काठमाडौं– बैदेशिक रोजगारबाट फर्किएका कामदारलाई प्रयोग गरी थोरै थोरै परिणाममा सुन तस्करी समूहका एक सदस्य पक्राउ परेका छन् । बाराको निजगढ नगरपालिका घर भई भक्तपुरको लोकन्थली बस्ने २९ बर्षीय बिष्णु पण्डितलाई प्रहरीले २ सय ४९ दशमलव ५० ग्राम सुनसहित पक्राउ गरेको छ । करिब १० लाख मूल्य पर्ने सुनका ५ वटा वाला प्रहरीले बरामद गरेको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ एरियामा कतारबाट आएका यात्रुसँग सुन संकलन गर्न लागेका
पण्डितलाई प्रहरीले पक्राउ गरेको हो । बिदेशबाट आउदा ५० ग्रामसम्म सुन ल्याउन पाइने भएकाले उनीहरुले बैदेशिक रोजगारबाट फर्किएका कामदारलाई प्रयोग गरी ५० ग्रामका दरले सुन ल्याउने र विमानस्थलमै संकलन गर्दछन् । नेपालबाट भन्दा दुबईमा एक तोलामा १० हजार रुपैयाँसम्म सुन सस्तो हुने भएकाले यसरी तस्करी हुने गरेको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।