वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा रणनीति सार्वजनिक गरेका छन्। अमेरिकाको राष्ट्रपति भएपछि पहिलो पटक उनले सोमबार आफ्नो प्रशासनको सुरक्षा रणनीति सार्वजनिक गरेका हुन्।
उनले यसअघि भन्दै आएको ‘अमेरिका फर्स्ट (पहिले अमेरिका) कार्यक्रमलाई उक्त रणनीतिमा पनि प्राथमिकतामा राखेका छन्।
राष्ट्रपति ट्रम्प सत्तामा आएको करिब वर्ष दिनपछि उक्त राष्ट्रिय सुरक्षा रणनीति सार्वजनिक भएको हो। यसमा विशेषगरी आर्थिक शक्ति र आन्तरिक सुरक्षामा बढी जोड दिइएको देखिन्छ। साथै सीमा नियन्त्रणमा पनि यसले कडाइ गरेको छ। सुरक्षा रणनीतिमा अमेरिकी सेनाको पक्षमा बलियो अडान लिइएको छ।
आर्थिक पक्षका बारेमा पनि सुरक्षा रणनीतिमा समेटिएको छ। आर्थिक तथा अन्य हिसाबले अमेरिकाले अर्को विश्वलाई के कस्तो व्यवहार गर्न चाहेको छ भन्ने कुरा पनि यस रणनीतिमा समेटिएको छ।
ट्रम्पले अरु विश्वलाई सहकार्यभन्दा पनि प्रतिस्पर्धामा जोड दिएका छन्। साथै उक्त रणनीतिमार्फत उनले रुस र चीनलाई अमेरिकाको सहकार्य होइन कि प्रतिस्पर्धी ठानेका छन्।
कुनै संघ वा व्यक्तिको नामै नलिई उनले अमेरिकाले आतङ्ककारीहरु, आतङ्कवादी संगठन, तथा विविध खालका अपराधिक सञ्जालहरुबाट हिंसाको सामना गर्नुपरिरहेको र यो उसका लागि एक किसिमको चुनौती रहेको पनि बताए। नाम उल्लेख नगरे पनि विशेषत: यसअघि उनले अमेरिकाका मुख्य प्रतिश्पर्धीमा चीन र रुस रहेको बताउँदै आएका थिए।रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।