआइबीले जनाएको छ।
२०५७ असार ८ गते ३३ वर्षीया विजेश्वरीको हत्या भएको थियो।
पक्राउ परेका अधिकारी प्रजापतीको घरमा घरेलु कामदारको रुपमा काम गर्थे।
काम बापतको तलबका विषयमा वादविवाद भएपछि प्रजापतीको हत्या गरेर उनी फरार भएका थिए।
हत्यापछि उनी फरार भएर भारत पुगेका थिए।
भारतमा उनले प्रकाश अधिकारीको नाममा परिचय दिँदै विभिन्न ठाउँमा बस्दै आएका थिए।
पक्राउ परेका उनलाई कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय भक्तपुरलाई जिम्मा लगाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।