काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद् अवरुद्ध गरेको छ।
आइतबार गुठी विधेयकको विरोधमा माइतीघर मण्डलामा भएको प्रदर्शनमा प्रहरीले धरपकड गरेको भन्दै कांग्रेसले संसद्को तल्लो सदन प्रतिनिधिसभा अवरुद्ध गरेको हो।
धरपकड गरेको विषयमा प्रमुख विपक्षी नेपाली कांग्रेसले गृहमन्त्रीको जवाफ समेत मागेको छ।
कांग्रेसको अवरोधपछि संसद् बैठक मंगलबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित भएको छ।
यसअघि पनि कांग्रेसले अवरोध गरेपछि १५ मिनेटका लागि बैठक स्थगित भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।